चैत्र ८, २०८२ आइतबार | ०१:३६:३३
पिएम कपका दुवै खेल रद्द घरेलु टोली अस्ट्रेलियालाई हराउँदै जापान एसियन कप च्याम्पियन सोलुखुम्बुमा फुटबल यात्रीको क्याम्प सम्पन्न विनोद र पूर्णलक्ष्मीलाई लुम्बिनी अन्तर्राष्ट्रिय पिस म्याराथनको उपाधि आइपिएल टोली परिचय (भाग २) फुटबल जोगाउने की ‘निरो’ बन्ने ? यु-२० साफ च्याम्पियनसिपः उपाधि लय फर्काउने चुनौती उपाधि भन्दा ठूलो लडाई के इटालीका लागि फुटबलको महत्त्व कम भइरहेको हो ? पिएम कपको विजेताले १० लाख पाउने पिएम कपका दुवै खेल रद्द घरेलु टोली अस्ट्रेलियालाई हराउँदै जापान एसियन कप च्याम्पियन सोलुखुम्बुमा फुटबल यात्रीको क्याम्प सम्पन्न विनोद र पूर्णलक्ष्मीलाई लुम्बिनी अन्तर्राष्ट्रिय पिस म्याराथनको उपाधि आइपिएल टोली परिचय (भाग २) फुटबल जोगाउने की ‘निरो’ बन्ने ? यु-२० साफ च्याम्पियनसिपः उपाधि लय फर्काउने चुनौती उपाधि भन्दा ठूलो लडाई के इटालीका लागि फुटबलको महत्त्व कम भइरहेको हो ? पिएम कपको विजेताले १० लाख पाउने

हाफिजले लिए अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यास

इस्लामबाद । पाकिस्तानका भेट्रान अलराउन्डर मोहम्मद हाफिजले अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यासको घोषणा गरेका छन् ।

हाफिजले सोमबार एक कार्यक्रमकाबीच आफ्नो १८ वर्षीय लामो अन्तर्राष्ट्रिय क्रिकेट करियरलाई टुङ्ग्याउने जानकारी दिएका हुन् ।

हाफिजले सन् २००३ मा जिम्बाबेविरुद्धको एकदिवसीय क्रिकेटबाट अन्तर्राष्ट्रिय क्रिकेटमा ‘डेब्यु’ गरेका थिए । यसअघि हाफिजले सन् २०२० को ट्वान्टी २० विश्वकपपछि सन्यास लिने घोषणा गरेका थिए । तर, कोभिड १९ महामारीका कारण विश्वकप एक वर्ष पछि सरेको थियो ।

हाफिजले पाकिस्तानबाट एक सय १९ ट्वान्टी २०, दुई सय १८ एकदिवसीय र ५५ टेस्ट खेल खेलेका छन् । सन् २०१८ मा टेस्ट क्रिकेटबाट सन्यास लिए हाफिजले सन् २०१९ मा सम्पन्न एकदिवसीय विश्वकपमा अन्तिम एकदिवसीय खेल खेलेका थिए ।

हाफिज सन् २०२० मा ट्वान्टी २० क्रिकेटमा पाकिस्तानबाट सर्वाधिक रन बनाउने खेलाडी समेत बनेका थिए ।

हाफिजले ट्वान्टी २० मा दुई हजार पाँच सय १४ रन र ६१ विकेट लिएका छन् । यस्तै एकदिवसीयमा ६ हजार ६ सय १४ रन र एक सय ३९ विकेट लिएका हाफिजले टेस्टमा तीन हजार ६ सय ५२ रन र ५३ विकेट आफ्नो नाममा लेखाएका छन् ।

हाफिज पाकिस्तानबाट चौथो सर्वाधिक ‘प्लेयर अफ दी म्याच’ हुने खेलाडी हुन् । उनीअघि साहिद अफ्रिदी, वसिम अक्रम र इन्जामम उल हक छन् ।


भिडियो
SAFF U-20 CHAMPIONSHIP खेल्न MALDIVES जाँदै TEAM NEPAL, लक्ष्य उपाधि II NEPALI FOOTBALL
SAFF U-20 CHAMPIONSHIP मा बहिरी कुराले असर गर्दैन, यसपाली चुक्ने छैनौं II HEAD COACH, URJAN SHRESTHA
मेरो प्रदर्शनमा जावलाखेलको प्रतिष्ठा पनि जोडिएको छ II DHARBENDRA KUNWAR, CAPTAIN, U-20 NATIONAL TEAM
SUJAN DANGOL II NEPAL U-20 FOOTBALL TEAM II खेल्नुअघि जहिल्यै गोलको भोक हुन्छ II SAFF CHAMPIONSHIP
SAFF U-20 CHAMPIONSHIP II तयारी राम्रो भएको छ, यसपाली सकारात्मक छौं II ALIK SHRESTHA II FORWARD
ANFA मा CLUB को रिले अनसन चौथो दिनमा, के भन्छन् FORMER PRESIDENT KARMA TSHIRING SHERPA ?
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो