फाल्गुन २१, २०८२ बिहीबार | २०:२२:१६
फाइनल प्रवेशका लागि भारत र इङ्ल्याण्ड खेल्दै आर्सनल र चेल्सीको जित निकाल्दा सिटी रोकियो, युनाइटेड पराजित दक्षिण अफ्रिकालाई हराउँदै न्युजिल्यान्ड दोस्रो पटक फाइनलमा फाइनल पुग्न दक्षिण अफ्रिकाले न्युजिल्यान्डलाई दियो १७० रनको लक्ष्य त्रिकोणात्मक सिरिज स्थगित पहिलो खेलमा भारत भियतनामसँग पराजित फाइनल प्रवेशका लागि दक्षिण अफ्रिका र न्युजिल्याण्ड खेल्दै ब्राजिलका रोड्रिगोले विश्वकप गुमाउने सम्भावना स्पेन र अर्जेन्टिनाको खेल लन्डनमा सार्ने तयारी बार्सिलोना बाहिरियो फाइनल प्रवेशका लागि भारत र इङ्ल्याण्ड खेल्दै आर्सनल र चेल्सीको जित निकाल्दा सिटी रोकियो, युनाइटेड पराजित दक्षिण अफ्रिकालाई हराउँदै न्युजिल्यान्ड दोस्रो पटक फाइनलमा फाइनल पुग्न दक्षिण अफ्रिकाले न्युजिल्यान्डलाई दियो १७० रनको लक्ष्य त्रिकोणात्मक सिरिज स्थगित पहिलो खेलमा भारत भियतनामसँग पराजित फाइनल प्रवेशका लागि दक्षिण अफ्रिका र न्युजिल्याण्ड खेल्दै ब्राजिलका रोड्रिगोले विश्वकप गुमाउने सम्भावना स्पेन र अर्जेन्टिनाको खेल लन्डनमा सार्ने तयारी बार्सिलोना बाहिरियो

महिला बास्केटबल बुधबारबाट हुने

काठमाडौं । एन्जल हार्ट नेसनल स्कुलको आयोजनामा खुला राष्ट्रिय महिला बास्केटबल च्याम्पियनसिप बुधबारबाट हुने भएको छ ।

नेपाल बास्केटबल संघको प्राविधिक सहयोगमा हुने प्रतियोगितामा सिनियर र जुनियर (यु-१६) तर्फ समान चार टोलीको सहभागिता रहनेछ ।  

त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषदको कभर्डहलमा हुने प्रतियोगितामा सिनियरतर्फ जेभियर इन्टरनेशनल कलेज, साइपाल एकेडेमी, ट्रेनिङ ग्राउण्ड र ग्रान्ड स्टार्स तथा जुनियरतर्फ बौद्ध मेरिडियन स्कुल, रिब्स, भ्याली पब्लिक स्कुल र स्वार्णिम कलेज प्रतिस्पर्धामा छन् ।

नेपाल बास्केटबल संघका अध्यक्ष भीमसिंह गुरुङले युवा खेलाडीलाई सिक्ने अवसर प्रदान गर्ने उदेश्यका लागि पहिलो पटक महिलाको सिनियर र जुनियरको टिमको प्रतियोगिता एकसाथ गराउन लागेको बताए ।  

‘हामीले पहिलो पटक सिनियर र जुनियर टिमको एकै पटक एउटै कोर्टमा प्रतियोगिता गराउँदैछौं । यो एउटा नयाँ प्रयोग पनि हो,’ अध्यक्ष गुरुङले भने, ‘जुनियर खेलाडी नै पछि गएर राष्ट्रिय टिममा खेल्छन् । युवा खेलाडीको मनोबल बढाउँदै खेलकुदमा कसरी आकर्षण गर्न सकिन्छ भनेर जुनियर र सिनियरको खेल एकैसाथ गर्न लागेको हो । यसबाट जुनियर खेलाडीले सिनियरबाट अनुशासनलगायत कुराहरू सिक्ने अवसर पाउँछन् ।’

कार्तिक २४ गतेसम्म हुने च्याम्पियनसपिपमा सिनियरतर्फ हरेक टोली एक अर्कासँग दुई खेल खेल्नेछन् । यसैगरी जुनियतर्फ हरेक टोलीबीच एक खेल हुनेछ ।

सिनियरतर्फ विजेताले ४० हजार रुपैयाँया, ट्रफी मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् भने उपविजेताले २० र तेस्रो हुनेले १० हजार रुपैयाँ पाउने छन् । जुनियरतर्फ मेडल र प्रमाणपत्र मात्र प्रदान गरिनेछ ।  ।

यस्तै यस पटक प्रतियोगिता खेल्नका लागि प्रवेश शुल्क नराखिएको आयोजक एन्जल्स हार्ट नेसनल स्कुलका प्रिन्सिपल टकबहादुर थापाले जानकारी दिए ।


भिडियो
CAPTAIN PUJA MAHATO II ठूला टिमसँग खेल्दा सिक्न पायौं, हाम्रो सुधारको त्यहाँ सबैले प्रशंशा गरे ।I
NEPAL POLICE CLUB Vs TRIBHUWAN ARMY FOOTBALL CLUB || ANFA WOMEN'S CHAMPIONSHIP 2082 || LIVE ||
MUMBAI को WANKHEDE मा NEPAL र SCOTLAND भिड्दै, मरिन ड्राइभमा नेपाली समर्थकको विश्वकप मेला
Private video
Nepal Police Club VS FC Reale | ANFA WOMEN'S CHAMPIONSHIP 2082 || LIVE ||
CHURCH BOYS UNITED VS CHHAHARI YUWA CLUB | ANFA WOMEN'S CHAMPIONSHIP 2082 || LIVE ||
NRT vs ARMY || ANFA WOMEN'S CHAMPIONSHIP 2082 || LIVE ||