कार्तिक १८, २०८२ मंगलबार | १७:५९:४३
महिला बास्केटबल बुधबारबाट हुने युवा तथा खेलकुद मन्त्रालयको सुधार कार्ययोजना सार्वजनिक एभरेष्ट महिला भलिबल लिगका बाँकी खेल काठमाडौंमा हुने इसाकले रियाल मड्रिडविरुद्धको खेल पनि गुमाउने इङ्लिस विकेटकिपर जोहन सिम्पसनले काठमान्डौंबाट खेल्ने काठमाडौंको ‘ट्यालेन्ट हन्ट’ बुधबार हुने अल हिलालको विजयी यात्रा जारी बराबरीमा रोकिए एभरटन र सन्डरल्यान्ड लाजियोको सहज जित हिमालयन एभरेष्ट इन्स्योरेन्स लिमिटेड र चितवन राइनोजबीच सम्झौता महिला बास्केटबल बुधबारबाट हुने युवा तथा खेलकुद मन्त्रालयको सुधार कार्ययोजना सार्वजनिक एभरेष्ट महिला भलिबल लिगका बाँकी खेल काठमाडौंमा हुने इसाकले रियाल मड्रिडविरुद्धको खेल पनि गुमाउने इङ्लिस विकेटकिपर जोहन सिम्पसनले काठमान्डौंबाट खेल्ने काठमाडौंको ‘ट्यालेन्ट हन्ट’ बुधबार हुने अल हिलालको विजयी यात्रा जारी बराबरीमा रोकिए एभरटन र सन्डरल्यान्ड लाजियोको सहज जित हिमालयन एभरेष्ट इन्स्योरेन्स लिमिटेड र चितवन राइनोजबीच सम्झौता

इङ्लिस विकेटकिपर जोहन सिम्पसनले काठमान्डौंबाट खेल्ने

काठमाडौं । इङ्लिस विकेटकिपर जोहन सिम्पसनले नेपाल प्रिमियर लिग (एनपिएल) को दोस्रो सिजन काठमाडौं गोर्खाजबाट खेल्ने भएका छन् ।

काठमाडौं स्पोर्टस डेभलपमेन्ट भेन्चर्स प्रालीको स्वामित्वमा रहेको काठमान्डौं पाँचौं विदेशी खेलाडीका रूपमा ३७ वर्षे सिम्पसनलाई भित्र्याएको हो ।

दक्षिण अफ्रिकाका विकेटकिपर ब्याटर रिकार्डो भास्कोनेसेलोस, नामिबियाका कप्तान जेरहार्ड इरस्मस, अमेरिकी ब्याटर मिलिन्ड कुमार र इङ्लिस ब्याटर बेन चार्ल्सवर्थलाई अनुबन्धन गरेको छ ।

सिम्पसनले इङ्ल्यान्डबाट तीन एकदिवसीय अन्तर्राष्ट्रिय खेल खेलिसकेका छन् । ती सबै सन् २०१९ मा भएको पाकिस्तानविरुद्धको शृंखलामा थिए ।

सिम्पसनले १९५ टी-ट्वान्टी खेलमा १२ अर्धशतकसहित ३ हजार १६३ रन बनाएका छन् । उनीसँग इङ्ल्यान्डको काउन्ट्री क्रिकेटका साथै, द हन्ड्रेड, टी-ट्वान्टी ब्लास्ट खेलेको अनुभव छ ।

काठमाडौंले मार्की करण केसीसहित भीम सार्की, शाहव आलम रशिद खान, दीपेश कँडेल र प्रतिक श्रेष्ठलाई दोस्रो सिजनमा पनि निरन्तरता दिएको छ ।

यसैगरी मिनी अक्सनबाट मोहम्मद आदिल आलम अन्सारी, सन्तोष यादव, आकाश त्रिपाठी, उत्तम थापामगर, तुलबहादुर थापालाई भित्र्याएको थियो ।

काठमाडौंले नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्व प्रशिक्षक मोन्टी देसाईको प्रशिक्षणमा एनपिएलको दोस्रो सिजन खेल्ने छ । यस्तै काठमाडौंको प्रशिक्षकमा बसन्त शाही छन् ।

नेपाल क्रिकेट संघ (क्यान) को आयोजनामा गत वर्षबाट सुरु भएको एनपिएलमा देशका विभिन्न सहरलाई प्रतिनिधित्व गर्दै आठ फ्रेन्चाइज टोलीले प्रतिस्पर्धा गर्नेछन् ।

यो सिजन पनि काठमाडौंसँगै साविक विजेता जनकपुर बोल्ट्स साविक उपविजेतासुदूरपश्चिम रोयल्स, कर्णाली याक्स, पोखरा एभेन्जर्स, विराटनगर किंग्स, चितवन राइनोज र लुम्बिनी लायन्स उपाधिका लागि भिड्ने छन् ।


भिडियो
U-19 भलिबल टोलीको बिदाइमा नयाँ खेलकुद मन्त्रीले के भने ?
यू–१९ भलिबल टोलीलाई खेलकुद मन्त्रीको बिदाइ ll U-19 VOLLEYBALL TEAM FAREWELL
हाम्रो लक्ष्य स्वर्ण पदक जित्ने हो ll JENISHA BISHWAKARMA ll CAPTAIN ll U-19 VOLLEYBALL TEAM
उपाधि हाम्रो हुनेछ भन्नेमा हामी ढुक्क छौँ ll KUMAR RAI ll HEAD COACH ll U-19 ll VOLLEYBALL TEAM
पंकजजीलाई विधि विधानमा विश्वास छैन ।। न्यायका लागि अदालत जान्छु ।। BIR BAHADUR KHADKA ।। ANFA
A DIVISION CLUB को बैठकमा मन्त्री गुप्ताले के भने ll ANIL SHRESTHA ll PRESIDENT ll MACHHINDRA
होम एन्ड अवे लिगका लागि आजैबाट गृहकार्य गर्छौं ll KIRAN RAI ll GENERAL SECRETARY ll ANFA