असार १७, २०८२ मंगलबार | १८:५४:३५
शिवाली गुरुङ ग्रान्ड स्लाम प्लेयर डिभलप्मेन्ट प्रोग्राममा सहभागी हुने एनओसीलाई सरकारको जवाफः ‘जापान एसियाडका लागि ३० होइन, ३१ खेल दर्ता गरिसक्यौं’ जापान एसियाडमा नेपालबाट ३० खेल दर्ता, तेक्वान्दो र फुटबल छैन रुविना र पूजाको आइसिसी वरियता सुधार भुटानविरुद्ध नेपालको सानदार जित मेदभेदेवको यात्रा पहिलो चरणमै सीमित रौनक श्रीवास्तवको शतक, भुटानलाई ३५९ रनको लक्ष्य अल हिलालसँग म्यानचेस्टर सिटी स्तब्ध आर्यना साबालेन्का दोस्रो चरणमा फ्लुमिनेन्स क्वार्टरफाइनलमा, बाहिरियो इन्टर मिलान शिवाली गुरुङ ग्रान्ड स्लाम प्लेयर डिभलप्मेन्ट प्रोग्राममा सहभागी हुने एनओसीलाई सरकारको जवाफः ‘जापान एसियाडका लागि ३० होइन, ३१ खेल दर्ता गरिसक्यौं’ जापान एसियाडमा नेपालबाट ३० खेल दर्ता, तेक्वान्दो र फुटबल छैन रुविना र पूजाको आइसिसी वरियता सुधार भुटानविरुद्ध नेपालको सानदार जित मेदभेदेवको यात्रा पहिलो चरणमै सीमित रौनक श्रीवास्तवको शतक, भुटानलाई ३५९ रनको लक्ष्य अल हिलालसँग म्यानचेस्टर सिटी स्तब्ध आर्यना साबालेन्का दोस्रो चरणमा फ्लुमिनेन्स क्वार्टरफाइनलमा, बाहिरियो इन्टर मिलान

१००औं ट्वान्टी-२० अन्तर्राष्ट्रिय खेल खेल्दै नेपाल

काठमाडौं । नेपाली क्रिकेट टोलीले सोमबार आफ्नो १००औं ट्वान्टी-२० अन्तर्राष्ट्रिय खेलमा नेदरल्यान्ड्सको सामना गर्दैछ ।

स्कटल्यान्डमा जारी त्रिकोणात्मक ट्वान्टी-२० अन्तर्राष्ट्रिय शृंखला अन्तर्गतको यो खेल टिटउट रंगशालामा नेपाली समय अनुसार राति ७ः४५ मा सुरु हुनेछ ।

सन् २०१४ मा आइसिसी ट्वान्टी-२० विश्वकप अन्तर्गत हङकङसँगको खेलमार्फत ट्वान्टी-२० अन्तर्राष्ट्रियमा डेब्यू गरेको थियो ।

नेपालको डेब्यू खेलमा रहेका सोमपाल कामी अहिले पनि राष्ट्रिय टोलीमा छन् ।  तर चोटका कारण उनी यो शृंखलामा  भने उपलब्ध हुने छैनन् ।

हालसम्म नेपालले ९९ ट्वान्टी २० अन्तर्राष्ट्रिय खेलमा ५५ जित र ३९ हारको नतिजा निकालेको छ । यस्तै दुई खेल बराबरी हुँदा तीन खेल नतिजाविहीन बनेको छ ।

दीपेन्द्रसिंह ऐरी नेपालका लागि ट्वान्टी-२० अन्तर्राष्ट्रियमा सर्वाधिक रन बनाउने खेलाडी हुन् । उनले ७८ खेलमा १ हजार ७५६ रन बनाएका छन् । त्यस्तै कुशल भुर्तेलले १ हजार ४२०, कप्तान रोहितकुमार पौडेलले १ हजार ३५८ र आसिफ शेखले १ हजार ३५२ रन प्रहार गरेका छन् ।

सन्दीप लामिछानेले नेपालका लागि सर्वाधिक १०८ ट्वान्टी-२० अन्तर्राष्ट्रिय विकेट लिएका छन् । त्यसपछि करण केसीकाे नाममा ९९ विकेट छ । आज उनलाई १००औं विकेट लिने अवसर छ ।

ट्वान्टी-२० अन्तर्राष्ट्रियमा नेपालको सबैभन्दा ठुलो योगफल ३१४ रनको छ । नेपालले सन् २०२३ मा चीनमा भएको एसियाली खेलकुदमा मंगोलियाविरुद्ध उक्त योगफल तयार पारेको थियो ।

यो ट्वान्टी-२० अन्तर्राष्ट्रियमा ३०० भन्दा बढी रन बनेको पहिलो खेल थियो । पछि यो कीर्तिमान जिम्बावेले तोड्यो । 

सोही खेलमा नेपालका ब्याटर कुशल मल्लले १३७ रन बनाएका थिए जुन ट्वान्टी-२० अन्तर्राष्ट्रियमा नेपाली ब्याटले बनाएको सर्वाधिक व्यक्तिगत रन हो । यसैगरी दीपेन्द्रले मंगोलियाविरुद्ध ९ बलमा अर्धशतक बनाएका थिए । यो रेकर्ड तोडिँदैन केवल बराबर मात्र हुन सक्छ ।

अविनाश बोहराले माल्दिभ्सविरुद्ध ११ रन मात्र दिएर ६ विकेट लिएको नेपालका लागि उत्कृष्ट बलिङ प्रदर्शन हो ।

पूर्वकप्तान पारस खड्काले सन् २०१९ मा सिंगापुरविरुद्ध नेपालका लागि ट्वान्टी-२० अन्तर्राष्ट्रियमा शतक प्रहार गरेका थिए । त्यसयता ज्ञानेन्द्र मल्ल, दीपेन्द्रसिंह ऐरी, कुशल भुर्तेल र कुशल मल्लले शतक बनाएका छन् ।

ट्वान्टी-२० अन्तर्राष्ट्रियमा नेपालको सबैभन्दा कम योगफल ५३ रनको छ । यो सन् २०१५ मा आयरल्यान्डविरुद्धको विश्वकप छनोट खेलमा बनेको थियो ।

यसैगरी दीपेन्द्र ट्वान्टी-२० अन्तर्राष्ट्रियमा एकै ओभरमा ६ छक्का प्रहार गर्ने पहिलो तथा एकमात्र नेपाली ब्याटर हुन् ।


भिडियो
NEPAL VS SRI LANKA II MATCH PREVIEW II साम्बा सधै टिमको मुख्य खेलाडी हो II ANANTA RAJ THAPA
टोली मजबुत छ, यसपालि उपाधि जित्छौं ll Yam Gurung, Head Coach- Nepal National Women's U-20 Team
पछिल्लो समय खेलमा कन्फिडेन्स बढिरहेको महसुस गरेको छु ll Kusum Khatiwada
नेपाली यु-२० महिला टोली साफ च्याम्पियनसिपको अन्तिम तयारीमा NEPAL NATIONAL U-20 WOMEN'S TEAM TRAINING
तास्केन्दमा नेपाली टोलीको चौथो दिन ।। Nepal National Women's Football Team Training Day-4
NEPAL VS LAOS II MATCH PREVIEW II लाओससँग अञ्जिलाको ठाउँमा उशाले मौका पाउन सक्छिन् II HARI KHADKA
तास्केन्दमा नेपाली टोलीको तेस्रो दिन ll Nepal National Women's Football Team Training Day-3