मंसिर २७, २०८२ शनिबार | १९:१३:२९
लुम्बिनी एनपिएल सिजन २ को च्याम्पियन एनपिएल फाइनलः लुम्बिनीको आक्रमक ब्याटिङ सुरुआत, उपाधि नजिक सस्तैमा समेटियो सुदूरपश्चिम, लुम्बिनीलाई जितका लागि ८६ रन आवश्यक एनपिएल फाइनलः सुदूरपश्चिमको ब्याटिङ संकटमा एनपिएल फाइनलः सुदूरपश्चिमको शीर्षक्रम धरासायी भारत आइपुगे मेसी, मोदी र सुनिल क्षेत्रीसँग भेट्ने एनपीएलमा आशा गरिएअनुसार नचलेका पाँच अनुहार ‘शक्तिशाली’ सुदूरपश्चिम रोयल्स ‘अन्डरडग’ लुम्बिनी लायन्स बेवास्तामा परेकै हो नेपाली फुटबल ? लुम्बिनी एनपिएल सिजन २ को च्याम्पियन एनपिएल फाइनलः लुम्बिनीको आक्रमक ब्याटिङ सुरुआत, उपाधि नजिक सस्तैमा समेटियो सुदूरपश्चिम, लुम्बिनीलाई जितका लागि ८६ रन आवश्यक एनपिएल फाइनलः सुदूरपश्चिमको ब्याटिङ संकटमा एनपिएल फाइनलः सुदूरपश्चिमको शीर्षक्रम धरासायी भारत आइपुगे मेसी, मोदी र सुनिल क्षेत्रीसँग भेट्ने एनपीएलमा आशा गरिएअनुसार नचलेका पाँच अनुहार ‘शक्तिशाली’ सुदूरपश्चिम रोयल्स ‘अन्डरडग’ लुम्बिनी लायन्स बेवास्तामा परेकै हो नेपाली फुटबल ?

लुम्बिनी एनपिएल सिजन २ को च्याम्पियन

काठमाडौं । सुदूरपश्चिम रोयल्सलाई ६ विकेटले हराउँदै लुम्बिनी लायन्स नेपाल प्रिमियर लिग (एनपिएल) सिजन २ को च्याम्पियन बनेको छ ।

शनिबार र्कीतिपुरस्थित त्रिवि क्रिकेट रंगशालामा सुदूरले प्रस्तुत गरेको ८६ रनको सामान्य लक्ष्य सुदूरपश्चिमले ९ ओभरमा चार विकेट गुमाउँदै पूरा गर्यो ।

लुम्बिनीका लागि ओपनर दीनेश अधिकारीले १३ बलमा एक चौका र पाँच छक्कासहित ४२ रनको सानदार पारी खेले । त्यस्तै कप्तान रोहित पौडेलले १६, ओपनर डार्सी सर्टले १४ र निरोशन डिक्वेलाले ११ रन बनाए ।

सुदूरपश्चिमका लागि हेमन्त धामीले दुई विकेट लिए । त्यस्तै कप्तान दीपेन्द्रसिंह ऐरि र अविनाश बोहराको नाममा एक विकेट रह्यो ।

त्यसअघि टस जितेर ब्याटिङ गरेको सुदूरपश्चिम १९.१ ओभरमा मात्र ८५ रनको योगफल खडा गर्दै अल आउट भयो ।

कप्तान रोहित, रुवेन ट्रम्पलम्यान र शेर मल्लको सानदार बलिङप्रेरित लुम्बिनीले सुदूरपश्चिमलाई सस्तैमा समेट्न सफल भएको हो ।

लुम्बिनीको कसिलो बलिङमा सुदूरपश्चिमका कुनै पनि ब्याटर चल्न सकेन ।

रोहित एनपिएल सिजन २ मा ह्याट्रिक विकेट लिने दोस्रो खेलाडी बने । यसअघि काठमाडौं गोर्खाजका शाहब आलमले यो सफलता हासिल गरेका थिए । शेर मल्ल र रुवेन ट्रम्पलम्यानले पनि तीन खेलाडीलाई पवेलियनको बाटो देखाए ।

ओपनर इशान पाण्डेले ५१ बलमा एक चौकासहित सर्वाधिक ३३ रन बनाए । त्यस्तै कप्तान दीपेन्द्रसिंह ऐरिले १३ रन बनाउँदा हर्मित सिंह र स्कट कुगुलेइनले १० रनको योगदान गरे ।

च्याम्पियन बनेसँगै लुम्बिनी ट्रफीसहित एक करोड १० लाख रुपैयाँ जितेको छ । उपविजेता सुदूरपश्चिमले ५१ लाख रुपैयाँमा चित्त बुझायो ।
 


भिडियो
नेपालमै भएका कोचहरू पनि निकै उत्कृष्ट हुनुहुन्छ। Rubina Chettry , Player, Women’s Cricket Team
महिलाको NPL सुरु भएपछि नयाँ प्रतिभाहरू पहिचान गर्न सकिनेछ ll Sita Rana Magar ll Women’s Cricket Team
हामी हाम्रो प्रतिद्वन्द्वीहरूको पनि राम्रो अध्ययन गरिरहेका छौं ll INDU BARMA ll CAPTAIN ll
राष्ट्रिय लिगमा यति पुरस्कार ? अब के सी र बी डिभिजनका खेलाडी खेलाउने ? ANIL SHRESTHA I MACHHINDRA FC
APF VS TRANSPORT || MATCH PREVIEW || NABIN NEUPANE को सुझावः टिमलाई अर्गनाइज र हाइली मोटिभेट गराउनु
SUDURPASCHIM ROYALS सँग QUALIFIER 1 मा हारेपछि BIRATNAGAR KINGS का DIRECTOR DIPENDRA CHAUDHARY
SCOTT KUGGELEIJN II BOWLER II SUDURPASCHIM ROYALS II फाइनलमा पनि BIRATNAGAR KINGS लाई नै देख्छु II