कार्तिक १७, २०८२ सोमबार | १२:१९:५६
रोमाविरुद्ध मिलानको साँघुरो जित बार्सिलोनाले एल्चलाई हरायो हालान्ड चम्किँदा बर्नमाउथमाथि सिटीको सहज जित, उक्लियो दोस्रो स्थानमा भारतलाई पहिलो पटक महिला एकदिवसीय विश्वकप उपाधि, फाइनलमा दक्षिण अफ्रिका पराजित हर्मित सिंहले सुदूरपश्चिमबाटै खेल्ने लुम्बिनी लायन्सको ‘एन्थम’ सार्वजनिक बाँकेमा फिफा फुटबल फर स्कुल कार्यक्रम सुरु यु-१६ युथ लिग तत्कालका लागि स्थगित, एन्फा भन्छ, ‘नयाँ मिति भोलि टुंगो लगाउनेछौं’ कर्णाली याक्सको ‘ट्यालेन्ट हन्ट’ मा २०० भन्दाबढि खेलाडी सहभागी हुने वर्षाका कारण दुई दिन पछि सरेकाे झापा महिला गोल्डकपको तयारी पूरा रोमाविरुद्ध मिलानको साँघुरो जित बार्सिलोनाले एल्चलाई हरायो हालान्ड चम्किँदा बर्नमाउथमाथि सिटीको सहज जित, उक्लियो दोस्रो स्थानमा भारतलाई पहिलो पटक महिला एकदिवसीय विश्वकप उपाधि, फाइनलमा दक्षिण अफ्रिका पराजित हर्मित सिंहले सुदूरपश्चिमबाटै खेल्ने लुम्बिनी लायन्सको ‘एन्थम’ सार्वजनिक बाँकेमा फिफा फुटबल फर स्कुल कार्यक्रम सुरु यु-१६ युथ लिग तत्कालका लागि स्थगित, एन्फा भन्छ, ‘नयाँ मिति भोलि टुंगो लगाउनेछौं’ कर्णाली याक्सको ‘ट्यालेन्ट हन्ट’ मा २०० भन्दाबढि खेलाडी सहभागी हुने वर्षाका कारण दुई दिन पछि सरेकाे झापा महिला गोल्डकपको तयारी पूरा

भारतलाई पहिलो पटक महिला एकदिवसीय विश्वकप उपाधि, फाइनलमा दक्षिण अफ्रिका पराजित

काठमाडौं । भारतले अन्ततः महिला एकदिवसीय विश्वकपको उपाधि जितेको छ । दीप्ती शर्मा र शफाली वर्माको बलियो अलराउन्ड प्रदर्शनमा भारतले आइतबार सम्पन्न फाइनल खेलमा दक्षिण अफ्रिकाको चुनौती ५२ रनले पन्छायो ।

अन्तर्राष्ट्रिय क्रिकेटका दुबै फम्र्याट (एकदिवसीय र ट्वान्टी-२०)मा भारतीय महिला टोलीको यो पहिलो विश्वकप उपाधि हो । भारतले यसअघि सन् २०१७ मा एकदिवसीय र २०२० मा ट्वान्टी-२० फाइनलमा पराजय बेहोरेको थियो । त्यस्तै २०१८ र २०२३ को ट्वान्टी-२० विश्वकपमा टोली सेमिफाइनलमै रोकिएको थियो । अन्ततः लामो प्रतीक्षापछि भारतले विश्वकपको सपनालाई साकार पारेको हो ।

नवी मुम्बईस्थित डीवाई पाटिल रंगशालामा टस हारेर ब्याटिङको निम्तो पाएको भारतले ५० ओभरको समाप्तिमा ६ विकेट गुमाउँदै २९८ रनको योगफल खडा गरेको थियो । भारतका लागि शफाली वर्मा र दीप्ती शर्माले अर्धशतकीय पारी खेले । शफालीले स्मृति मन्धनासँग मिलेर पहिलो विकेटका लागि १०४ रनको साझेदारी गरेका थिए । यसबाहेक विकेटकिपर रिचा घोशले ३४ रनको योगदान गरिन् । जसका कारण बलियो योगफल सम्भव भएको हो ।

जवाफी ब्याटिङ गरेको दक्षिण अफ्रिका २४६ रनमा अल–आउट भयो । दक्षिण अफ्रिकाका लागि ओपनर तथा कप्तान लौरा वोल्वार्ड्टको १०१ रनको पारी खेलेका थिए । सातौं विकेटसम्म क्रिजमा रहेकी वोल्वार्ड्टले टोलीलाई पहिलो विश्वकप उपाधि सम्म दोर्याउन भने सकिनन् । दिप्तीले दक्षिण अफ्रिकाका पाँच खेलाडीलाई पेभिलियनको बाटो देखाइन् । ४२औं ओभरको पहिलो बलमा दिप्तीले नै वोल्वार्ड्टको विकेट लिँदै भारतलाई जिततर्फ दोर्याएकी थिइन् ।

जतिबेला वोल्वार्ड्टको विकेट गुमेको थियो, दक्षिण अफ्रिकालाई जितका लागि ६८ रन आवश्यक थियो ।


भिडियो
U-19 भलिबल टोलीको बिदाइमा नयाँ खेलकुद मन्त्रीले के भने ?
यू–१९ भलिबल टोलीलाई खेलकुद मन्त्रीको बिदाइ ll U-19 VOLLEYBALL TEAM FAREWELL
हाम्रो लक्ष्य स्वर्ण पदक जित्ने हो ll JENISHA BISHWAKARMA ll CAPTAIN ll U-19 VOLLEYBALL TEAM
उपाधि हाम्रो हुनेछ भन्नेमा हामी ढुक्क छौँ ll KUMAR RAI ll HEAD COACH ll U-19 ll VOLLEYBALL TEAM
पंकजजीलाई विधि विधानमा विश्वास छैन ।। न्यायका लागि अदालत जान्छु ।। BIR BAHADUR KHADKA ।। ANFA
A DIVISION CLUB को बैठकमा मन्त्री गुप्ताले के भने ll ANIL SHRESTHA ll PRESIDENT ll MACHHINDRA
होम एन्ड अवे लिगका लागि आजैबाट गृहकार्य गर्छौं ll KIRAN RAI ll GENERAL SECRETARY ll ANFA