असार १७, २०८२ मंगलबार | १८:२८:२५
शिवाली गुरुङ ग्रान्ड स्लाम प्लेयर डिभलप्मेन्ट प्रोग्राममा सहभागी हुने एनओसीलाई सरकारको जवाफः ‘जापान एसियाडका लागि ३० होइन, ३१ खेल दर्ता गरिसक्यौं’ जापान एसियाडमा नेपालबाट ३० खेल दर्ता, तेक्वान्दो र फुटबल छैन रुविना र पूजाको आइसिसी वरियता सुधार भुटानविरुद्ध नेपालको सानदार जित मेदभेदेवको यात्रा पहिलो चरणमै सीमित रौनक श्रीवास्तवको शतक, भुटानलाई ३५९ रनको लक्ष्य अल हिलालसँग म्यानचेस्टर सिटी स्तब्ध आर्यना साबालेन्का दोस्रो चरणमा फ्लुमिनेन्स क्वार्टरफाइनलमा, बाहिरियो इन्टर मिलान शिवाली गुरुङ ग्रान्ड स्लाम प्लेयर डिभलप्मेन्ट प्रोग्राममा सहभागी हुने एनओसीलाई सरकारको जवाफः ‘जापान एसियाडका लागि ३० होइन, ३१ खेल दर्ता गरिसक्यौं’ जापान एसियाडमा नेपालबाट ३० खेल दर्ता, तेक्वान्दो र फुटबल छैन रुविना र पूजाको आइसिसी वरियता सुधार भुटानविरुद्ध नेपालको सानदार जित मेदभेदेवको यात्रा पहिलो चरणमै सीमित रौनक श्रीवास्तवको शतक, भुटानलाई ३५९ रनको लक्ष्य अल हिलालसँग म्यानचेस्टर सिटी स्तब्ध आर्यना साबालेन्का दोस्रो चरणमा फ्लुमिनेन्स क्वार्टरफाइनलमा, बाहिरियो इन्टर मिलान

सोनु देवकोटाको अलराउन्ड प्रदर्शनप्रेरित मेलम्ची सेमिफाइनलमा

काठमाडौं । सोनु देवकोटाको अलराउन्ड प्रदर्शनप्रेरित मेलम्ची नगरपालिका सिन्धुपाल्चोक जिल्लास्तरिय पाँचपोखरी ट्वान्टी-२० प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ ।

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा शनिबार सम्पन्न समूह चरणको अन्तिम खेलमा मेलम्ची नगरपालिकाले हेलम्बु गाउँपालिकाविरुद्ध सात विकेटको जित निकाल्यो ।

लगातार दोस्रो जितसँगै दुई खेलमा चार अंक जोडेको मेलम्ची समूह ‘बी’ को विजेता बन्यो । लगातार दोस्रो पराजयसँगै हेलम्बु भने बाहिरिएको छ ।

मेलम्चीको यो जितसँगै भोटेचौर स्पोर्टस क्लबले पनि सेमिफाइनलमा स्थान बनाएको छ ।

यससँगै प्रतियोगिताको सेमिफाइनल समीकरण पूरा भएको छ । यसअघि नै समूह ‘ए’ बाट पाँच पोखरी क्रिकेट क्लब र द माइटी साँगाचोक क्लबले अन्तिम चारको यात्रा तय गरिसेका थिए ।

हेलम्बुले प्रस्तुत गरेको ७६ रनको लक्ष्य मेलम्चीले ११.१ ओभरमा तीन विकेट गुमाउँदै पूरा गर्यो ।

मेलम्चीका लागि सोनु देवकोटाले अविजित ४१, विनोद तामाङले अविजित २१ र कप्तान रिन्जिङ लामाले ११ रन बनाए ।

हेलम्बुका लागि विनोद तामाङले दुई र कृष कार्कीले एक विकेट लिए ।

त्यसअघि टस हारेर ब्याटिङ रोजेको हेलम्बुले १५.१ ओभरमा सबै विकेट गुमाउँदै ७५ रनको योगफल तयार पारेको थियो ।

हेलम्बुका लागि विवेक तामाङले ३२ र विनोद तामाङले २४ रन बनाउनुबाहेक अन्य ब्याटरले दोहोरो अंकमा रन जोड्न सकेनन् ।

मेलम्चीका लागि सोनु देवकोटाले चार ओभरमा १२ रन खर्चिएर सर्वाधिक सात विकेट लिए । यसैगरी रिन्जिन लामाले दुई र उत्तम थापामगरले एक विकेट हात पारे ।

पाँचपोखरी थाङपाल गाउँपालिका र सिन्धुपाल्चोक जिल्ला क्रिकेट संघको संयुक्त आयोजनामा जारी प्रतियोगिताको सेमिफाइनलमा पाँचपोखरी क्रिकेट क्लब र भोटेचौर स्पोर्टस क्लब तथा मेलम्ची नगरपालिका र द माइटी साँगाचोक प्रतिस्पर्धा गर्नेछन् ।


भिडियो
NEPAL VS SRI LANKA II MATCH PREVIEW II साम्बा सधै टिमको मुख्य खेलाडी हो II ANANTA RAJ THAPA
टोली मजबुत छ, यसपालि उपाधि जित्छौं ll Yam Gurung, Head Coach- Nepal National Women's U-20 Team
पछिल्लो समय खेलमा कन्फिडेन्स बढिरहेको महसुस गरेको छु ll Kusum Khatiwada
नेपाली यु-२० महिला टोली साफ च्याम्पियनसिपको अन्तिम तयारीमा NEPAL NATIONAL U-20 WOMEN'S TEAM TRAINING
तास्केन्दमा नेपाली टोलीको चौथो दिन ।। Nepal National Women's Football Team Training Day-4
NEPAL VS LAOS II MATCH PREVIEW II लाओससँग अञ्जिलाको ठाउँमा उशाले मौका पाउन सक्छिन् II HARI KHADKA
तास्केन्दमा नेपाली टोलीको तेस्रो दिन ll Nepal National Women's Football Team Training Day-3