पुस ४, २०८२ शनिबार | ०१:४८:३७
आईजिपी कपः नेपाल पुलिस स्कुल साँगा रेड च्याम्पियन एन्फा यु-१६ युथ लिगः एनआरटी र मनाङको जित १४ खेलाडीलाई ओलम्पिकको छात्रवृत्ति राखेपको बोर्ड बैठक अर्को बुधबार, खेलकुदभन्दा राजनीतिक एजेन्डालाई महत्व मैदान छिर्न ढिलो गरेवापत नेपाललाई एएफसीको जरिवाना रियाल बेटिस विजयी एसि मिलानलाई हराउँदै नापोली फाइनलमा गौरवलाई फुटबल गतिविधिमा नरोक्न उच्च अदालतको आदेश ह्वीलचेयर रग्बी मैत्रीपूर्ण खेल सम्पन्न, बिआइए इन्स्टिच्युट विजयी जेम्स थन्डरबोल्ट्स कप २०२५ सुरु आईजिपी कपः नेपाल पुलिस स्कुल साँगा रेड च्याम्पियन एन्फा यु-१६ युथ लिगः एनआरटी र मनाङको जित १४ खेलाडीलाई ओलम्पिकको छात्रवृत्ति राखेपको बोर्ड बैठक अर्को बुधबार, खेलकुदभन्दा राजनीतिक एजेन्डालाई महत्व मैदान छिर्न ढिलो गरेवापत नेपाललाई एएफसीको जरिवाना रियाल बेटिस विजयी एसि मिलानलाई हराउँदै नापोली फाइनलमा गौरवलाई फुटबल गतिविधिमा नरोक्न उच्च अदालतको आदेश ह्वीलचेयर रग्बी मैत्रीपूर्ण खेल सम्पन्न, बिआइए इन्स्टिच्युट विजयी जेम्स थन्डरबोल्ट्स कप २०२५ सुरु

महिला बास्केटबल बुधबारबाट हुने

काठमाडौं । एन्जल हार्ट नेसनल स्कुलको आयोजनामा खुला राष्ट्रिय महिला बास्केटबल च्याम्पियनसिप बुधबारबाट हुने भएको छ ।

नेपाल बास्केटबल संघको प्राविधिक सहयोगमा हुने प्रतियोगितामा सिनियर र जुनियर (यु-१६) तर्फ समान चार टोलीको सहभागिता रहनेछ ।  

त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषदको कभर्डहलमा हुने प्रतियोगितामा सिनियरतर्फ जेभियर इन्टरनेशनल कलेज, साइपाल एकेडेमी, ट्रेनिङ ग्राउण्ड र ग्रान्ड स्टार्स तथा जुनियरतर्फ बौद्ध मेरिडियन स्कुल, रिब्स, भ्याली पब्लिक स्कुल र स्वार्णिम कलेज प्रतिस्पर्धामा छन् ।

नेपाल बास्केटबल संघका अध्यक्ष भीमसिंह गुरुङले युवा खेलाडीलाई सिक्ने अवसर प्रदान गर्ने उदेश्यका लागि पहिलो पटक महिलाको सिनियर र जुनियरको टिमको प्रतियोगिता एकसाथ गराउन लागेको बताए ।  

‘हामीले पहिलो पटक सिनियर र जुनियर टिमको एकै पटक एउटै कोर्टमा प्रतियोगिता गराउँदैछौं । यो एउटा नयाँ प्रयोग पनि हो,’ अध्यक्ष गुरुङले भने, ‘जुनियर खेलाडी नै पछि गएर राष्ट्रिय टिममा खेल्छन् । युवा खेलाडीको मनोबल बढाउँदै खेलकुदमा कसरी आकर्षण गर्न सकिन्छ भनेर जुनियर र सिनियरको खेल एकैसाथ गर्न लागेको हो । यसबाट जुनियर खेलाडीले सिनियरबाट अनुशासनलगायत कुराहरू सिक्ने अवसर पाउँछन् ।’

कार्तिक २४ गतेसम्म हुने च्याम्पियनसपिपमा सिनियरतर्फ हरेक टोली एक अर्कासँग दुई खेल खेल्नेछन् । यसैगरी जुनियतर्फ हरेक टोलीबीच एक खेल हुनेछ ।

सिनियरतर्फ विजेताले ४० हजार रुपैयाँया, ट्रफी मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् भने उपविजेताले २० र तेस्रो हुनेले १० हजार रुपैयाँ पाउने छन् । जुनियरतर्फ मेडल र प्रमाणपत्र मात्र प्रदान गरिनेछ ।  ।

यस्तै यस पटक प्रतियोगिता खेल्नका लागि प्रवेश शुल्क नराखिएको आयोजक एन्जल्स हार्ट नेसनल स्कुलका प्रिन्सिपल टकबहादुर थापाले जानकारी दिए ।


भिडियो
एपिएफको चुनौतीका लागि तयार छौं ll EAST BENGAL FC INDIA
SAFF क्लब च्याम्पियनसिपले अब हुने महिला लिगलाई सहयोग गर्न सक्छ ll Anita Basnet, Captain, APF FC
SAFF क्लबको ट्रफी एपीएफ क्लबका लागि मात्र होइन,समग्र नेपालको लागि पनि निकै महत्वपूर्ण छJibesh Pandey
Deleted video
जसरी पनि सी डिभिजनमा पुग्ने लक्ष्य थियो, अब बी डिभिजनको लक्ष्य छ ।I GHANASHYAM THAPA II NPJ SPORTING
सी डिभिजन छनोट च्याम्पियन नेपालगञ्ज ११ का प्रशिक्षक जनक केसीः यो पश्चिम नेपालकै ठूलो उपलब्धि हो ।I
C DIVISION LEAGUE QUALIFIER'S मा च्याम्पियन भएपछि NEPALJUNG SPORTING 11 को खुसी II ANFA COMPLEX