वैशाख १३, २०८२ शनिबार | १५:३५:२०
नेपालगन्ज रंगशालामा कोरिएको निरुको कथा घरेलु फुटबलमा जगमगाउँदै मीना एनएसएल फाइनल आज: दिन सक्ला नयाँ च्याम्पियन ? मुलपानी मैदानमा टुटेको विश्वकप सपना बेलायती फुटबलः खेलमा रमाउन छाडे फुच्चे फुटबलर, किन ? अन्योलमय दक्षिण एसियाली खेलकुदको भविष्य नेपाललाई स्वर्ण एपिएफ र पुलिस उपाधिका लागि भिड्ने ब्वाइज युनियनको कठिन जित विश्वकप छनोटका लागि नेपाली टोली घोषणा नेपालगन्ज रंगशालामा कोरिएको निरुको कथा घरेलु फुटबलमा जगमगाउँदै मीना एनएसएल फाइनल आज: दिन सक्ला नयाँ च्याम्पियन ? मुलपानी मैदानमा टुटेको विश्वकप सपना बेलायती फुटबलः खेलमा रमाउन छाडे फुच्चे फुटबलर, किन ? अन्योलमय दक्षिण एसियाली खेलकुदको भविष्य नेपाललाई स्वर्ण एपिएफ र पुलिस उपाधिका लागि भिड्ने ब्वाइज युनियनको कठिन जित विश्वकप छनोटका लागि नेपाली टोली घोषणा
शनिबारको दिन

मुलपानी मैदानमा टुटेको विश्वकप सपना

काठमाडौं । गत शनिबार आइसिसी यु-१९ विश्वकप क्रिकेट छनोटको अन्तिम खेलमा उत्कृष्ट लयमा रहेका दुई टोली नेपाल र अफगानिस्तानले प्रतिस्पर्धा गर्ने तालिका थियो । जित्ने टोली विश्वकपका लागि छनोट हुने भएकाले यसलाई महत्वका साथ हेरिएको थियो ।

मुलपानी क्रिकेट मैदान (तल्लो) मा हुने तय खेल निकै रोमाञ्चक हुन अनुमान थियो । खेल हेर्न नेपाली समर्थकको बाक्लो उपस्थिति थियो । तर, वर्षाका कारण खेल समयमै सुरु हुन सकेन ।

पानी परेर बिहान ९ बजेतिर रोकिएपछि ग्राउन्ड स्टाफ खेल्न योग्य बनाउन मैदानमा तल्लिन रहे । खेलाडी र समर्थकलाई खेल हुने आस थियो । सबैको नजर अम्पायरको निर्णयमाथि थियो । करिब साढे ४ घण्टाको मिहिनेतपछि मैदानको केही स्थानमा हिलो भएका कारण खेलाउन योग्य नभएको भन्दै करिब २ बजेतिर अम्पायरले खेल रद्द गर्ने निर्णय गरेको थियो । यसले सबै निरास भए ।

यसअघि नेपालले सन् २०००, २००२, २००४, २००६ २००८, २०१२, २०१६ र २०२४ काे  विश्वकपमा  प्रतिस्पर्धा गरेको थियो ।

वर्षा बाधक बन्दा नेपाल फेरि अभागी साबित भयो । खेल रद्द भएपछि समर्थकले कमजोर भौतिक संरचनाका कारण नेपालले ठूलो अवसर गुमाएको भन्दै आफ्नो आक्रोश पोखेका थिए । सामाजिक सन्जालमा अहिले राम्रो मैदान चाहियो भन्ने आवाजले व्यापकता पाएको छ ।

आउटफिल्डमा जमेको पानी हटाउँदै ग्राउन्ड स्टाफ, तस्विर सौजन्यः क्यान । 

नेपाली टोलीका प्रशिक्षक शक्ति गौचन कमजोर भौतिक पूर्वाधारभन्दा पनि कहीँकतै आफ्नै मिहिनेत नपुगेर सुनौलो अवसर गुमाएको बताउँछन् ।

‘अफगानिस्तालनाई हराउँदै विश्वकपमा स्थान बनाउने इच्छा थियो । खेल हो जे पनि हुन सक्थ्यो । यसअघिको शृंखलामा राम्रो प्रदर्शन गरेकाले जित्न सक्थ्यौं जस्तो लाग्छ । यो हाम्रा लागि विश्वकपमा पुग्ने सुनौलो अवसर थियो । तर मौसमका कारण त्यो अवसर गुमाउन पुग्यौं,’ प्रशिक्षकले गौचनले भने ।  उनले यो नतिजाले सबै दुःखी भएको सुनाए । भने, ‘सायद कहीँकतै हाम्रो पनि कमजोरी रह्यो होला । चहिने जति मिहिनेत गरेनौं कि ? यसबाट पाठ सिक्दै आगामी खेलहरू राम्रो गर्ने प्रयास गर्नेछौं ।’

