माघ ८, २०८२ बिहीबार | १९:४५:४७
एनआरटीले काँक्रेबिहारलाई हरायो, संकटा र फ्रेन्ड्सको खेल गोलरहित नेपालको चुनौती सकियो, माल्दिभ्स उपाधि नजिक चर्च ब्वाइजविरुद्ध एपिएफको सहज जित नेदरल्यान्ड्ससँग नेपालको दूर्भाग्यजनक हार नेपाललाई २ रनले हराउँदै नेदरल्यान्ड्स सुपर ६ मा नेपाललाई नेदरल्यान्ड्सले दियो १४१ रनको लक्ष्य नेपालविरुद्ध टस जितेर नेदरल्यान्डस् ब्याटिङ गर्दै वेष्ट इन्डिजविरुद्धको शृंखला अफगानिस्तानलाई अभिषेक चम्किएपछि भारतले पहिलो खेलमा न्युजिल्यान्डलाई हरायो अल नासरको जितमा रोनाल्डोको गोल एनआरटीले काँक्रेबिहारलाई हरायो, संकटा र फ्रेन्ड्सको खेल गोलरहित नेपालको चुनौती सकियो, माल्दिभ्स उपाधि नजिक चर्च ब्वाइजविरुद्ध एपिएफको सहज जित नेदरल्यान्ड्ससँग नेपालको दूर्भाग्यजनक हार नेपाललाई २ रनले हराउँदै नेदरल्यान्ड्स सुपर ६ मा नेपाललाई नेदरल्यान्ड्सले दियो १४१ रनको लक्ष्य नेपालविरुद्ध टस जितेर नेदरल्यान्डस् ब्याटिङ गर्दै वेष्ट इन्डिजविरुद्धको शृंखला अफगानिस्तानलाई अभिषेक चम्किएपछि भारतले पहिलो खेलमा न्युजिल्यान्डलाई हरायो अल नासरको जितमा रोनाल्डोको गोल

लुम्बिनी एनपिएल सिजन २ को च्याम्पियन

काठमाडौं । सुदूरपश्चिम रोयल्सलाई ६ विकेटले हराउँदै लुम्बिनी लायन्स नेपाल प्रिमियर लिग (एनपिएल) सिजन २ को च्याम्पियन बनेको छ ।

शनिबार र्कीतिपुरस्थित त्रिवि क्रिकेट रंगशालामा सुदूरले प्रस्तुत गरेको ८६ रनको सामान्य लक्ष्य सुदूरपश्चिमले ९ ओभरमा चार विकेट गुमाउँदै पूरा गर्यो ।

लुम्बिनीका लागि ओपनर दीनेश अधिकारीले १३ बलमा एक चौका र पाँच छक्कासहित ४२ रनको सानदार पारी खेले । त्यस्तै कप्तान रोहित पौडेलले १६, ओपनर डार्सी सर्टले १४ र निरोशन डिक्वेलाले ११ रन बनाए ।

सुदूरपश्चिमका लागि हेमन्त धामीले दुई विकेट लिए । त्यस्तै कप्तान दीपेन्द्रसिंह ऐरि र अविनाश बोहराको नाममा एक विकेट रह्यो ।

त्यसअघि टस जितेर ब्याटिङ गरेको सुदूरपश्चिम १९.१ ओभरमा मात्र ८५ रनको योगफल खडा गर्दै अल आउट भयो ।

कप्तान रोहित, रुवेन ट्रम्पलम्यान र शेर मल्लको सानदार बलिङप्रेरित लुम्बिनीले सुदूरपश्चिमलाई सस्तैमा समेट्न सफल भएको हो ।

लुम्बिनीको कसिलो बलिङमा सुदूरपश्चिमका कुनै पनि ब्याटर चल्न सकेन ।

रोहित एनपिएल सिजन २ मा ह्याट्रिक विकेट लिने दोस्रो खेलाडी बने । यसअघि काठमाडौं गोर्खाजका शाहब आलमले यो सफलता हासिल गरेका थिए । शेर मल्ल र रुवेन ट्रम्पलम्यानले पनि तीन खेलाडीलाई पवेलियनको बाटो देखाए ।

ओपनर इशान पाण्डेले ५१ बलमा एक चौकासहित सर्वाधिक ३३ रन बनाए । त्यस्तै कप्तान दीपेन्द्रसिंह ऐरिले १३ रन बनाउँदा हर्मित सिंह र स्कट कुगुलेइनले १० रनको योगदान गरे ।

च्याम्पियन बनेसँगै लुम्बिनी ट्रफीसहित एक करोड १० लाख रुपैयाँ जितेको छ । उपविजेता सुदूरपश्चिमले ५१ लाख रुपैयाँमा चित्त बुझायो ।
 


भिडियो
TRIBUTE TO FIRST OLYMPIANS I नेपालले OLYMPIC MEDEL जितेको हेर्ने सपना अधुरै छोडेर परलोक भए NAMSINGH
इतिहास रच्न तयार छौंः Dipa Rai
ANFA ले गर्न लागेको अर्लि इलेक्सन कानुन र विधान सम्मत छैन : कार्यवाहक सदस्य सचिव रामचरित्र मेहता
ANFA अर्ली इलेक्सनको निर्णय गम्भीर त्रुटी. सच्याउन राखेप, फिफा, एएफसी र कानूनको ढोकामा जान्छौं ।
चुनाव अवैधानिक छ, यसले सरोकारवालामाथि अन्याय हुन्छ, फुटबलमा अर्को द्वन्द्व निम्तिन्छ BIRAT JUNG SHAH
EARLY ELECTION गर्ने ANFA कार्यसमितिको निर्णयमाथि के भन्छन् पूर्व अध्यक्ष शेर्पा ?
सरकारले ओलम्पिकको भावना र कानून कहिल्यै बुझेन । समस्या नै यही हो। Lok Bhakta Rana II Senior Advocate