यू–१९ एसिया कप क्रिकेट

बंगलादेशविरुद्ध सुखद नतिजाको लक्ष्यामा नेपाल

काठमाडौं । एसीसी यु १९ क्रिकेट प्रतियोगिता शुक्रबार बंगलादेशविरुद्ध मैदान उत्रदा नेपाल सुखद सुरुआतको लक्ष्यमा हुनेछ ।

सारजहाँ क्रिकेट मैदानमा हुने खेल बिहान ११ः १५ मा सुरु हुनेछ । 

सन् २००८ पछि नेपाल र बंगलादेशको यु १९ टोली पाँच पटक आमने सामने भएका छन् । चार पटक बंगलादेशले नतिजा आफ्नो पक्षमा पारेको छ भने एक खेल वर्षाका कारण रद्द भएको छ । 

नेपाल समूह ‘बी’ मा बंगलादेश, श्रीलंका र कुवेतसँग रहेको छ । दोस्रो खेलमा नेपालले शनिबार श्रीलंका र तेस्रो खेलमा सोमबार कुवेतको सामना गर्नेछ । 

समूह ‘बी’ मा बिहीबार सम्पन्न पहिलो खेलमा श्रीलंकाले कुवेतमाथी दुई सय ७४ रनको रवाफिलो जित हात पारेको थियो ।

समूह ‘ए’ मा भारत, पाकिस्तान, अफगानिस्तान र आयोजक युएई रहेका छन् ।

बिहीबार समूह ‘ए’ मा भारतले आयोजक युएईलाई पराजित गर्दा अफगानिस्तान पाकिस्तानसँग निराश भयो ।

दुवै समूहको शीर्ष दुई टोली सेमिफाइनल प्रवेश गर्नेछन् ।