काठमाडौं । आगामी फेब्रुअरी ७ देखि मार्च ८ सम्म भारत र श्रीलंकाको संयुक्त आयोजनामा हुने ट्वान्टी–२० विश्वकपको १०औं संस्करणमा नेपाल कठिन समूहमा परेको छ ।
अन्तर्राष्ट्रिय क्रिकेट परिषद (आइसिसी)ले मंगलबार सार्वजनिक गरेको तालिकाअनुसार नेपाल समूह ‘सी’मा परेको छ । यो समूहमा दुई पटकका विजेता वेस्ट इन्डिज र इङ्ल्यान्डसँगै बंगलादेश र इटाली छन् ।
विश्वकपमा तेस्रोपटक सहभागिता जनाउन लागेको नेपालले समूहका सबै खेल मुम्बईको वानखेडे रंगशालामा खेल्नेछ । प्रतियोगिताको तेस्रो दिन, फेब्रुअरी ९ मा नेपालले आफ्नो पहिलो खेलमा इङ्ल्यान्डसँग खेल्नेछ । त्यसपछि नेपालले फेब्रुअरी १२ मा पहिलो पटक सहभागिता जनाइरहेको इटाली र १५ मा वेस्ट इन्डिजसँग प्रतिस्पर्धा गर्नेछ । फेब्रुअरी १५ मा नेपालले समूहको अन्तिम खेलमा बंगलादेशको सामना गर्नेछ ।
सहभागी २० टोलीलाई चार समूहमा विभाजन गरिएको छ । प्रत्येक समूहको शीर्ष दुई ‘सुपर ८’मा पुग्नेछन् । सुपर ८ लाई दुई समूहमा विभाजन गरिएको छ । जसबाट शीर्ष दुई टोलीले सेमिफाइनलमा स्थान बनाउने समीकरण छ ।
