फाल्गुन १९, २०८२ मंगलबार | ०७:५३:०६
रियाल घरमै पराजित विश्वकपको सेमिफाइनल समिकरण पूरा मेलवर्नमा कँडेल कप फुटबल हुने भारतलाई सेमिफाइनलमा पुर्‍याएका पाँच स्टार ६ गोल भएको खेलमा रोमा र युभेन्ट्सको बराबरी अल्भारेजको विजयी गोल आर्सनलले चेल्सीलाई हरायो भारत सेमिफाइनलमा, इङ्ल्यान्डसँग भेट पक्का मनाङले प्लानिङ ब्वाइजलाई रोक्यो पराजित जिम्बावेका राजा प्लेयर अफ द म्याच रियाल घरमै पराजित विश्वकपको सेमिफाइनल समिकरण पूरा मेलवर्नमा कँडेल कप फुटबल हुने भारतलाई सेमिफाइनलमा पुर्‍याएका पाँच स्टार ६ गोल भएको खेलमा रोमा र युभेन्ट्सको बराबरी अल्भारेजको विजयी गोल आर्सनलले चेल्सीलाई हरायो भारत सेमिफाइनलमा, इङ्ल्यान्डसँग भेट पक्का मनाङले प्लानिङ ब्वाइजलाई रोक्यो पराजित जिम्बावेका राजा प्लेयर अफ द म्याच

रोहितले जिते ओमोडाको गाडी, अरु क-कसले के के जिते ?

काठमाडौं । च्याम्पियन टोली लुम्बिनी लायन्सका कप्तान रोहित पौडेल नेपाल प्रिमियर लिग (एनपिएल) सिजन २ का सर्वोत्कृष्ट नेपाली घोषित भएका छन् । यो उपलब्धिसँगै उनले ओमोडा जेइको जे फाइभ कार प्राप्त गरे ।

प्रतियोगिताकै इलेक्ट्रिक खेलाडीका रुपमा रोहितले यो पुरस्कार प्राप्त गरेका हुन् । पुरस्कार नेपाली खेलाडीका लागि मात्र राखिएको थियो ।

रोहितले १० इनिङ्समा कूल २७६ रन बनाउनुका साथै १० विकेट लिएका थिए । नेपाली खेलाडीमध्ये सबैभन्दा धेरे रन बनाएका रोहितले बजाज पल्सर बाइक पनि प्राप्त गरे । सर्वाधिक रनकर्ताको दौडमा उनी पोखरा एभेन्जर्सका एडम रसिङ्टनभन्दा ४७ रनले पछाडि रहे । रसिङ्टनले प्लेटिनम क्यापसहित ५० हजार रुपैयाँ प्राप्त गरे ।

रोहितले नेपाली ब्याटरमा सुदूरपश्चिम रोयल्सका ओपनर विनोद भण्डारीलाई १२ रनले पछाडि पारे ।

त्यस्तै रोहितका सहकर्मी शेर मल्लले एमर्जिङ प्लेयर घोषित भए । १० इनिङ्समा कूल १७ विकेट लिएका शेरले पनि बजाज पल्सर बाइक जिते ।

लुम्बिनीकै तीलकराज भण्डारी प्रेसिडेन्सियल ग्राजुवेट एमर्जिङ प्लेयर घोषित भए । उनले १५ लाख रुपैयाँ बराबरको छात्रवृत्ति प्राप्त गरे ।

९ इनिङ्समा १७ विकेट लिएका सन्दीप लामिछाने सर्वाधिक विकेटकर्ता बने । उनले ५० हजार रुपैयाँसहित बजाज पल्सर बाइक र गोल्डेन क्याप प्राप्त गरे ।

रेडबुल एनर्जेटिक खेलाडीको पुरस्कार सुदूरका अविनाश बोहराले जिते । १७ विकेट लिएका बोहराले दुई लाख रुपैयाँ र ट्रफी हात पारे ।

लुम्बिनीका तीव्रगतिका बलर रुवेन ट्रम्पलम्यान प्रतियोगिताकै सर्वोत्कृष्ट खेलाडी घोषित भए । १० इनिङ्समा १५ विकेट लिएका ट्रम्पलम्यानले पाँच लाख रुपैयाँ हात पारे ।

शनिबार सुदूरले दिएको ८६ रनको सामान्य लक्ष्य ९ ओभरमा ६ विकेट गुमाउँदै लुम्बिनीले पूरा गर्यो । अघिल्लो सिजन लुम्बिनी अंकतालिकाको पुछारमा रहँदै पहिलो चरणबाटै बाहिरिएको थियो ।


भिडियो
CAPTAIN PUJA MAHATO II ठूला टिमसँग खेल्दा सिक्न पायौं, हाम्रो सुधारको त्यहाँ सबैले प्रशंशा गरे ।I
NEPAL POLICE CLUB Vs TRIBHUWAN ARMY FOOTBALL CLUB || ANFA WOMEN'S CHAMPIONSHIP 2082 || LIVE ||
MUMBAI को WANKHEDE मा NEPAL र SCOTLAND भिड्दै, मरिन ड्राइभमा नेपाली समर्थकको विश्वकप मेला
Private video
Nepal Police Club VS FC Reale | ANFA WOMEN'S CHAMPIONSHIP 2082 || LIVE ||
CHURCH BOYS UNITED VS CHHAHARI YUWA CLUB | ANFA WOMEN'S CHAMPIONSHIP 2082 || LIVE ||
NRT vs ARMY || ANFA WOMEN'S CHAMPIONSHIP 2082 || LIVE ||