कार्तिक २७, २०८२ बिहीबार | १८:०६:२६
सुदूरपश्चिमको स्ट्रेन्थ पार्टनरमा सूर्य प्लाइको निरन्तरता जन जागृतिलाई हराउँदै चित्लाङ राष्ट्रिय लिगमा छनोट बंगलादेशविरुद्ध एरिक बेन्चमा अनिलबहादुर गुरुङलाई पुरुष फुटसल टोलीको जिम्मेवारी महिला फुटसल टोलीको प्रशिक्षकमा विक्रम महर्जन मर्चेन्ट डी लाङ्ग नेपाल आइपुगे महिला विश्वकप खेल्ने कबड्डी टोलीको घोषणा नेपाल आइपुगे इङ्लिस अलराउन्डर बेन चार्ल्सवर्थ भारतका प्रियाङ्क कर्णाली याक्समा म्यानचेस्टर युनाइटेडको विजयी यात्रा जारी सुदूरपश्चिमको स्ट्रेन्थ पार्टनरमा सूर्य प्लाइको निरन्तरता जन जागृतिलाई हराउँदै चित्लाङ राष्ट्रिय लिगमा छनोट बंगलादेशविरुद्ध एरिक बेन्चमा अनिलबहादुर गुरुङलाई पुरुष फुटसल टोलीको जिम्मेवारी महिला फुटसल टोलीको प्रशिक्षकमा विक्रम महर्जन मर्चेन्ट डी लाङ्ग नेपाल आइपुगे महिला विश्वकप खेल्ने कबड्डी टोलीको घोषणा नेपाल आइपुगे इङ्लिस अलराउन्डर बेन चार्ल्सवर्थ भारतका प्रियाङ्क कर्णाली याक्समा म्यानचेस्टर युनाइटेडको विजयी यात्रा जारी

जन जागृतिलाई हराउँदै चित्लाङ राष्ट्रिय लिगमा छनोट

काठमाडौं । एन्फा प्रेसिडेन्ट लिगमा जन जागृति युवा क्लबमाथि २–० को जित हासिल गर्दै चित्लाङ फुटबल क्लब यही पुस ९ मा हुने भनिएको राष्ट्रिय लिगका लागि छनोट हुन सफल भएको छ ।

बिहीबार प्रतियोगिताको नवौं दिन मकवानपुरको हेटौडास्थित गौरिटार रंगशालामा चित्लाङलाई जित दिलाउन विज्ञान खड्का र मदन स्याङ्ताङले गोल गरे । जितसँगै चार खेलमा सात अंक जोड्दै चित्लाङले सेमिफाइनलमा आफ्नो स्थानलाई सुरक्षित गर्यो । सेमिफाइनल समीकरणबाट यसअघि नै बाहिरिसकेको जन जागृतिको यो तेस्रो हार हो । जन जागृतिले चार खेलमा मात्र एक अंक जोड्न सक्यो ।

यो नतिजासँगै समूह ‘ए’बाट सेमिफाइनल पुग्ने दुबै टोलीको टुंगो लागेको छ । चित्लाङअघि लालिगुँरास सेमिफाइनलमा प्रवेश गरेको थियो ।

प्रतियोगितामा सहभागी १० टोलीलाई दुई समूहमा विभाजन गरिएको छ । प्रत्येक समूहका विजेता र उप–विजेताले सेमिफाइनलमा स्थान बनाउनुका साथै राष्ट्रिय लिगमा छनोट हुने सेट–अप छ ।

समूह ‘बी’बाट काँक्रे बिहार सेमिफाइनलमा पुगिसकेको छ । शुक्रबार नव जन जागृति युवा क्लब र हैरान्स क्लबबीच प्रतिस्पर्धा हुँदैछ । यी दुईमध्ये एउटाले राष्ट्रिय लिगको टिकट काट्नेछ ।


भिडियो
KATHMANDU को नयाँ रुप II नयाँ COACH का साथ यसपालीको लक्ष्य उपाधि II MONTY DESAI II NPL SEASON 2
मलेसियाविरुद्धको दोस्रो लेग खेल्न जाने राष्ट्रिय फुटबल टोलीको बिदाई ll
प्रशिक्षकले विश्वास गरे सय प्रतिशत दिनेछु ll Aaditya Shakya, National Men’s Footbal Team
लिग नहुँदा एकसमय खर्च धान्न गाह्रो भएको थियो ll Aananta Tamang, National Men’s Footbal Team
खेलाडी सडकमा उत्रिनु सुहाउँदैन ll Captain ll Kiran Chemjong ll National Men’s Footbal Team
प्रत्यक्ष प्रशारणको माग सुनुवाई नभएपछि खेलाडी संघले बैठक बहिस्कार गरेको हो ll Bikram Lama, President
एसियन कप छनोटअन्तर्गत मलेसियासँगको खेलअघि घरेलु भूमिमा राष्ट्रिय टोलीको अन्तिम प्रशिक्षण सत्र