काठमाडौं । इङ्लिस प्रिमियर लिग(आइपिएल) मा आइतबार एक अर्कोको सामना गर्दा दिल्ली क्यापिटल्स र रोयल च्यालेन्जर्स बेङ्लुरुको लक्ष्य शीर्ष स्थानमा उक्लिनु हुनेछन् ।
खेल दिल्लीको अरुण जेट्ली रंगशालामा नेपाली सुमय अुनसार राति ७ः४५ मा सुरु हुनेछ ।
दिल्ली आठ खेलमा १२ अंकका साथ दोस्रो स्थानमा छ । एक खेल बढि खेलेको बेङ्लुरु पनि समान अंकका साथ तेस्रो स्थानमा छ ।
शीर्ष स्थानमा रहेको गुजरात टाइटन्सको पनि १२ अंक नै छ । दिल्ली अक्षर पटेल र बेङ्लुरु रजत पाटिदारको कप्तानीमा मैदान उत्रिनेछन् ।
दिल्ली अविषेक पोरेल, केएल राहुल, मिचेल स्टार्च, मुकेश कुमारजस्ता खेलाडीका साथ मैदान उत्रिनेछ । यता बेङ्लुरुलाई विराट कोहली, देवदत्त पडिकल, जोश हेजलउड, टिम डेविडजस्ता खेलाडीले साथ दिनेछन् ।
जारी सिजनमा दिल्ली र बेङ्लुरु दोस्रो पटक आमने सामने हुँदैछन् । पहिलो भेटमा दिल्ली ६ विकेटले विजयी भएको थियो ।
यसैगरी दिउँसो ३ः४५ मा सुरु हुने पहिलो खेलमा मुम्बई इन्डियन्स र लखनउ सुपर जायन्ट्स भिड्दैछन् ।