चैत्र ४, २०८२ बुधबार | २२:४०:५४
चर्च ब्वाइजले संकटालाई हरायो, फ्रेन्ड्स र जावलाखेलले खेल्यो बराबरी करणको अलराउण्ड प्रदर्शनले पुलिस बलियो स्थितीमा आर्मीको सानदार सुरुआत, झापा पराजित तेस्रो बागमती प्रदेश खेलकुद जेठमा देवको कप्तानीमा लुम्बिनीको टोली घोषणा इशानले हैदराबादको कप्तानी गर्दै ललित जय ट्रफीमा ५० विकेट पूरा गर्ने पहिलो बलर सुजनको कप्तानीमा कोशीको टोली घोषणा भिटोरियन इन्स्टिच्युट गण्डकीको मुख्य प्रयायोजक संकटाको सानदार सुरुआत, एनआरटी पराजित चर्च ब्वाइजले संकटालाई हरायो, फ्रेन्ड्स र जावलाखेलले खेल्यो बराबरी करणको अलराउण्ड प्रदर्शनले पुलिस बलियो स्थितीमा आर्मीको सानदार सुरुआत, झापा पराजित तेस्रो बागमती प्रदेश खेलकुद जेठमा देवको कप्तानीमा लुम्बिनीको टोली घोषणा इशानले हैदराबादको कप्तानी गर्दै ललित जय ट्रफीमा ५० विकेट पूरा गर्ने पहिलो बलर सुजनको कप्तानीमा कोशीको टोली घोषणा भिटोरियन इन्स्टिच्युट गण्डकीको मुख्य प्रयायोजक संकटाको सानदार सुरुआत, एनआरटी पराजित

सहज जित निकाल्दै दोस्रो स्थानमा उक्लियो मुम्बई

काठमाडौं । मुम्बई इन्डियन्सले इङ्लिस प्रिमियर लिग (आइपिएल) मा आइतबार लखनउ सुपर जायन्ट्सविरुद्ध ५४ रनको  सहज जित दर्ता गरेको छ ।

जितसँगै १० खेलमा १२ अंक जोडेको मुम्बई दोस्रो स्थानमा उक्लिएको छ । पराजित लखनउ समान खेलबाट १० अंकका साथ छैटौं स्थानमा छ ।

वान्खडे रंगशालामा घरेलु टोली मुम्बईले प्रस्तुत गरेको २१६ रनको लक्ष्य पछ्याएको लखनउले २० ओभरमा सबै विकेट गुमाउँदै १६४ रन मात्रै बनाउन सक्यो ।

लखनउका लागि आयुश बदोनीले ३५, मिचेल मार्शले ३४, निकोलस पुरनले २७, डेविड मिलरले २४ र  रवि बिस्नोईले १३ रन बनाए ।

मुम्बईका लागि जसप्रीत बुमराहले चार, ट्रेन्ट बोल्टले तीन, विल ज्याक्सले दुई र कोर्बिन बोशले एक विकेट लिए ।

त्यसअघि टस हारेर ब्याटिङको निम्तो पाएको घरेलु टोली मुम्बईले निर्धारित २० ओभरमा सातविकेट गुमाउँदै २१५ रनको योगफल तयार पारेको थियो ।

मुम्बईका लागि रायन रिकेल्टनले ३२ बलमा ६ चौका र चार छक्काको मद्दतले सर्वाधिक ५८ रनको योगदान गरे । यसैगरी सूर्यकुमार यादवले २८ बलमा समान चार चौका र छक्कासहित ५४, विल ज्याक्सले २९, नमन धिरले अविजित २५, कोर्बिन बोशले २० र रोहित शर्माले १२ रन बनाए ।  

दोस्रो विकेटका लागि रायन र विलले ५५ रनको साझेदारी गरे । लखनउका लागि मायन्क यादव र आवेश खानले समान दुई तथा प्रिन्स यादव, दिग्वेश राठी र रवि बिश्नाईले समान एक विकेट लिए ।


भिडियो
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो
ANFA नेतृत्व कहाँ छ कसैलाई थाहा छैन । अझै बेवास्था गरे आन्दोलन झन कडा हुन्छ: BISHWASH BIKRAM SHAH
ANFA मा CLUB को धर्ना, रिले अनसनको आज तेस्रो दिन II माग पूरा नभएसम्म अनसन जारी रहने II
MYANMAR, MOZAMBIQUE र GHANA का राष्ट्रिय खेलाडीको साथले दोस्रो वा तेस्रो हुने SANKATA को लक्ष्य
लिगमा पक्कै चुनौती छ । तर हामी त्यो चुनौती पार लगाउन तयार छौं ।I BAGMATI FC MANAGER NIRAJAN KARKI
APF COACH JIBESH PANDEY II लिग पहिलाजस्तो हुँदैन, सबै टिम बलिया छन् । तर हामी जितका लागि तयार छौं ।
CHURCH BOYS UNITED WOMENS TEAM HEAD COACH BIKRAM MAHARJAN I लिगलाई विदेशी खेलाडी ल्याउने योजनामा छौं