कार्तिक २१, २०८२ शुक्रबार | १२:०३:३१
हङकङ सुपर सिक्सेसः पहिलो खेलमा नेपाल पराजित बराबरीमा आयो पाकिस्तान र दक्षिण अफ्रिकाबीचको एकदिवसीय शृंखला मिडजिल्यान्डको विजयी यात्रा जारी एस्टन भिल्लाको सहज जित एन्फा प्रेसिडेन्ट लिगः टाइगर्सले गाईघाटलाई हरायो सुदूरपश्चिम रोयल्ससँग जोडियो फोलिड्रम वेस्ट इन्डिजविरुद्ध दोस्रो टी-ट्वान्टीमा न्युजिल्यान्ड विजयी विमलाको ह्याट्रिकसँगै आर्मी सेमिफाइनलमा अस्ट्रेलियाविरुद्ध भारतको अग्रता नेपालको लगातार दोस्रो जित हङकङ सुपर सिक्सेसः पहिलो खेलमा नेपाल पराजित बराबरीमा आयो पाकिस्तान र दक्षिण अफ्रिकाबीचको एकदिवसीय शृंखला मिडजिल्यान्डको विजयी यात्रा जारी एस्टन भिल्लाको सहज जित एन्फा प्रेसिडेन्ट लिगः टाइगर्सले गाईघाटलाई हरायो सुदूरपश्चिम रोयल्ससँग जोडियो फोलिड्रम वेस्ट इन्डिजविरुद्ध दोस्रो टी-ट्वान्टीमा न्युजिल्यान्ड विजयी विमलाको ह्याट्रिकसँगै आर्मी सेमिफाइनलमा अस्ट्रेलियाविरुद्ध भारतको अग्रता नेपालको लगातार दोस्रो जित

बराबरीमा आयो पाकिस्तान र दक्षिण अफ्रिकाबीचको एकदिवसीय शृंखला

काठमाडौं । घरेलु टोली पाकिस्तानविरुद्धको एकदिवसीय शृंखलाको दोस्रो खेलमा दक्षिण अफ्रिकाले आठ विकेटको सहज जित दर्ता गरेको छ ।

दक्षिण अफ्रिकाको यो जितसँगै तीन खेलको शृंखला १-१ को बराबरीमा आएको छ । पहिलो खेलमा पाकिस्तान दुई विकेटले विजयी भएको थियो ।

फैसलाबादस्थित इक्बाल रंगशालामा पाकिस्तानले प्रस्तुत गरेको २७० रनको लक्ष्य दक्षिण अफ्रिकाले ४०.१ ओभरमा दुई विकेट गुमाउँदै पूरा गर्यो ।

दक्षिण अफ्रिकाका लागि क्विनटन डी ककले ११९ बलमा आठ चौका र सात छक्काको मद्दतले अविजित १२३ रनको योगदान गरे । यसैगरी टोनी डी जोर्जीले ६३ बलमा ९ चौका र तीन छक्कासहित ७६, लुआन ड्रे प्रिटोरियसले ४६ र कप्तान म्याथ्यु ब्रिट्ज्केले अविजित १७ रन बनाए ।

डी ककले दोस्रो विकेटका लागि जोर्जीसँग १५३ तथा पहिलो विकेटका लागि प्रिटोरियससँग ८१ रनको साझेदारी गरेका थिए ।

पाकिस्तानका लागि मोहम्मद वासिम र फहिम अशरफले समान एक विकृट लिए ।

त्यसअघि टस जितेर ब्याटिङ रोजेको पाकिस्तानले निर्धारित ५० ओभरमा ९ विकेट गुमाउँदै २६९ रनको योगफल तयार पारेको थियो ।

पाकिस्तानका लागि सलमान आगाले १०६ बलमा पाँच चौकासहित सर्वाधिक ६९ रनको योगदान गरे । मोहम्मद नवाजले ५९ बलमा चार छक्कका र तीन चौकाको मद्दतले ५९ रन बनाए ।

यसैगरी सइम अयुवले ६६ बलमा पाँच चौका र एक छक्कासहित ५३, फहिम अशरफले २८, मोहम्मद वासिमले अविजित १२, बाबर आजमले ११ र हुसेन टलाटले १० रन बनाए ।

आगाले चौथो विकेटका लागि अयुबसँग ९२ तथा छैटौं विकेटका लागि नवाजसँग ५९ रनको साझदारी गरेका थिए ।

दक्षिण अफ्रिकाका लागि नान्ड्रे बर्गरले चार, नकाबायोम्जी पिटरले तीन र कोर्बिन बोशले दुई विकेट लिए ।

शृंखलाको तेस्रो तथा अन्तिम खेल शनिबार हुनेछ । 


भिडियो
मैदानका लागि सडकमा फुटबल खेलाडी ll PLAYERS SIT-IN PROTEST AT ANFA
एक हप्ताभित्र लिगको सेड्युल ननिकाले सडक आन्दोलन झन कडा हुन्छ ।
फुटसलको बारेमा त एन्फामा धेरैलाई थाहा नै छैन । फुटसल झन अपहेलित छ ।
खेलाडीले सम्मान पाउने खेलुन्जेल हो तर यहाँ त करेन्ट राष्ट्रिय खेलाडीको पनि एन्फाले नै इज्जत गर्दैन
नेपाली फुटबलका लागि यो कालो दिन हो । खेलाडीले एन्फा पस्न नपाउनुजस्तो दूर्भाग्य अरु हुँदैन ।
साधाारणसभाले पास गरेको कार्यक्रम गर्न नसक्ने एन्फाको के काम ?
PLAYERS QUESTIONED ANFA : खेलाडी साढे दुई वर्षदेखि बेरोजगार छन् । तपाईंहरु हुनुहुन्छ ?