कार्तिक २७, २०८२ बिहीबार | १९:०१:४९
काठमाडौंले पोखरालाई हरायो महेन्द्र आदर्श विद्यालयलाई लायन्स कप फुटसलको उपाधि सुदूरपश्चिमको स्ट्रेन्थ पार्टनरमा सूर्य प्लाइको निरन्तरता जन जागृतिलाई हराउँदै चित्लाङ राष्ट्रिय लिगमा छनोट बंगलादेशविरुद्ध एरिक बेन्चमा अनिलबहादुर गुरुङलाई पुरुष फुटसल टोलीको जिम्मेवारी महिला फुटसल टोलीको प्रशिक्षकमा विक्रम महर्जन मर्चेन्ट डी लाङ्ग नेपाल आइपुगे महिला विश्वकप खेल्ने कबड्डी टोलीको घोषणा नेपाल आइपुगे इङ्लिस अलराउन्डर बेन चार्ल्सवर्थ काठमाडौंले पोखरालाई हरायो महेन्द्र आदर्श विद्यालयलाई लायन्स कप फुटसलको उपाधि सुदूरपश्चिमको स्ट्रेन्थ पार्टनरमा सूर्य प्लाइको निरन्तरता जन जागृतिलाई हराउँदै चित्लाङ राष्ट्रिय लिगमा छनोट बंगलादेशविरुद्ध एरिक बेन्चमा अनिलबहादुर गुरुङलाई पुरुष फुटसल टोलीको जिम्मेवारी महिला फुटसल टोलीको प्रशिक्षकमा विक्रम महर्जन मर्चेन्ट डी लाङ्ग नेपाल आइपुगे महिला विश्वकप खेल्ने कबड्डी टोलीको घोषणा नेपाल आइपुगे इङ्लिस अलराउन्डर बेन चार्ल्सवर्थ

सुदूरपश्चिमको स्ट्रेन्थ पार्टनरमा सूर्य प्लाइको निरन्तरता

काठमाडौं । आसन्न नेपाल प्रिमियर लिग (एनपिएल)को दोस्रो संस्करणका लागि सुदूरपश्चिम रोयल्सले सूर्य प्लाइलाई स्ट्रेन्थ पार्टनरको रुपमा निरन्तरता दिएको छ ।

बिहीबार काठमाडौंमा सम्पन्न सम्झौतामा सरावागी प्लाइवुड इन्डस्ट्रिजका प्रबन्ध निर्देशक देव आनन्द सरावगी र सुदूरपश्चिमका प्रमुख कार्यकारी अधिकृत (सिइओ) प्रकाश खड्काले हस्ताक्षर गरे ।

सम्झौतापछि सिइओ खड्काले प्लाइउड क्षेत्रमा अग्रणी रहेको सूर्य प्लाइ नम्बर एक संस्था भएको बताउँदै सुदूरपश्चिमलाई साथ दिने संस्थालाई समर्थकबाट पनि उत्तिकै साथ मिल्ने विश्वास व्यक्त गरे ।

त्यस्तै प्रबन्ध निर्देशक सरावगीले नेपाली खेलकुदको विकासका लागि एनपिएलले महत्वपूर्ण भूमिका खेलिरहेको र यसका लागि सदा सूर्य प्लाइको निरन्तर साथ रहने प्रतिबद्धता जनाए ।

सुदूरपश्चिमले मार्की दीपेन्द्रसिंह ऐरीसहित विनोद भण्डारी, आरिफ शेख, अविनाश बोहरा, इशान पाण्डे र नरेन साउदलाई रिटेन गरेको छ । यसैगरी टोलीले मिनी अक्सनबाट दीपक बोहरा, मिलन बोहरा, हेमन्त धामी, टेक रावत, दीपेन्द्र थापालाई अनुबन्ध गरेको थियो ।

हिक्मत महरालाई ‘आइकोनिक खेलाडी’ मा छनोट गरेको टोलीले टोलीले विदेशी खेलाडीका रूपमा अस्ट्रेलियाका क्रिस लिन र जोश ब्राउन, न्युजिल्यान्डका स्कट कुगेलेइन तथा अमेरिकाका हर्मित सिंहलाई भित्र्याएको छ ।

नेपाल क्रिकेट संघ (क्यान) को आयोजनामा गत वर्षबाट सुरु भएको एनपिएलमा देशका विभिन्न सहरलाई प्रतिनिधित्व गर्दै आठ फ्रेन्चाइज टोलीले प्रतिस्पर्धा गर्नेछन् ।

यस सिजन पनि सुदूरपश्चिमसहित साविक विजेता जनकपुर बोल्ट्स, कर्णाली याक्स, पोखरा एभेन्जर्स, विराटनगर किंग्स, चितवन राइनोज, काठमाडौं गोर्खाज र लुम्बिनी लायन्स उपाधिका लागि भिड्ने छन् ।

एनपिएलको दोस्रो सिजन मंसिर १ देखि २७ सम्म हुँदैछ ।
 


भिडियो
KATHMANDU को नयाँ रुप II नयाँ COACH का साथ यसपालीको लक्ष्य उपाधि II MONTY DESAI II NPL SEASON 2
मलेसियाविरुद्धको दोस्रो लेग खेल्न जाने राष्ट्रिय फुटबल टोलीको बिदाई ll
प्रशिक्षकले विश्वास गरे सय प्रतिशत दिनेछु ll Aaditya Shakya, National Men’s Footbal Team
लिग नहुँदा एकसमय खर्च धान्न गाह्रो भएको थियो ll Aananta Tamang, National Men’s Footbal Team
खेलाडी सडकमा उत्रिनु सुहाउँदैन ll Captain ll Kiran Chemjong ll National Men’s Footbal Team
प्रत्यक्ष प्रशारणको माग सुनुवाई नभएपछि खेलाडी संघले बैठक बहिस्कार गरेको हो ll Bikram Lama, President
एसियन कप छनोटअन्तर्गत मलेसियासँगको खेलअघि घरेलु भूमिमा राष्ट्रिय टोलीको अन्तिम प्रशिक्षण सत्र