असार १७, २०८२ मंगलबार | १८:४९:३२
शिवाली गुरुङ ग्रान्ड स्लाम प्लेयर डिभलप्मेन्ट प्रोग्राममा सहभागी हुने एनओसीलाई सरकारको जवाफः ‘जापान एसियाडका लागि ३० होइन, ३१ खेल दर्ता गरिसक्यौं’ जापान एसियाडमा नेपालबाट ३० खेल दर्ता, तेक्वान्दो र फुटबल छैन रुविना र पूजाको आइसिसी वरियता सुधार भुटानविरुद्ध नेपालको सानदार जित मेदभेदेवको यात्रा पहिलो चरणमै सीमित रौनक श्रीवास्तवको शतक, भुटानलाई ३५९ रनको लक्ष्य अल हिलालसँग म्यानचेस्टर सिटी स्तब्ध आर्यना साबालेन्का दोस्रो चरणमा फ्लुमिनेन्स क्वार्टरफाइनलमा, बाहिरियो इन्टर मिलान शिवाली गुरुङ ग्रान्ड स्लाम प्लेयर डिभलप्मेन्ट प्रोग्राममा सहभागी हुने एनओसीलाई सरकारको जवाफः ‘जापान एसियाडका लागि ३० होइन, ३१ खेल दर्ता गरिसक्यौं’ जापान एसियाडमा नेपालबाट ३० खेल दर्ता, तेक्वान्दो र फुटबल छैन रुविना र पूजाको आइसिसी वरियता सुधार भुटानविरुद्ध नेपालको सानदार जित मेदभेदेवको यात्रा पहिलो चरणमै सीमित रौनक श्रीवास्तवको शतक, भुटानलाई ३५९ रनको लक्ष्य अल हिलालसँग म्यानचेस्टर सिटी स्तब्ध आर्यना साबालेन्का दोस्रो चरणमा फ्लुमिनेन्स क्वार्टरफाइनलमा, बाहिरियो इन्टर मिलान

मेलम्ची फाइनलमा, उपाधिका लागि पाँचपोखरीको सामना गर्ने

काठमाडौं । मेलम्ची नगरपालिका सिन्धुपाल्चोक जिल्लास्तरिय पाँचपोखरी ट्वान्टी-२० प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ ।

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा आइतबार सम्पन्न निकै रोमाञ्चक दोस्रो सेमिफाइनलमा मेलम्चीले द माइटी साँगाचोक क्लबलाई सुपर ओभरमा पराजित गर्यो ।

साँगाचोकले प्रस्तुत गरेको ८२ रनको लक्ष्य पछ्याएको मेलम्चीले निर्धारित १० ओभरमा पाँच विकेट गुमाउँदै ८१ रन नै बनाएपछि खेल सुपर ओभरमा गएको थियो ।

वर्षाका कारण खेललाई १० ओभरमा झारिएको थियो । मेलम्चीका लागि कप्तान रिन्जिङ लामाले ३३, उत्तम थापामगरले १५ र सोनु देवकोटाले ११ रन बनाए ।

सँगाचोकका लागि उद्धव तिमल्सिनाले दुई तथा प्रतिक श्रेष्ठ, समुन चौलागाईँ र मनिष पराजुलीले समान एक विकेट लिए ।

त्यसअघि टस हारेर ब्याटिङको निम्तो पाएको साँगाचोकले निर्धारित २० ओभरमा आठ विकेट गुमाउँदै ८१ रनको योगफल तयार पारेको थियो ।

साँगाचोकका लागि आशोक पौडेल ३३, प्रतिश श्रेष्ठले २१ र कप्तान उमंग धितालले १० रन बनाए ।

मेलम्चीका लागि सन्दीपकुमार शाहले दुई तथा सोनु देवकोटा, निशान भारती, राकेश श्रेष्ठ र रिन्जिङ लामाले समान एक विकेट लिए ।

मेलम्ची  समुह ‘बी’ को विजेता र साँगाचोक समूह ‘ए’ को उपाविजेताका रूपमा अन्तिम चारमा पुगेका थिए ।

मेलम्चीले उपाधिका लागि पाँचपोखरी क्रिकेट क्लबको सामान गर्नेछ । आइतबारै तय भोटेचौर स्पोर्टस क्लबसँगको पहिलो सेमिफाइनल वर्षाका कारण हुननसके पनि पाँचपोखरीले समूह विजेता भएको हैसियतले फाइनलमा स्थान बनायो ।

पाँचपोखरी समूह ‘ए’ को विजेता तथा भोटेचौर समुह ‘बी’ को उपविजेता बन्दै सेमिफाइनलमा प्रवेश गरेका थिए ।  

पाँचपोखरी थाङपाल गाउँपालिका र सिन्धुपाल्चोक जिल्ला क्रिकेट संघको संयुक्त आयोजनामा जारी प्रतियोगिताको फाइनल सोमबार हुनेछ ।

प्रतियोगिताको विजेताले १ लाख र उपविजेताले ५० हजार रुपैयाँ प्राप्त गर्नेछन् ।


भिडियो
NEPAL VS SRI LANKA II MATCH PREVIEW II साम्बा सधै टिमको मुख्य खेलाडी हो II ANANTA RAJ THAPA
टोली मजबुत छ, यसपालि उपाधि जित्छौं ll Yam Gurung, Head Coach- Nepal National Women's U-20 Team
पछिल्लो समय खेलमा कन्फिडेन्स बढिरहेको महसुस गरेको छु ll Kusum Khatiwada
नेपाली यु-२० महिला टोली साफ च्याम्पियनसिपको अन्तिम तयारीमा NEPAL NATIONAL U-20 WOMEN'S TEAM TRAINING
तास्केन्दमा नेपाली टोलीको चौथो दिन ।। Nepal National Women's Football Team Training Day-4
NEPAL VS LAOS II MATCH PREVIEW II लाओससँग अञ्जिलाको ठाउँमा उशाले मौका पाउन सक्छिन् II HARI KHADKA
तास्केन्दमा नेपाली टोलीको तेस्रो दिन ll Nepal National Women's Football Team Training Day-3