विराटनगर । विभागीय टोली नेपाल एपिएफ क्लबले एमएम कप एकदिवसीय रास्ट्रिय प्रतियोगितामा पहिलो जित दर्ता गरेको छ ।
विराटनगरको बैजनाथपुर क्रिकेट मैदानमा आइतबार सम्पन्न खेलमा एपिएफले बागमती प्रदेशलाई आठ विकेटले पराजित गर्यो ।
जितसँगै एपिएफले दुई खेलमा दुई अंक जोेडेको छ । पहिलो खेलमा एपिएफ त्रिभुवन आर्मी क्लबसँग दुई विकेटले पराजित भएको थियो । बागमतीले हारबाट प्रतियोगिताको सुरुआत गरेको छ ।
बागमती प्रदेशले प्रस्तुत गरेको ८१ रनको लक्ष्य एपिएफले ९.४ ओभरमा दुई विकेट गुमाउँदै पूरा गर्यो ।
एपिएफका लागि दीपक बोहराले सर्वाधिक ३५ बलमा पाँच चौका र तीन छक्काको मद्दतले अविजित ४८ रन बनाए । यसैगरी कप्तान सुमीत महर्जन १८ रनमान अविजित रहे ।
बागमतीका लागि दुवै विकेट अशिम श्रेष्ठले विकेट लिए ।
त्यसअघि टस हारेर ब्याटिङको निम्तो पाएको बागमतीले १९.३ ओभरमा सबै विकेट गुमाउँदै ८० रनको योगफल तयार पारेको थियो ।
बागमतीका कप्तान रित गौतमले सर्वाधिक ३१, विवेक रानामगरले १३ र उत्तम थापामगरले १० रन बनाउनु बाहेक अन्य ब्याटरले दोहोरो अंकमा रन जोड्न सकेनन् ।
एपिएफका लागि प्रकाश जैसीले चार, अभिषेश गौतमले तीन, भोजराज भट्टले दुई र दिवान पुनले एक विकेट लिए ।