काठमाडौं । काठमाडौं गोर्खाजविरुद्ध सुदूरपश्चिमका शीर्षक्रमका धरासायी बनेको छ ।
नेपाल प्रिमियर लिग(एनपिएल) सिजन दुईको तेस्रो दिन र्कीतिपुरस्थित त्रिवि क्रिकेट रंगशालामा जारी खेलमा सुदूरपश्चिमका ओपनरद्धय योस ब्राउन र विनोद भण्डारी ‘डक आउट’ भए । त्यस्तै तेस्रो नम्बरमा आएका अस्ट्रेलियन ब्याटर क्रिस लिनले एक रनमा पवेलियन फर्किँदा छैटौं ओभरको अन्तिम बलमा इशान पाण्डे पनि आउट भए ।
काठमाडौंका लागि पहिलो तीन विकेट कप्तान करण केसीले लिए । पहिलो ओभरमा करणले दुबै ओपनरलाई आउट गरेका थिए । ब्राउन एलबिडब्लुको शिकार बन्दा विनोद भिम शार्कीबाट क्याच भए । तेस्रो ओभरको पाँचौं बलमा लिन मिलिन्द कुमारबाट क्याच भए ।
मिलिन्दले पछि इशानलाई मोहम्मद आदिल अन्सारीबाट क्याच गराए । इशानले ९ बलमा ११ रन जोडे ।
ब्याटिङ पावरप्लेको समाप्तिमा सुदूरपश्चिमले २७ रन जोड्यो ।
भिडियो
फुटबलमा लिग विवादः अब क्लब पनि भोलिदेखि सडक संघर्षमा उत्रिने II KARMA TSHIRING SHERPA II ANFA
BIRATNAGAR KINGS का CAPTAIN SANDEEP LAMICHHANE II LOKESH BAM को BEST PERFORMANCE आउन अझै बाँकी छ I
‘२२१ रन Chaseable नै थियो । तर, केटाहरु Nervous भए : KUSHAL BHURTEL - CAPTAIN, POKHARA AVENGERS
MALAYSIA सँग खेल्न क्लालालम्पुरस्थित बुकिट जलाल राष्ट्रिय रंगशालामा नेपाली राष्ट्रिय टिम II AFC
MALAYSIA विरुद्धको खेल खेल्न नेपाली राष्ट्रिय टिम BUKIT JALIL NATIONAL STADIUM KUALALAMPUR आइपुग्यो
CHITWAN RHINOS COACH KALAM ALI II JAIF को CATCH MISS हुनुले MATCH TURN गरायो ।I NPL 2
फ्लडलाइट र प्यारापिटयुक्त TU GROUND मा खेलेपछि अचम्मित भएका SOMPAK KAMI को प्रश्न, हाम्रै TU होर ?
