मंसिर ३, २०८२ बुधबार | ०७:३३:००
स्पेन लगातार १३औं पटक फिफा विश्वकपमा एनपिएलः दबाबमा सुदूरपश्चिम, काठमाडौंलाई राहत एसियन कप छनोटः नेपालको लगातार पाँचौं हार लालीगुराँसलाई प्रेसिडेन्ट लिगको उपाधि कीर्तिमानी प्रदर्शनका साथ पोखरामाथि विराटनगरले हासिल गर्यो ५३ रनको रवाफिलो जित विशाल लक्ष्य पछ्याइरहेको पोखराको सानदार सुरुआत पोखराविरुद्ध लोकेशको पनि अर्धशतक पूरा गप्टिलको अर्धशतक, विराटनगर बलियो लक्ष्यतर्फ अग्रसर पावरप्लेमा विराटनगरले जोड्यो ५५ रन विराटनगरविरुद्ध पहिले बलिङ गर्दै पोखरा स्पेन लगातार १३औं पटक फिफा विश्वकपमा एनपिएलः दबाबमा सुदूरपश्चिम, काठमाडौंलाई राहत एसियन कप छनोटः नेपालको लगातार पाँचौं हार लालीगुराँसलाई प्रेसिडेन्ट लिगको उपाधि कीर्तिमानी प्रदर्शनका साथ पोखरामाथि विराटनगरले हासिल गर्यो ५३ रनको रवाफिलो जित विशाल लक्ष्य पछ्याइरहेको पोखराको सानदार सुरुआत पोखराविरुद्ध लोकेशको पनि अर्धशतक पूरा गप्टिलको अर्धशतक, विराटनगर बलियो लक्ष्यतर्फ अग्रसर पावरप्लेमा विराटनगरले जोड्यो ५५ रन विराटनगरविरुद्ध पहिले बलिङ गर्दै पोखरा

एनपिएलः दबाबमा सुदूरपश्चिम, काठमाडौंलाई राहत

काठमाडौं । आसन्न नेपाल प्रिमियर लिग (एनपिएल) सिजन २ मा यदी कुनै टिम सबभन्दा धेरै दबाबमा छ भने त्यो हो, सुदूरपश्चिम रोयल्स ।

अघिल्लो सिजन सानदार प्रदर्शनका साथ फाइनल पुगे पनि सुदूरपश्चिमले उपाधि भिडन्तमा कल्पनासम्म नगरेको हार भोग्नुपरेको थियो । समूह चरण र प्लेअफमा आफैले हराएको जनकपुर बोल्टसले फाइनलमा ५ विकेटले सुदूरपश्चिमको हुर्मत लिएको थियो ।

जनकपुरमाथि समूह चरणमा ७२ रन तथा प्लेअफमा सुदूपश्चिमले ८ विकेटको जित हासिल गरेको थियो । गतवर्ष एनपिएलको पहिलो सिजनमा ९ खेल खेल्दा सुदूरपश्चिमले दुई हारमात्र भोगेको थियो । फाइनलमा जनकपुरबाहेक समूह चरणमा चितवन राइनोजसँग भोगेको ३३ रनको हार मात्र पहिलो सिजनमा सुदूरपश्चिमको असफल पक्ष थिए ।

अघिल्लो सिजनमा सनसनीपूर्ण प्रदर्शन हुनाका बावजुद जित्न नसकेको उपाधि यसपाली जसरी पनि उचाल्नुपर्ने दबाब साविक उपविजेता टोलीसँग हुनेछ । किनकी सोमबार उद्घाटन खेलमा काठमाडौं गोर्खाजसँग पराजित भएपछि साविक विजेता जनकपुरका कप्तान अनिल शाहले ‘हामीले त एकपटक जितिसकेका छौं । दबाबमा त अरु टिम पो हुन्छन्’ भनेजस्तो सुविधा सुदूरपश्चिमसँग हुने छैन ।

सुदूरपश्चिमले भोग्नुपर्ने अर्को दबाब भनेको प्रदेशको चर्को क्रिकेट लोकप्रियता पनि हो । सुदूरपश्चिममा क्रिकेट निक्कै लोकप्रिय छ । त्यसको झलक टोलीका प्रत्येक खेलमा कीर्तिपुरमा गत सिजन देखिएको थियो । सुदूरपश्चिममा क्रिकेटको थेगिनसक्नु क्रेज छ । अनि टोलीका समर्थक सुदूरपश्चिम रोयल्सले हारेको हेर्न सक्दैनन् । गत सिजन जनकपुरका समर्थकमाथि सुदूरपश्चिमका समर्थकले गरेको दुर्व्यवहारले त्यसै भनिरहेको थियो ।

