सहिद स्मारक ‘बी’ डिभिजन लिग

सहिद स्मारक 'बी' डिभिजन लिग फागुन ११ बाट

काठमाडौं । सहिद स्मारक ‘बी’ डिभिजन लिग फागुन ११ गतेबाट हुने भएको छ ।

फागुन दोस्रो साता लिग आयोजन गर्ने भन्दै १४  क्लबलाई पत्र पठाइएको  अखिल नेपाल फुटबल संघ (एन्फा) स्रोतले बतायो ।

क्लबहरूलाई माघ ३ गते सम्म नाम दर्ता गर्ने समय दिइएको छ ।

गत सिजन कोभिड १९ संक्रमणको महामारीका कारण केही महिना रोकिएको ‘बी ’डिभिजन लिग फागुनमा सम्पन्न भएको थियो । 

एक खेल अगावै शीर्ष स्थान पक्का गरेको सातदोबाटो युथ क्लब ‘ए’ डिभिजनमा बढुवा भएको थियो ।