मंसिर ३, २०८२ बुधबार | १९:०५:४२
पावरप्लेमा काठमाडौंले जोड्यो ५० रन हर्मितको अर्धशतकमा काठमाडौंलाई सुदूरपश्चिमको प्रतिस्पर्धात्मक लक्ष्य अर्धशतक प्रहार गर्दै पवेलियन फर्किए हर्मित सिंह सुदूरपश्चिमको शीर्षक्रम धरासायी, पावरप्लेमा गुमायो ४ विकेट सुदूरपश्चिमलाई सुरुमै झट्का, काठमाडौंका करणले लिए पहिलो ओभरमै दुई विकेट ‘फुटबलको सुनिश्चिताका लागि’ खेलाडीपछि अब क्लब पनि धर्ना बस्दै 'अल्ट्रा ट्रेल रन'मा भाग लिन तामाङ अस्ट्रेलिया जाँदै एकतर्फी जित निकाल्दै बेल्जियम फिफा विश्वकपमा छनोट स्पेन लगातार १३औं पटक फिफा विश्वकपमा एनपिएलः दबाबमा सुदूरपश्चिम, काठमाडौंलाई राहत पावरप्लेमा काठमाडौंले जोड्यो ५० रन हर्मितको अर्धशतकमा काठमाडौंलाई सुदूरपश्चिमको प्रतिस्पर्धात्मक लक्ष्य अर्धशतक प्रहार गर्दै पवेलियन फर्किए हर्मित सिंह सुदूरपश्चिमको शीर्षक्रम धरासायी, पावरप्लेमा गुमायो ४ विकेट सुदूरपश्चिमलाई सुरुमै झट्का, काठमाडौंका करणले लिए पहिलो ओभरमै दुई विकेट ‘फुटबलको सुनिश्चिताका लागि’ खेलाडीपछि अब क्लब पनि धर्ना बस्दै 'अल्ट्रा ट्रेल रन'मा भाग लिन तामाङ अस्ट्रेलिया जाँदै एकतर्फी जित निकाल्दै बेल्जियम फिफा विश्वकपमा छनोट स्पेन लगातार १३औं पटक फिफा विश्वकपमा एनपिएलः दबाबमा सुदूरपश्चिम, काठमाडौंलाई राहत

हर्मितको अर्धशतकमा काठमाडौंलाई सुदूरपश्चिमको प्रतिस्पर्धात्मक लक्ष्य

काठमाडौं । शीर्षक्रमका ब्याटर धरासायी बने पनि मध्यक्रमका ब्याटरले पारीलाई सम्हाल्दा  साबिक उपविजेता सुदूरपश्चिम रोयल्सलाई नेपाल प्रिमियर लिग (एनपिएल) सिजन दुईको आफ्नो पहिलो खेलमा काठमाडौं गोर्खाजविरुद्ध १४८ रनको प्रतिस्पर्धात्मक लक्ष्य प्रस्तुत गर्न सफल भएको छ ।

प्रतियोगिताको तेस्रो दिन र्कीतिपुरस्थित त्रिवि क्रिकेट रंगशालामा टस हारेर ब्याटिङको निम्तो पाएको सुदूरपश्चिमले बलिङ अलराउन्डर हर्मित सिंहको अर्धशतकीय पारीप्रेरित घरेलु टोली काठमाडौंविरुद्ध २० ओभरको समाप्तिमा सबै विकेट गुमाउँदै १४७ रनको योगफल खडा गर्यो ।

हर्मितले २० बलमा दुई चौका र ६ छक्कासहित ५३ रनको योगदान गरे । त्यस्तै कप्तान दीपेन्द्रसिंह ऐरिले ३० बलमा तीन चौका र एक छक्काको मद्धतमा ३९ रन बनाए । यसैगरि आरिफले २५ र इशान पाण्डेले ११ रन जोडे ।

काठमाडौंका लागि कप्तान करण केसीले ४ विकेट लिए । त्यस्तै मिलिन्द कुमार, सन्नी पट्टेल र रसिद खानको नाममा समान दुई विकेट रह्यो ।

ब्याटिङ पावरप्लेमा सुदूरपश्चिमले चार विकेटको क्षतिमा मात्र २७ रन जोडेको थियो । करणले पहिलो ओभरमै ओपनरद्धय योस ब्राउन र विनोद भण्डारीलाई पवेलियनको बाटो देखाएका थिए । ब्राउन एलबिडब्लुको शिकार बन्दा विनोद भिम शार्कीबाट क्याच भए । दुबै ‘डक आउट’ भए ।

तेस्रो ओभरको पाँचौं बलमा क्रिस लिन पनि आउट भए । करणकै बलमा मिलिन्द कुमारबाट क्याच भएका अस्ट्रेलियन ब्याटर लिनले एक रनभन्दा बढी जोड्न सकेनन् ।

ब्याटिङ पावरप्लेको अन्तिम बलमा काठमाडौंले इशानको विकेट हासिल गर्यो । इशान मिलिन्दको बलमा मोहम्मद आदिल आलमबाट क्याच भए । त्यसपछि आएका दीपेन्द्रसिंह ऐरिले पाँचौं विकेटका लागि आरिफ शेखसँग २५ रनको साझेदारी गरे ।

१०औं ओभरको चौथो बलमा आरिफलाई रसिदले बोल्ड गरिदिए । त्यसपछि आएका नरेन साउद पनि धेरै बेर टिकेनन् । ६ रनमा ब्याटिङ गरिरहेका नरेन मिलिन्दको बलमा भिम शार्कीबाट क्याच भए ।

नरेन पवेलियन फर्किएपछि हर्मितले पारी उकासेका हुन् । हर्मितले ऐरिसँग मिलेर ५७ रनको साझेदारी गरे । १८औं ओभरको तेस्रो बलमा ऐरि रसिदको बलमा आलमबाट क्याच भए । जतिबेला स्कोरबोर्डमा सुदूरपश्चिमले १३३ रन जोडेको थियो । त्यसपछिका १५ बलमा सुदूरपश्चिमले १४ रन मात्र जोड्न सक्यो ।


भिडियो
फुटबलमा लिग विवादः अब क्लब पनि भोलिदेखि सडक संघर्षमा उत्रिने II KARMA TSHIRING SHERPA II ANFA
BIRATNAGAR KINGS का CAPTAIN SANDEEP LAMICHHANE II LOKESH BAM को BEST PERFORMANCE आउन अझै बाँकी छ I
‘२२१ रन Chaseable नै थियो । तर, केटाहरु Nervous भए : KUSHAL BHURTEL - CAPTAIN, POKHARA AVENGERS
MALAYSIA सँग खेल्न क्लालालम्पुरस्थित बुकिट जलाल राष्ट्रिय रंगशालामा नेपाली राष्ट्रिय टिम II AFC
MALAYSIA विरुद्धको खेल खेल्न नेपाली राष्ट्रिय टिम BUKIT JALIL NATIONAL STADIUM KUALALAMPUR आइपुग्यो
CHITWAN RHINOS COACH KALAM ALI II JAIF को CATCH MISS हुनुले MATCH TURN गरायो ।I NPL 2
फ्लडलाइट र प्यारापिटयुक्त TU GROUND मा खेलेपछि अचम्मित भएका SOMPAK KAMI को प्रश्न, हाम्रै TU होर ?