भाद्र ३१, २०८२ बुधबार | १२:५६:१२
च्याम्पियन्स लिगमा आज ६ खेल हुँदै डच बलर भिभियन किङ्मामाथि तीन महिलनाको प्रतिबन्ध ट्रेन्ट एलेक्जेन्डर आर्नोल्ड घाइते एमएलएसः इटर मियामीले सियाटल साउन्डर्सलाई हरायो एसिसी एसिया कपमा बंगलादेशको रोमाञ्चक जित बराबरीमा रोकिए युभेन्टस र डर्टमन्ड रियाल मड्रिडको पुनरागमन जित युइएफए च्याम्पियन्स लिगमा आर्सनलको विजयी सुरुआत साफ यु-१७ च्याम्पियनसिपः भुटानविरुद्ध पाकिस्तानको सहज जित जेनजी आन्दोलनमा ज्यान गुमाएका क्रिकेटर सुलभ श्रेष्ठप्रति श्रद्धाञ्जली अर्पण च्याम्पियन्स लिगमा आज ६ खेल हुँदै डच बलर भिभियन किङ्मामाथि तीन महिलनाको प्रतिबन्ध ट्रेन्ट एलेक्जेन्डर आर्नोल्ड घाइते एमएलएसः इटर मियामीले सियाटल साउन्डर्सलाई हरायो एसिसी एसिया कपमा बंगलादेशको रोमाञ्चक जित बराबरीमा रोकिए युभेन्टस र डर्टमन्ड रियाल मड्रिडको पुनरागमन जित युइएफए च्याम्पियन्स लिगमा आर्सनलको विजयी सुरुआत साफ यु-१७ च्याम्पियनसिपः भुटानविरुद्ध पाकिस्तानको सहज जित जेनजी आन्दोलनमा ज्यान गुमाएका क्रिकेटर सुलभ श्रेष्ठप्रति श्रद्धाञ्जली अर्पण

एसिसी एसिया कपमा बंगलादेशको रोमाञ्चक जित

काठमाडाैं । बंगलादेशले एसिसी ट्वान्टी-२० एसिया कपमा अफगानिस्तानविरुद्ध आठ रनको रोमाञ्चक जित दर्ता गरेको छ । 

दोस्रो जितसँगै तीन खेलमा चार अंक जोडेको बंगलादेश समूह ‘बी’ को दोस्रो स्थानमा छ । पहिलो हार बेहोरेको अफगानिस्तान दुई खेलबाट दुई अंकका साथ तेस्रो स्थानमा छ । दुवै टोलीको सुपर-४ को सम्भावना जिवितै छ ।

मंगलबार जायद क्रिकेट रंगशालामा बंगलादेशले प्रस्तुत गरेको १५५ रनको लक्ष्य पछ्याएको अफगानिस्तानले २० ओभरमा सबै विकेट गुमाउँदै १४६ रन बनायो ।

अफगानिस्तानका रहमानउल्लाह गुरबाजले ३५, आज्मतुल्लाह ओमरजाईले ३०, कप्तान राशिद खानले २०, गलबदिन नइमले १६, मोहम्मद नबीले १५ र नुर अहमदले १४ रन बनाए ।

बंगलादेशका लागि मुस्ताफिजुर रहमानले तीन तथा नासुम अहमद, राशिद हुसेन र तस्किन अहमदले समान दुई विकेट लिए ।

त्यसअघि टस जितेर ब्याटिङ रोजेको बंगलादेशले निर्धारित २० ओभरमा पाँच विकेट गुमाउँदै १५४ रनको योगफल तयार पारेको थियो ।

बंगलादेशका लागि तान्जिद हसनले ३१ बलमा चार चौका र तीन छक्काको मद्दतले सर्वाधिक ५२ रनको योगदान गरे । यसैगरी सैफ हसनले ३०, तोविड हृदयले २६, जाकिर अली र नुरुल हसनले अविजित १२ तथा शमिम होसैनले ११ रन बनाए ।

पहिलो विकेटका लागि तान्जिद र सैफले ६३ रनको साझेदारी गरेका थिए । अफगानिस्तानका लागि राशिद खान र नुर अहमदले समान दुई तथा अज्मतुल्लाह ओमरजाईले एक विकेट लिए ।


भिडियो
एन्फाले लिग गराए, हामी खेल्न तयार छौं ll President,Himalayan Sherpa Club ll Karma Tshering Sherpa
उमेर समूहदेखि नै किन हार्दैछ नेपाल ?
अन्तर्राष्ट्रिय फुटबलबाट संन्यास लिनुअघि यसो भन्छन् भरत खवास
KHELADI TALKS WITH AJAY PHUYAL II ARUNA SHAHI II MARQUEE PLAYER , LUMBINI LAVAS II EWVL
NEPAL NATIONAL MEN'S FOOTBALL TEAM TRAINING VIDEO
धेरै भयो नेपालको लागि गोल नगरेको, गोल गर्न यो राम्रो समय हो ll ANJAN BISTA
KHELADI TALKS WITH AJAY PHUYAL II NIRUTA THAGUNNA II MARQUEE PLAYER , MADHESH UNITED II EWVL