चैत्र ८, २०८२ आइतबार | २१:२३:३१
चैत १३ मा एन्फा चुनाव होला त ? राखेपलाई एन्फाको जवाफः निर्वाचन रोक्न सकिन्न ला लिगामा आज मड्रिड डर्बी निशमको कप्तानीमा न्युजिल्याण्ड पराजित बसिरको शतकमा डिफेन्डिङ च्याम्पियनमाथि आर्मीको जित राखेपको आरोपः एन्फाले ढाँट्यो दिपेन्द्रले सहभागीता जनाउने पिएसएल दर्शकबिना हुने आसिफको शतकमा एपिएफको विजयी सुरुवात हङकङ र नेपालबीचको अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेल रद्ध इङ्लिस प्रिमियर लिगः टोटेनहमलाई नटिङ्घमको चुनौती चैत १३ मा एन्फा चुनाव होला त ? राखेपलाई एन्फाको जवाफः निर्वाचन रोक्न सकिन्न ला लिगामा आज मड्रिड डर्बी निशमको कप्तानीमा न्युजिल्याण्ड पराजित बसिरको शतकमा डिफेन्डिङ च्याम्पियनमाथि आर्मीको जित राखेपको आरोपः एन्फाले ढाँट्यो दिपेन्द्रले सहभागीता जनाउने पिएसएल दर्शकबिना हुने आसिफको शतकमा एपिएफको विजयी सुरुवात हङकङ र नेपालबीचको अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेल रद्ध इङ्लिस प्रिमियर लिगः टोटेनहमलाई नटिङ्घमको चुनौती

न्युजिल्यान्डविरुद्ध बंगलादेशको नाटकीय जित

वेलिङटन । बंगलादेशले बुधबार न्युजिल्यान्डविरुद्धको पहिलो टेस्ट शृंखलाामा आठ विकेटको सनसनीपूर्ण जित हात पारेको छ । 

बंगलादेशले न्युजिल्यान्डलाई टेस्ट क्रिकेट इतिहासमा पराजित गरेको यो पहिलो पटक हो ।

न्युजिल्यान्डको दोस्रो इनिङ मात्र एक सय ६९ रनमा सीमित भएपछि जितका लागि ४० रनको लक्ष्य बंगलादेशले दुर्ई विकेटको क्षतीमा पूरा गरेको थियो ।

बंगलादेशका लागि ओपनर नाजमुल हुसैन सान्तोले १७ र कप्तान मोमिनुल हकले १३ रन जोडे ।

न्युजिल्यान्डका टिम साउथी र काइल जेमिसनले समान एक विकेट लिए ।

यसअघि १४७-५ बाट पाँचौ दिनको खेल सुरु गरेको न्युजिल्यान्डले थप २२ रन जोड्दा बाँकी पाँच विकेट गुमायो ।

दोस्रो इनिङमा न्युजिल्यान्डका विल योङले ६९ र रस टेलरले ४० रन जोडे । 

न्युजिल्यान्डलाई दोस्रो इनिङमा सस्तोमा सीमित पार्ने क्रममा बंगलादेशका इबादत हुसैनले ५६ रन खर्चदै ६ विकेट लिए ।

न्युजिल्यान्डले पहिलो इनिङमा ३ सय २८ रनको योगफल बनाएको थियो भने बंगलादेशले ४ सय ५८ रन जोड्दै एक सय ३० रनको अग्रता लिएको थियो ।

न्युजिल्यान्ड सन् २०११ पछि एसियाली राष्ट्रसँग टेस्ट खेलमा पराजित भएको यो पहिलो पटक हो । पाकिस्तानले सन् २०११ जनवरीमा ह्यामिल्टनमा न्युजिल्यान्डलाई नौ विकेटले हराएको थियो ।

 


भिडियो
SAFF U-20 CHAMPIONSHIP खेल्न MALDIVES जाँदै TEAM NEPAL, लक्ष्य उपाधि II NEPALI FOOTBALL
SAFF U-20 CHAMPIONSHIP मा बहिरी कुराले असर गर्दैन, यसपाली चुक्ने छैनौं II HEAD COACH, URJAN SHRESTHA
मेरो प्रदर्शनमा जावलाखेलको प्रतिष्ठा पनि जोडिएको छ II DHARBENDRA KUNWAR, CAPTAIN, U-20 NATIONAL TEAM
SUJAN DANGOL II NEPAL U-20 FOOTBALL TEAM II खेल्नुअघि जहिल्यै गोलको भोक हुन्छ II SAFF CHAMPIONSHIP
SAFF U-20 CHAMPIONSHIP II तयारी राम्रो भएको छ, यसपाली सकारात्मक छौं II ALIK SHRESTHA II FORWARD
ANFA मा CLUB को रिले अनसन चौथो दिनमा, के भन्छन् FORMER PRESIDENT KARMA TSHIRING SHERPA ?
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो