काठमाडौं । इङ्लिस क्लब म्यानचेस्टर सिटी युइएफए च्याम्पियन्स लिगमा घरेलु मैदानमै जर्मनीको बायर लेभरकुसनसँग २-० ले पराजित भएको छ ।
जितसँगै पाँच खेलमा आठ अंक जोडेको लेभरकुसन १३औं स्थानमा छ । पहिलो पराजय ब्यहोरेको सिटी समान खेलबाट १० अंकका साथ छैटौं स्थानमा छ ।
मंगलबार इत्तिहाद रंगशलामा पाहुना टोली लेभरकुसनलाई जित दिलाउन अलेजान्द्रो ग्रिमाल्डो र प्याट्रिक शिकले गोल गरे ।
खेलको २३औं मिनेटमा ग्रिमाल्डोको गोलमार्फत लेभरकुसनले अग्रता लिएको थियो । ५४औं मिनेटमा शिकले टोलीका लागि दोस्रो गोल गरे ।
मंगलबारै सम्पन्न अन्य खेलमा बोरुसिया डर्टमन्डले भियारियाललाई ४-०, नापोलीले काराबाग एफके तथा बेन्फिाकाले आयाक्सलाई समान २-०, मार्सेले न्युक्यासल युनाइटेडलाई २-१, युभेन्टसले बोडो गिल्मटलाई ३-२, रोयल युनियन सेन्ट गिलोइसले गालातासारेलाई १-० र चेल्सीले बार्सिलोनालाई ३-० ले पराजित गरे । यसैगरी स्लाभिया प्राग एथलेटिक्स क्लब बिल्बाओ गोलरहित बराबरीमा रोकिए ।
