प्रधानमन्त्री कप महिला राष्ट्रिय क्रिकेट प्रतियोगिता

विन्दु रावलको अर्धशतक

धनगढी ।  प्रधानमन्त्री कप महिला राष्ट्रिय क्रिकेट प्रतियोगितामा चौथो अर्धशतक बनेको छ । 

बिहीवार समूह ‘बी’ अन्तर्गत प्रदेश दुईविरुद्ध सुदुरपश्चिम प्रदेशकी विन्दु रावलले अर्धशतक पूरा गरिन् ।

विन्दुको अविजित ५० रनमा प्रदेश दुई सामु सुदुरपश्चिमले एक सय ४४ रनको लक्ष्य प्रस्तुत गरेको छ । 

४५ वलको सामना गरेकी विन्दुले चार चौका प्रहार गरिन् । ४४ बलमा ४६ रनको अवस्थामा रहँदा विन्दुले पहिलो इनिङको अन्तिम बलमा चौका प्रहार गर्दै अर्धशतक पूरा गरिन् । 

यो प्रतियोगिताको चौथो अर्धशतक हो । यसअघि प्रदेश एककी अप्सरी बेगमले दुई तथा  प्रदेश एककै कप्तान रुविना क्षेत्रीले पनि एक अर्धशतक पूरा गरेका थिए  ।