मंसिर २३, २०८२ मंगलबार | १०:१८:२१
एसी मिलानको पुनारगमन जित म्यानचेस्टर युनाइटेडको सहज जितमा फर्नान्डेसको दुई गोल एनपिएलः सुदूरपश्चिम र विराटनगर फाइनल प्रवेशका लागि भिड्दै कँराचीले खेल्यो अर्को बराबरी, नासरिनलाई पहिलो अंक इस्ट बङ्गालको सानदार सुरुआत, ट्रान्सपोर्ट युनाइटेड पराजित रियाल मड्रिड घरेलु मैदानमै पराजित जनकपुरविरुद्ध कर्णालीको रोमाञ्चक जित कर्णालीविरुद्ध कृष्णमूर्तीको अर्धशतक प्यारागन स्कुलमा खेलकुुद सप्ताह सुरु जनकपुरको खराब सुरुआत, अनिल र आसिफ दुबै ‘डक आउट’ एसी मिलानको पुनारगमन जित म्यानचेस्टर युनाइटेडको सहज जितमा फर्नान्डेसको दुई गोल एनपिएलः सुदूरपश्चिम र विराटनगर फाइनल प्रवेशका लागि भिड्दै कँराचीले खेल्यो अर्को बराबरी, नासरिनलाई पहिलो अंक इस्ट बङ्गालको सानदार सुरुआत, ट्रान्सपोर्ट युनाइटेड पराजित रियाल मड्रिड घरेलु मैदानमै पराजित जनकपुरविरुद्ध कर्णालीको रोमाञ्चक जित कर्णालीविरुद्ध कृष्णमूर्तीको अर्धशतक प्यारागन स्कुलमा खेलकुुद सप्ताह सुरु जनकपुरको खराब सुरुआत, अनिल र आसिफ दुबै ‘डक आउट’

बराबरीमा आयो पाकिस्तान र दक्षिण अफ्रिकाबीचको एकदिवसीय शृंखला

काठमाडौं । घरेलु टोली पाकिस्तानविरुद्धको एकदिवसीय शृंखलाको दोस्रो खेलमा दक्षिण अफ्रिकाले आठ विकेटको सहज जित दर्ता गरेको छ ।

दक्षिण अफ्रिकाको यो जितसँगै तीन खेलको शृंखला १-१ को बराबरीमा आएको छ । पहिलो खेलमा पाकिस्तान दुई विकेटले विजयी भएको थियो ।

फैसलाबादस्थित इक्बाल रंगशालामा पाकिस्तानले प्रस्तुत गरेको २७० रनको लक्ष्य दक्षिण अफ्रिकाले ४०.१ ओभरमा दुई विकेट गुमाउँदै पूरा गर्यो ।

दक्षिण अफ्रिकाका लागि क्विनटन डी ककले ११९ बलमा आठ चौका र सात छक्काको मद्दतले अविजित १२३ रनको योगदान गरे । यसैगरी टोनी डी जोर्जीले ६३ बलमा ९ चौका र तीन छक्कासहित ७६, लुआन ड्रे प्रिटोरियसले ४६ र कप्तान म्याथ्यु ब्रिट्ज्केले अविजित १७ रन बनाए ।

डी ककले दोस्रो विकेटका लागि जोर्जीसँग १५३ तथा पहिलो विकेटका लागि प्रिटोरियससँग ८१ रनको साझेदारी गरेका थिए ।

पाकिस्तानका लागि मोहम्मद वासिम र फहिम अशरफले समान एक विकृट लिए ।

त्यसअघि टस जितेर ब्याटिङ रोजेको पाकिस्तानले निर्धारित ५० ओभरमा ९ विकेट गुमाउँदै २६९ रनको योगफल तयार पारेको थियो ।

पाकिस्तानका लागि सलमान आगाले १०६ बलमा पाँच चौकासहित सर्वाधिक ६९ रनको योगदान गरे । मोहम्मद नवाजले ५९ बलमा चार छक्कका र तीन चौकाको मद्दतले ५९ रन बनाए ।

यसैगरी सइम अयुवले ६६ बलमा पाँच चौका र एक छक्कासहित ५३, फहिम अशरफले २८, मोहम्मद वासिमले अविजित १२, बाबर आजमले ११ र हुसेन टलाटले १० रन बनाए ।

आगाले चौथो विकेटका लागि अयुबसँग ९२ तथा छैटौं विकेटका लागि नवाजसँग ५९ रनको साझदारी गरेका थिए ।

दक्षिण अफ्रिकाका लागि नान्ड्रे बर्गरले चार, नकाबायोम्जी पिटरले तीन र कोर्बिन बोशले दुई विकेट लिए ।

शृंखलाको तेस्रो तथा अन्तिम खेल शनिबार हुनेछ । 


भिडियो
APF VS NASRIN II MATCH PREVIEW II एपिएफले ‘कम्प्याक्ट’ फुटबल खेल्नुपर्छ II NABIN NEUPANE II SAFF
JAGAT TAMATA || दीपेन्द्र ‘गड गिफ्टेड’ खेलाडी हो । दीपेन्द्र जस्तो खेलाडी पाउनु नेपालको भाग्य हो ||
TRANSPORT UNITED विरुद्धको खेलअघि PAK CHAMPION KARACHI CITY का प्रशिक्षक र कप्तान SAFF CHAMPIONSHIP
TRANSPORT UNITED नेपालमा खेल्न मज्जा आउँछ, यहाँका समर्थक अमेजिङ छन् । TRANSPORT VS KARACHI CITY
SAFF CLUB CHAMPIONSHIP II APF VS NASRIN II के भन्छन् NASRIN का प्रशिक्षक र कप्तान ?
SAMBA, PREETI र GITA को अनुपस्थितीमा APF FC SAFF WOMENS CLUB CHAMPIONSHIP को उपाधि जित्न तयार छ
Drone View NPL Nepal Premier League Season -2 - Festival Of Himalayas