असार १७, २०८२ मंगलबार | २२:१३:०५
जानिक सिनर दोस्रो चरणमा पाकिस्तान र बंगलादेशको ‘ए’ टोलीले पनि टप एन्ड ट्वान्टी-२० शृंखला खेल्ने कर्णाली याक्सले गर्यो गुल्शन र नन्दनसहित ६ खेलाडी रिटेन शिवाली गुरुङ ग्रान्ड स्लाम प्लेयर डिभलप्मेन्ट प्रोग्राममा सहभागी हुने एनओसीलाई सरकारको जवाफः ‘जापान एसियाडका लागि ३० होइन, ३१ खेल दर्ता गरिसक्यौं’ जापान एसियाडमा नेपालबाट ३० खेल दर्ता, तेक्वान्दो र फुटबल छैन रुविना र पूजाको आइसिसी वरियता सुधार भुटानविरुद्ध नेपालको सानदार जित मेदभेदेवको यात्रा पहिलो चरणमै सीमित रौनक श्रीवास्तवको शतक, भुटानलाई ३५९ रनको लक्ष्य जानिक सिनर दोस्रो चरणमा पाकिस्तान र बंगलादेशको ‘ए’ टोलीले पनि टप एन्ड ट्वान्टी-२० शृंखला खेल्ने कर्णाली याक्सले गर्यो गुल्शन र नन्दनसहित ६ खेलाडी रिटेन शिवाली गुरुङ ग्रान्ड स्लाम प्लेयर डिभलप्मेन्ट प्रोग्राममा सहभागी हुने एनओसीलाई सरकारको जवाफः ‘जापान एसियाडका लागि ३० होइन, ३१ खेल दर्ता गरिसक्यौं’ जापान एसियाडमा नेपालबाट ३० खेल दर्ता, तेक्वान्दो र फुटबल छैन रुविना र पूजाको आइसिसी वरियता सुधार भुटानविरुद्ध नेपालको सानदार जित मेदभेदेवको यात्रा पहिलो चरणमै सीमित रौनक श्रीवास्तवको शतक, भुटानलाई ३५९ रनको लक्ष्य

नेपालको रोमाञ्चक जित

काठमाडौं । नेपालले त्रिकोणात्मक ट्वान्टी-२० शृंखलामा घरेलु टोली स्कटल्यान्डविरुद्ध दुई विकेटको रोमाञ्चक जित दर्ता गरेको छ ।

पहिलो जितसँगै नेपालले दुई खेलमा दुई अंक जोडेको छ । पहिलो हार बेहोरेको स्कटल्यान्डको पनि सामन खेलबाट दुई अंक नै छ ।

नेदरल्यान्ड्ससँगको पहिलो खेलमा नेपालले हार बेहोर्दा स्कटल्यान्डले जित निकालेको थियो ।

मंगलबार टिटउट रंगशालामा स्कटल्यान्डले प्रस्तुत गरेको ९८ रनको लक्ष्य नेपालले एक बल बाँकी रहँदा आठ विकेट गुमाउँदै पूरा गर्यो ।

नेपालका लागि कुशल भुर्तेलले ३०, दीपेन्द्रसिंह ऐरीले १४, बसिर अहमदले १३ र किरण ठगुन्नाले १० रन बनाए ।

स्कटल्यान्डका लागि सफ्यान शरिफ र माइकल लिस्कले समान दुई तथा मार्क वाट, ज्याक जार्विस र ज्यास्पर डेभिडसनले समान एक विकेट लिए ।

त्यसअघि टस हारेर ब्याटिङको निम्तो पाएको स्कटल्यान्डले १९.४ ओभरमा सबै विकेट गुमाएर ९७ रनको योगफल तयार पारेको थियो ।

स्कटल्यान्डका लागि माइकल लिस्कले ४६, कप्तान म्याथ्यु क्रसले १५ र ब्रेन्डन म्याकमुलनले १० रन बनाउनुबाहेक अन्य ब्याटरले दोहोरो अंकमा रन जोड्न सकेनन् ।

नेपालका लागि सन्दीप लामिछानेले चार, करण केसी र दीपेन्द्रसिंह ऐरीले समान दुई तथा ललितनारायण राजवंशीले एक विकेट लिए ।

करणले यही खेलमार्फत ट्वान्टी-२० अन्तर्राष्ट्रियमा १०० विकेट पूरा गरेका छन् । उनले जर्ज मुन्सेलाई आफ्नो १००औं सिकार बनाए ।

करण नेपालका लागि यो उपलब्धी हासिल गर्ने दोस्रो बलर हुन् । यसअघि सन्दीपले ट्वान्टी- २० अन्तर्राष्ट्रियमा १०० विकेट लिएका थिए ।

अब नेपालले बिहीबार नेदरल्यान्ड्सको सामना गर्नेछ । 


भिडियो
NEPAL VS SRI LANKA II MATCH PREVIEW II साम्बा सधै टिमको मुख्य खेलाडी हो II ANANTA RAJ THAPA
टोली मजबुत छ, यसपालि उपाधि जित्छौं ll Yam Gurung, Head Coach- Nepal National Women's U-20 Team
पछिल्लो समय खेलमा कन्फिडेन्स बढिरहेको महसुस गरेको छु ll Kusum Khatiwada
नेपाली यु-२० महिला टोली साफ च्याम्पियनसिपको अन्तिम तयारीमा NEPAL NATIONAL U-20 WOMEN'S TEAM TRAINING
तास्केन्दमा नेपाली टोलीको चौथो दिन ।। Nepal National Women's Football Team Training Day-4
NEPAL VS LAOS II MATCH PREVIEW II लाओससँग अञ्जिलाको ठाउँमा उशाले मौका पाउन सक्छिन् II HARI KHADKA
तास्केन्दमा नेपाली टोलीको तेस्रो दिन ll Nepal National Women's Football Team Training Day-3