फाल्गुन २९, २०८१ बिहीबार | ०१:४४:१२
थ्री स्टारले जित्याे विराट गोल्डकपको उपाधि आइजिपी कप क्रिकेटको सेमिफाइनल समीकरण पूरा जेभियर च्याम्पियन फ्रेन्च खेलाडी भिन्सेन्ट कोजिएलो काठमाडौंमा अनुबन्ध राष्ट्रिय फुटबल टोलीको बन्द प्रशिक्षणबाट पाँच खेलाडी बाहिरिए सरस्वतीको सुखद सुरुआत पूजा महतो ‘ए’ ग्रेडमा बढुवा कुशल भुर्तेल र करण केसी ‘बी ’ ग्रेडमा झरे आयोजक काँकरभिट्टा उपाधि नजिक एनओसी विवाद समाधानतिर, केही दिनमै समस्या टुंगिने थ्री स्टारले जित्याे विराट गोल्डकपको उपाधि आइजिपी कप क्रिकेटको सेमिफाइनल समीकरण पूरा जेभियर च्याम्पियन फ्रेन्च खेलाडी भिन्सेन्ट कोजिएलो काठमाडौंमा अनुबन्ध राष्ट्रिय फुटबल टोलीको बन्द प्रशिक्षणबाट पाँच खेलाडी बाहिरिए सरस्वतीको सुखद सुरुआत पूजा महतो ‘ए’ ग्रेडमा बढुवा कुशल भुर्तेल र करण केसी ‘बी ’ ग्रेडमा झरे आयोजक काँकरभिट्टा उपाधि नजिक एनओसी विवाद समाधानतिर, केही दिनमै समस्या टुंगिने

दक्षिण अफ्रिकालाई हराउँदै पाकिस्तान फाइनलमा

काठमाडौं । सलमान अघा र मोहम्मद रिजवानको शतकप्रेरित पाकिस्तान दक्षिण अफ्रिकामाथि कीर्तिमानी ६ विकेटको जित दर्ता गर्दै त्रिकोणात्मक एकदिवसीय अन्तर्राष्ट्रिय शृंखलाको फाइनल प्रवेश गरेको छ ।

यसअघि दुवै टोलीले न्युजिल्यान्डसँग पराजय बेहोरेका थिए । शुक्रबार हुने फाइनलमा न्युजिल्यान्ड र पाकिस्तान भिड्नेछन् ।

बुधबार कराँचीस्थित राष्ट्रिय रंगशालामा दक्षिण अफ्रिकाले प्रस्तुत गरेको ३५३ रनको लक्ष्य पछ्याएको पाकिस्तानले ४९ ओभरमा चार विकेट गुमाउँदै पूरा गर्यो । यो पाकिस्तानले एकदिवसीय अन्तर्राष्ट्रियमा पूरा गरेको हालसम्मकै ठूलो लक्ष्य हो । पाकिस्तानले यसअघि सन् २०२३ मा  लाहोरमा अस्ट्रेलियाविरुद्ध ३४९ रनको लक्ष्य पूरा गरेको थियो ।

पाकिस्तानका लागि सलमानले १०३ बलमा १६ चौका र दुई छक्काको मद्दतले सर्वाधिक १३४ रनको योगदान गरे । एकदिवसीय अन्तर्राष्ट्रियमा सलमानको यो पहिलो शतक हो ।

यसैगरी कप्तान मोहम्मद रिजवानले १२८ बलमा ९ चौका र तीन छक्काको मद्दतले अविजित १२२ रन बनाए । फखार जमानले ४१, बाबर आजमले  २३ र साउद सकिल १५ रन बनाए ।

दक्षिण अफ्रिकाका वियान मुल्डरले दुई तथा लुंगी एनगिडी र कोर्बिन बोशले एक विकेट लिए ।

चौथो विकेटका लागि सलमान र रिजवानले २६० रनको साझेदारी गरेका थिए । यो पाकिस्तानी ब्याटरले एकदिवसीय अन्तर्राष्ट्रियमा चौथो विकेटका लागि गरेको उच्च साझेदारी हो । यसअघि सोएब मलिक र मोहम्मद युसुफले चौथो सन् २००९ मा भारतविरुद्ध २०६ रनको साझेदारी गरेका थिए ।

त्यसअघि टस जितेर ब्याटिङ रोजेको दक्षिण अफ्रिकाले ५० ओभरमा पाँच विकेट गुमाउँदै ३५२ रनको योगफल तयार पारेको थियो । दक्षिण अफ्रिकाका लागि हेनरिक क्लासेनले ५६ बलमा ११ चौका र तीन छक्काको मद्दतले सर्वाधिक ८७ रनको योगदान गरे ।

यसैगरी म्याथ्यु ब्रिट्ज्कीले ८४ बलमा १० चौका र एक छक्काको मद्दतले ८३, टेम्बा बवुमाले ९६ बलमा १३ चौकाको मद्दतले ८२, काइल भेरानेले ४४ रटोनी डी जोर्जीले २२ र कोर्बिन बोशले अविजित १५ रन जोडे ।

दोस्रो विकेटका लागि म्याथ्यु र टेम्बाले ११९ रनको साझेदारी गरे । पाकिस्तानका शाहिन शाह अफ्रिदीले दुई तथा नसिम साह र खुसदील शाहले समान विकेट लिए ।


भिडियो
HIGHLIGHTS-KAKARVITTA FTC VS DHARAN FC I MECHINAGAR GOLDCUP SEMI FINAL I KAKARVITTA WON IN PENALTIES
PENALTY SHOOT OUT II KAKARVITTA FTC VS DHARAN FC II MECHINAGAR GOLDCUP II SEMIFINAL
मछिन्द्र र चर्च ब्वाइज दुवै बलिया छन्, फाइनलमा जो आए पनि जित्न खेल्छौँ, Munna Subba Coach Kakarvitta
KAKARVITTA FOOTBALL TRAINING CENTRE VS DHARAN FC II MECHINAGAR GOLDCUP II FIRST SEMI FINAL
SHREE BHAGAWATI CLUB सँग बढुवा बाहेकको विकल्प छैन TEAM PROFILE I Martyr's Memorial B Division league
HIGHLIGHTS - MACHHINDRA FC 1-0 APF FC II MECHINAGAR GOLD CUP 2081
गोल्डकप धेरै भयो, दिनदिनै खेल्दा खेलाडीलाई धेरै समस्या भयो ।I GANESH KATWAL II COACH MACHHINDRA FC