अम्पायरले मैदानको केही भाग हिलो भएका कारण खेलाडी घाइते हुनसक्ने खतरा देखेर खेल रद्द गरेको गौचनको बुझाइ थियो । उनले भने, ‘हामीसँग त्यो निर्णय मान्नुको विकल्प पनि थिएन ।’

नेपालका कप्तान नरेन भट्ट राम्रो गर्दा गर्दै पनि भाग्यले साथ नदिएकोमा दुःखी रहेको बताउँछन् । ‘खेलेर जस्तो नतिजा आएको भए पनि स्वीकार्न केही सहज हुन्थ्यो । उत्तिकै बाहिरिनुपर्दा सबैजना दुःखी छौं । तर मौसमको कुरा हाम्रो हातमा थिएन ।’

अफगानिस्तानका प्रशिक्षक रइस अहमदजाई खेल खेलाउन सक्दो प्रयास गर्ने ग्राउन्ड स्टाफलाई धन्यवाद दिएका थिए । 

उनले टोली राम्रो सेट र सबैजना लयमा पनि रहेको दाबी गरे । नरेनले भने, ‘जसरी पनि अन्तिम खेल जितेर विश्वकपमा पुग्ने लक्ष्यमा थियौं । मैदान राम्रै र यो भन्दा अझै सुधार गर्न सकिन्थ्यो । समयमै मैदान तयार भएको भए खेल्न पाउँथ्यौं होला ।’

आइसिसी यु-१९ विश्वकप एसिया छनोटमा नेपाल र अफगानिस्ताबीच खेल हेर्न उपस्थित दर्शक, तस्विर सौजन्यः क्यान । 

अफगानिस्तानका प्रशिक्षक रइस अहमदजाई खेल खेलाउन सक्दो प्रयास गर्ने ग्राउन्ड स्टाफलाई धन्यवाद दिएका थिए । ‘अम्पायरको निर्णय कुरेर बस्न निकै गाह्रो भएको थियो । मैले आफ्ना खेलाडीलाई २० ओभरको भए पनि खेल हुनसक्छ, तयार भएर बस्नु भनेको थिएँ । नेपाली समर्थकको पनि बाक्लो उपस्थिति थियो । उनीहरूसामु खेल्न मन थियो । तर पूरा हुन सकेन ।’

नेपाल पनि विश्वकपका लागि योग्य टोली भएको उनको भनाइ थियो । त्यसैले ग्रान्ड स्टाफले खेल गराउन आफ्नोतर्फबाट सक्दो प्रयास गरे पनि सफल हुन नसकेको उनको बुझाइ थियो । उनले भने, ग्राउन्ड स्टाफको मिहिनेतप्रति मेरो सम्मान छ । सबैको चाहना खेल होस भन्ने थियो । तर प्राकृतिक विपत्तिको नियन्त्रण हाम्रो हातमा थिएन । यस पटक हामीलाई भाग्यले साथ दियो । विश्वकपमा छनोट भएकामा खुसी छौं,’ प्रशिक्षक अहमदजाईले भने ।

आइसिसी यु-१९ विश्वकप एसिया छनोटमा प्रतिस्पर्धा गर्दै नेपाल र हङकङ, तस्विर सौजन्यः क्यान । 

हालसम्म आठ पटक आइसिसी यु-१९ विश्वकपमा सहभागिता जनाएको नेपालले ४८ खेल खेल्दा २२ जित, २५ हारको नतिजा निकाल्दा एक खेल विना नतिजा टुंगिएको छ । यसअघि नेपालले सन् २०००, २००२, २००४, २००६ २००८, २०१२, २०१६ र २०२४ काे  विश्वकपमा  प्रतिस्पर्धा गरेको थियो ।

जसमा नेपालले सन् २००० मा दोस्रो चरण, २०१६ मा क्वार्टरफाइनल र २०२४ मा सुपर सिक्ससम्मको यात्रा तय गरेको थियो ।

आइसिसी यु-१९ विश्वकप एसिया छनोटको च्याम्पियन अफगानिस्तान, तस्विर सौजन्यः क्यान ।