जनकपुर बोल्ट्सविरुद्ध काठमाडौं गोर्खाज, तस्विरः सरोज सापकोटा/खेलाडी ।

मैदानभित्र भने निक्कै अनुशासित टिमको छवि बनाएको सुदूरपश्चिमले बुधबार एनपिएल सिजन २ को यात्रा थाल्दैछ । जित्नैपर्ने दबाबका बीच यात्रा थाल्दा सुदूरपश्चिमको बाटोमा पहिलो तगारोको रुपमा स्थानीय टोली काठमाडौं गोर्खाज हुनेछ । जसले पहिलो खेलमै साविक विजेतालाई हराइसकेको छ । जुन नतिजा सुदूरका लागि अर्को टाउको दुखाईको विषय बन्न सक्छ ।

अघिल्लो सिजन सुदूरपश्चिमले काठमाडौंमाथि ७३ रनको फराकिलो अन्तरमा जित हासिल गरेको थियो ।

काठमाडौंविरुद्धको त्यो रवाफ कायम राख्नुपर्ने अर्को दबाब पनि बुधबार सुदूरपश्चिमले सामना गर्नुपर्नेछ । पहिलो खेलमा जित हासिल गरिसकेको काठमाडौंले भने सुदूरविरुद्ध नतिजा सुधार्ने लक्ष्यका साथ खेल्दा थोरै भए पनि कम दबाबमा खेल्न पाउनेछ ।

गतवर्ष ६ विकेटको क्षतिमा १६७ रन बनाएको सुदूरले जवाफी ब्याटिङमा आएको काठमाडौंलाई १५.४ ओभरमै ९४ रनमा रोकेर निरिह सावित गरिदिएको थियो ।

तर एक वर्षमा नेपाली क्रिकेटमा धेरैथोक बदलिएको छ । अघिल्लो सिजनको तुलनामा टिमहरुको स्वरुप पनि धेरै बदलिएका छन् ।

विश्व क्रिकेटका नाम चलेका खेलाडी नभएपनि काठमाडौंमा विदेशी र स्वदेशी खेलाडीको तालमेल राम्रो देखिन्छ । जुन जनकपुरविरुद्धको खेलमा देखियो ।

जनकपुर बोल्ट्सविरुद्ध काठमाडौं गोर्खाज, तस्विरः सरोज सापकोटा/खेलाडी ।

त्योभन्दा बढि कुनै समय नेपाललाई लगातार १२ मा ११ खेल जिताएर तहल्का मच्चाएका राष्ट्रिय टिमका पूर्व प्रशिक्षक भारतका मोन्टी देसाई यसपाली काठमाडौंको भरोसाका आधार हुन् । नेपाली खेलाडी र नेपालको मैदानबारे निक्कै जानकार भएकाले मोन्टीको रणनीतिले विपक्षीलाई मज्जासँग घुमाउने अनुमान छ ।

मुख्य प्रशिक्षकमा जगत टमाटाकै निरन्तरता तथा अधिकांश पुरानै टिममाथि विश्वास गरेको सुदूरपश्चिमको टोलीमा अस्ट्रेलियन ब्याटर क्रिस लिन सबैभन्दा ठूलो नाम हुन् । लिनबाहेक भारतीय मूलका अमेरिकी क्रिकेटर हर्मित सिंह, न्युजिल्यान्डका बलिङ अलराउन्डर स्कट कुगुलेइनलाई टोलीले अनुबन्ध गरेको छ । हर्मित र कुगुलेइनले पहिलो सिजन पनि सुदूरबाटै खेलका थिए ।

बुधबार काठमाडौं र सुदूरपश्चिमबीचको खेल दिउँसो ४ बजे सुरु हुनेछ ।


भिडियो
BIRATNAGAR KINGS का CAPTAIN SANDEEP LAMICHHANE II LOKESH BAM को BEST PERFORMANCE आउन अझै बाँकी छ I
‘२२१ रन Chaseable नै थियो । तर, केटाहरु Nervous भए : KUSHAL BHURTEL - CAPTAIN, POKHARA AVENGERS
MALAYSIA सँग खेल्न क्लालालम्पुरस्थित बुकिट जलाल राष्ट्रिय रंगशालामा नेपाली राष्ट्रिय टिम II AFC
MALAYSIA विरुद्धको खेल खेल्न नेपाली राष्ट्रिय टिम BUKIT JALIL NATIONAL STADIUM KUALALAMPUR आइपुग्यो
CHITWAN RHINOS COACH KALAM ALI II JAIF को CATCH MISS हुनुले MATCH TURN गरायो ।I NPL 2
फ्लडलाइट र प्यारापिटयुक्त TU GROUND मा खेलेपछि अचम्मित भएका SOMPAK KAMI को प्रश्न, हाम्रै TU होर ?
KARAN KC II फ्लड लाइटमा पहिलो पटक खेलेर जित्न पाउनु ऐतिहासिक रह्यो।I NPL2025 II KATHMANDU GORKHAS