कार्तिक १७, २०८२ सोमबार | ००:४५:१८
हर्मित सिंहले सुदूरपश्चिमबाटै खेल्ने लुम्बिनी लायन्सको ‘एन्थम’ सार्वजनिक बाँकेमा फिफा फुटबल फर स्कुल कार्यक्रम सुरु यु-१६ युथ लिग तत्कालका लागि स्थगित, एन्फा भन्छ, ‘नयाँ मिति भोलि टुंगो लगाउनेछौं’ कर्णाली याक्सको ‘ट्यालेन्ट हन्ट’ मा २०० भन्दाबढि खेलाडी सहभागी हुने वर्षाका कारण दुई दिन पछि सरेकाे झापा महिला गोल्डकपको तयारी पूरा बराबरीमा आयो अस्ट्रेलिया र भारतबीचको टी-ट्वान्टी शृंखला विराटनगरमा मार्टिन गप्टिलको निरन्तरता एएफसी यु-१७ छनोटमा नेपाली टोलीको टचलाइन सिंहले नै सम्हाल्ने मलेसियासँगको दोस्रो लेगका लागि प्रारम्भिक छनोट टोली घोषणा हर्मित सिंहले सुदूरपश्चिमबाटै खेल्ने लुम्बिनी लायन्सको ‘एन्थम’ सार्वजनिक बाँकेमा फिफा फुटबल फर स्कुल कार्यक्रम सुरु यु-१६ युथ लिग तत्कालका लागि स्थगित, एन्फा भन्छ, ‘नयाँ मिति भोलि टुंगो लगाउनेछौं’ कर्णाली याक्सको ‘ट्यालेन्ट हन्ट’ मा २०० भन्दाबढि खेलाडी सहभागी हुने वर्षाका कारण दुई दिन पछि सरेकाे झापा महिला गोल्डकपको तयारी पूरा बराबरीमा आयो अस्ट्रेलिया र भारतबीचको टी-ट्वान्टी शृंखला विराटनगरमा मार्टिन गप्टिलको निरन्तरता एएफसी यु-१७ छनोटमा नेपाली टोलीको टचलाइन सिंहले नै सम्हाल्ने मलेसियासँगको दोस्रो लेगका लागि प्रारम्भिक छनोट टोली घोषणा

विराटनगरमा मार्टिन गप्टिलको निरन्तरता

फाइल तस्विर ।

काठमाडौं । विराटनगर किंग्सले नेपाल प्रिमियर लिग (एनपिलएल) को दोस्रो सिजनका लागि पनि न्युजिल्यान्डका ब्याटर मार्टिन गप्टिललाई निरन्तरता दिएको छ ।

विराटनगरले आइतबार विज्ञप्ति जारी गर्दै गप्टिललाईनिरन्तरता दिएको जनाएको हो । गप्टिलले पहिलो सिजनमा ६ खेल खेल्दा एक अर्धशतकसहित १३७ रन प्रहार गरेका थिए ।

 गप्टिल विराटनगरले भित्र्याएको चौथो विदेशी खेलाडी हुन् । यसअघि टोलीले दक्षिण अफ्रिकाका फाफ डुप्लेसिस, अस्ट्रेलियाका साम हिजलेट र स्कटल्यान्डका जर्ज मुन्सेलाई अनुबन्ध गरेको थियो । 

उनीसँग अन्तर्राष्ट्रिय क्रिकेट र फ्रेन्चाइज लिगको धेरै अनुभव छ । गप्टिलले न्युजिल्यान्डका टोलीका लागि १२२ टी-ट्वान्टी खेल खेल्दा ३ हजार ५३१ रन बनाएका छन् ।

उनले मुम्बई इन्डियन्स, सनराइजर्स हैदरावाद र पञ्जाब किंग्सबाट इन्डियन प्रिमियर लिग (आइपिएल) खेलिसकेका छन् । यस्तै उनीसँग बिग बास लिग, क्यारेबियन प्रिमियर लिग, पाकिस्तान सुपर लिग लगायत अन्य फ्रेन्चाइज लिगसमेत खेलेको अनुभव छ ।

विराटनगरले मार्की सन्दीप लामिछानेसहित लोकेश बम, प्रतिश जिसी, बसिर अहमद, नरेन भट्ट र सुवास भण्डारीलाई रिटेन गरेको छ । यसैगरी टोलीले मिनी अक्सनबाट सूर्य तामाङ, साहिल पटेल, नारायण जोशी, श्रवण किस्कु र शंकर राना अनुबन्ध गरेको थियो ।  ।

नेपाल क्रिकेट संघ (क्यान) को आयोजनामा गत वर्षबाट सुरु भएको एनपिएलमा देशका विभिन्न सहरलाई प्रतिनिधित्व गर्दै आठ फ्रेन्चाइज टोलीले प्रतिस्पर्धा गर्नेछन् ।

यस सिजन पनि विराटनगरसहित साविक विजेता जनकपुर बोल्ट्स, साविक उपविजेता सुदूरपश्चिक रोयल्स, कर्णाली याक्स, पोखरा एभेन्जर्स, चितवन राइनोज, काठमाडौं गोर्खाज र लुम्बिनी लायन्स उपाधिका लागि भिड्ने छन् ।

एनपिएलको दोस्रो सिजन मंसिर १ देखि २७ सम्म हुँदैछ ।

 


भिडियो
U-19 भलिबल टोलीको बिदाइमा नयाँ खेलकुद मन्त्रीले के भने ?
यू–१९ भलिबल टोलीलाई खेलकुद मन्त्रीको बिदाइ ll U-19 VOLLEYBALL TEAM FAREWELL
हाम्रो लक्ष्य स्वर्ण पदक जित्ने हो ll JENISHA BISHWAKARMA ll CAPTAIN ll U-19 VOLLEYBALL TEAM
उपाधि हाम्रो हुनेछ भन्नेमा हामी ढुक्क छौँ ll KUMAR RAI ll HEAD COACH ll U-19 ll VOLLEYBALL TEAM
पंकजजीलाई विधि विधानमा विश्वास छैन ।। न्यायका लागि अदालत जान्छु ।। BIR BAHADUR KHADKA ।। ANFA
A DIVISION CLUB को बैठकमा मन्त्री गुप्ताले के भने ll ANIL SHRESTHA ll PRESIDENT ll MACHHINDRA
होम एन्ड अवे लिगका लागि आजैबाट गृहकार्य गर्छौं ll KIRAN RAI ll GENERAL SECRETARY ll ANFA