प्रधानमन्त्री कप महिला राष्ट्रिय क्रिकेट प्रतियोगिता

सुदुरपश्चिमलाई एपिएफको एक सय २९ रनको लक्ष्य

धनगढी । प्रधानमन्त्री कप महिला राष्ट्रिय क्रिकेट प्रतियोगितामा बुधबार एपिएफ क्लबले सुदुरपश्चिम प्रदेश सामु एक सय २९ रनको लक्ष्य प्रस्तुत गरेको छ । 

टस हारेर ब्याटिङका लागि आएको एपिएफले निर्धारित २० ओभरमा सात विकेट गुमाउँदै एक सय २८ रनको योगफल तयार पारेको थियो ।

एपिएफका लागि ओपनर इन्दु बर्माले सर्वाधिक ३३ रन जोड्दा राजमती ऐरीले १९, रोमा थापाले १६ र सरिता मगरले १४ रन जोडे ।

सुदुरपश्चिमका लागि रितु कनौजीयाले तीन तथा दिपा जोरा र कविता जोशीले समान दुई विकेट लिए ।

समूह ‘बी ’मा सुदुरपश्चिम र एपिएफले समान एक खेल जितेका छन् । प्रदेश दुई र गण्डकी प्रदेशले भने अंक खाता खोल्न सकेका छैनन् । 

समूह ‘ए’ बाट प्रदेश एक विजेता र लुम्बिनी प्रदेश उपविजेताको रुपमा सेमिफाइनल प्रवेश गरिसकेका छन् ।