काठमाडौ । नेपाल राष्ट्रिय महिला फुटबल टोलीका मुख्य प्रशिक्षक राजेन्द्र तामाङले एएफसी महिला एसियन कप छनोटका लागि बन्द प्रशिक्षणमा ४८ खेलाडीलाई बोलाएका छन् ।
बन्द प्रशिक्षण मे ४ बाट सुरु हुनेछ । छनोटको तयारीको रूपमा, नेपालले थाइल्याण्डसँग दुई मैत्रीपूर्ण खेल खेल्ने भएको छ । मैत्रीपूर्ण खेल मे ३० र जुन २ मा थाइल्यान्डमै हुने अखिल नेपाल फुटबल संघ (एन्फा) ले जानकारी दियो ।
एसिया कप छनोटको समूह ‘एफ’ मा नेपाल, लाओस, उज्वेकिस्तान र श्रीलंका छन् ।
यो समूहको खेल उज्वेकिस्तानमा हुनेछ । नेपालले जुन २९ मा लाओससँग खेल्दै छनोटको सुरुआत गर्नेछ ।
यस्तै नेपालले जुलाई २ मा श्रीलंका र ५ मा घरेलु टोली उज्वेकिस्तानको सामना गर्नेछ । समूहको शीर्ष स्थानमा रहने टोलीले अस्ट्रेलियामा हुने एसिया कपका लागि छनोट हुनेछ ।
बन्द प्रशिक्षणमा बाेलाइएका खेलाडी
गोलकिपरः अन्जिला तुम्बापो सुब्बा, अञ्जना रानामगर, उषा नाथ, कोपिला खड्का, लिला जोशी, सावित्री किसन
रक्षकः अमृता जैसी, विमला विक, गीता राना, समीक्षा घिमिरेमनमाया दमाई, निशा थोकर, पूजा राना, प्रतिक्क्षा चौधरी, सविना चौधरी, सजनी थोकर, सेमीहाङ्मा लिम्बु , यशोधा शाही
मिडफिल्डरः अनिता बस्नेत, अञ्जली चन्द, विमला चौधरी,रेणुका नगरकोटे, सविता रानामगर, बिर्सना चौधरी, हेमा रावत, कुसुम खतिवडा, प्रीति राई, हेमा चौधरी, सहारा लिम्बु, सम्झना लावती, सरस्वती हमाल, सुक्रिया मिया, सेनु परियार, सुष्मा तामाङ, तुलसा बोहरा, शुक्रिया सुक्लुकु
फरवार्डः अनिता केसी, रश्मीकुमारी घिसिङ, रेखा पौडेल, सावित्रा भण्डारी, अनिता लम्जेल, चन्द्रा भण्डारी, जेनिफर मगर, ममता पुन, मीना देउवा, पूर्णिमा राई, समीक्षा राई