फाल्गुन २८, २०८१ बुधबार | १९:५९:११
सरस्वतीको सुखद सुरुआत पूजा महतो ‘ए’ ग्रेडमा बढुवा कुशल भुर्तेल र करण केसी ‘बी ’ ग्रेडमा झरे आयोजक काँकडभिट्टा उपाधि नजिक एनओसी विवाद समाधानतिर, केही दिनमै समस्या टुंगिने पुलिस लगातार दोस्रो खेलमा विजयी, कोशीको हारको शृंखला जारी नेपालको तेस्रो हार, फाइनल सम्भावना कमजोर बराबरीमा रोकिए नयाँबस्ती र ब्वाइज युनियन काठमाडौं जिल्ला अन्तरपालिका फुटबल प्रतियोगिता चैत २ देखि ९ गतेसम्म हुने आर्मी लगातार दोस्रो खेलमा विजयी सरस्वतीको सुखद सुरुआत पूजा महतो ‘ए’ ग्रेडमा बढुवा कुशल भुर्तेल र करण केसी ‘बी ’ ग्रेडमा झरे आयोजक काँकडभिट्टा उपाधि नजिक एनओसी विवाद समाधानतिर, केही दिनमै समस्या टुंगिने पुलिस लगातार दोस्रो खेलमा विजयी, कोशीको हारको शृंखला जारी नेपालको तेस्रो हार, फाइनल सम्भावना कमजोर बराबरीमा रोकिए नयाँबस्ती र ब्वाइज युनियन काठमाडौं जिल्ला अन्तरपालिका फुटबल प्रतियोगिता चैत २ देखि ९ गतेसम्म हुने आर्मी लगातार दोस्रो खेलमा विजयी

आर्मी लगातार दोस्रो खेलमा विजयी

काठमाडौं ।  विभागीय टोली त्रिभुवन आर्मी क्लबले प्रधानमन्त्री कप राष्ट्रिय पुरुष एकदिवसीय क्रिकेट प्रतियोगितामा लगातार दोस्रो जित दर्ता गरेको छ ।

बुधबार सिद्धर्थनगर क्रिकेट मैदानमा आर्मीले सुदूरपश्चिम प्रदेशविरुद्ध आठ विकेटको सहन जित निकाल्यो ।

जितसँगै आर्मीले दुई खेलमा चार अंक जोडेको छ । पराजित सुदूरपश्चिमको तीन खेलबाट दुई अंक छ । आर्मीले पहिलो खेलमा बागमतीलाई हराएको थियो । कर्णालीसँग हार बेहोरेको सुदूरपश्चिमले गण्डकीलाई पराजित गरेको थियो ।

सुदूरपश्चिमले प्रस्तुत गरेको ११८ रनको लक्ष्य आर्मीले २३.५ ओभरमा दुई विकेट गुमाउँदै पूरा गर्यो । आर्मीका लागि सन्तोष कार्कीले ६३ बलमा १० चौकाको मद्तले अविजित ५५ रनको योगदान गरे । यसैगरी  तृतराज दासले ३१ र कप्तान विनोद भण्डारीले अविजित रन बनाए ।

सन्तोषले तेस्रो विकेटका लागि विनोदसँग अविजित ६१ र पहिलो विकेटका लागि तृतराजसँग ५३ रनको साझेदारी गरे । 

सुदूरपश्चिमका लागि शेर मल्ल र मिलन बोहराले समान विकेट लिए ।

त्यसअघि टस जितेर ब्याटिङ रोजेको सुदूरपश्चिमले ४५.३ ओभरमा सबै विकेट गुमाउँदै ११७ रनको योगफल तयार पारेको थियो ।

सुदूरपश्चिमका लागि निश्चल क्षेत्रीले १२१ बलमा दुई चौकाको मद्दतले अविजित ४९ रनको योगदान गरे । यसैगरी सुनिल चन्द र कप्तान नारायण जोशीले समान १६ रन बनाए ।

आर्मीका लागि शहाब आलमले चार, सोमपाल कामीले दुई तथा आकाश चन्द, नरेन साउद, बसिर अहमद र कुशल मल्लले समा एक विकेट लिए । 
 


भिडियो
KAKARVITTA FOOTBALL TRAINING CENTRE VS DHARAN FC II MECHINAGAR GOLDCUP II FIRST SEMI FINAL
SHREE BHAGAWATI CLUB सँग बढुवा बाहेकको विकल्प छैन TEAM PROFILE I Martyr's Memorial B Division league
HIGHLIGHTS - MACHHINDRA FC 1-0 APF FC II MECHINAGAR GOLD CUP 2081
गोल्डकप धेरै भयो, दिनदिनै खेल्दा खेलाडीलाई धेरै समस्या भयो ।I GANESH KATWAL II COACH MACHHINDRA FC
आज हामी जितको हकदार थियौं, भाग्यले साथ दिएन ।I TOP BISTA, COACH APF FC II MECHINAGAR GOLDCUP
MACHHINDRA FC VS APF FC II MECHINAGAR GOLDCUP
BOYS UNION CLUB का पूराना दिन, सम्भव होला त ? TEAM PROFILE I Martyr's Memorial B Division league