माघ १६, २०८२ शुक्रबार | २३:१०:५१
साफ यु-१९ च्याम्पियनसिपः नेपालको ‘क्याप्टेन आर्मब्याण्ड’ अनुभवी सुशीलालाई अस्ट्रेलिया र आयोजक श्रीलंकालाई गाह्रो नहुने ज्ञान संस्कार बास्केटबल आजबाट अस्ट्रेलियाविरुद्ध पाकिस्तान विजयी नेपालसँग खेल्ने वेष्ट इन्डिजले लगातार गुमायो दुई शृंखला यी हुन् युरोपा लिगको अन्तिम १६ मा स्थान बनाउने आठ टिम मिलनको ह्याट्रिकमा चर्च ब्वाइजको फराकिलो जित, नव जनजागृति फेरि पराजित दोश्रो ज्ञान संस्कार अन्तरविद्यालय बास्केटबल प्रतियोगिता शुक्रबारदेखि साफ यु-१९ महिला च्याम्पियनसिपको तयारी पूरा, टिकटदर २०० र ५०० एनआरटीको चौथो जित, संकटालाई हरायो साफ यु-१९ च्याम्पियनसिपः नेपालको ‘क्याप्टेन आर्मब्याण्ड’ अनुभवी सुशीलालाई अस्ट्रेलिया र आयोजक श्रीलंकालाई गाह्रो नहुने ज्ञान संस्कार बास्केटबल आजबाट अस्ट्रेलियाविरुद्ध पाकिस्तान विजयी नेपालसँग खेल्ने वेष्ट इन्डिजले लगातार गुमायो दुई शृंखला यी हुन् युरोपा लिगको अन्तिम १६ मा स्थान बनाउने आठ टिम मिलनको ह्याट्रिकमा चर्च ब्वाइजको फराकिलो जित, नव जनजागृति फेरि पराजित दोश्रो ज्ञान संस्कार अन्तरविद्यालय बास्केटबल प्रतियोगिता शुक्रबारदेखि साफ यु-१९ महिला च्याम्पियनसिपको तयारी पूरा, टिकटदर २०० र ५०० एनआरटीको चौथो जित, संकटालाई हरायो

हाफिजले लिए अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यास

इस्लामबाद । पाकिस्तानका भेट्रान अलराउन्डर मोहम्मद हाफिजले अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यासको घोषणा गरेका छन् ।

हाफिजले सोमबार एक कार्यक्रमकाबीच आफ्नो १८ वर्षीय लामो अन्तर्राष्ट्रिय क्रिकेट करियरलाई टुङ्ग्याउने जानकारी दिएका हुन् ।

हाफिजले सन् २००३ मा जिम्बाबेविरुद्धको एकदिवसीय क्रिकेटबाट अन्तर्राष्ट्रिय क्रिकेटमा ‘डेब्यु’ गरेका थिए । यसअघि हाफिजले सन् २०२० को ट्वान्टी २० विश्वकपपछि सन्यास लिने घोषणा गरेका थिए । तर, कोभिड १९ महामारीका कारण विश्वकप एक वर्ष पछि सरेको थियो ।

हाफिजले पाकिस्तानबाट एक सय १९ ट्वान्टी २०, दुई सय १८ एकदिवसीय र ५५ टेस्ट खेल खेलेका छन् । सन् २०१८ मा टेस्ट क्रिकेटबाट सन्यास लिए हाफिजले सन् २०१९ मा सम्पन्न एकदिवसीय विश्वकपमा अन्तिम एकदिवसीय खेल खेलेका थिए ।

हाफिज सन् २०२० मा ट्वान्टी २० क्रिकेटमा पाकिस्तानबाट सर्वाधिक रन बनाउने खेलाडी समेत बनेका थिए ।

हाफिजले ट्वान्टी २० मा दुई हजार पाँच सय १४ रन र ६१ विकेट लिएका छन् । यस्तै एकदिवसीयमा ६ हजार ६ सय १४ रन र एक सय ३९ विकेट लिएका हाफिजले टेस्टमा तीन हजार ६ सय ५२ रन र ५३ विकेट आफ्नो नाममा लेखाएका छन् ।

हाफिज पाकिस्तानबाट चौथो सर्वाधिक ‘प्लेयर अफ दी म्याच’ हुने खेलाडी हुन् । उनीअघि साहिद अफ्रिदी, वसिम अक्रम र इन्जामम उल हक छन् ।


भिडियो
SUSHILA KC II साफ च्याम्पियनसिपका लागि यसपाली राम्रो तयारी भएको छ, टिम वर्क र कन्फिडेन्स राम्रो छ
MAYA MASKEY II हाम्रो एकमात्र लक्ष्य साफ च्याम्पियन बन्ने हो II त्यसका लागि तयार छौं II
SUMAN SHRESTHA, U-19 WOMEN'S FOOTBALL टिमको म्याचुरिटी राम्रो भएको छ । उपाधिका लागि चुनौती दिन्छौं
TRIBUTE TO FIRST OLYMPIANS I नेपालले OLYMPIC MEDEL जितेको हेर्ने सपना अधुरै छोडेर परलोक भए NAMSINGH
इतिहास रच्न तयार छौंः Dipa Rai
ANFA ले गर्न लागेको अर्लि इलेक्सन कानुन र विधान सम्मत छैन : कार्यवाहक सदस्य सचिव रामचरित्र मेहता
ANFA अर्ली इलेक्सनको निर्णय गम्भीर त्रुटी. सच्याउन राखेप, फिफा, एएफसी र कानूनको ढोकामा जान्छौं ।