इटालियन सिरी ए

इब्राहिमोभिचले इम्पोलीविरुद्धको खेल गुमाउने

मिलान । एसी मिलानका प्रशिक्षक स्टेफानो पियोलीले  स्ट्राइकर ज्लाटान इब्राहिमोभिच र राफेल लियोले बुधबार सिरी ‘ए’ अन्तर्गत इम्पोलीविरुद्धको खेल गुमाउने बताएका छन् ।

घुँडाको चोटबाट गुज्रिरहेका ४० वर्षीया इब्राहिमोभिचले क्लबका लागि लिगमा सात गोल गरेका छन् ।

‘राफेल लियो इन्टरविरुद्धको खेलमा हुने छैनन् । उनी रोमासँगको खेलमा फर्कनेछन् । घुँडाको चोटका कारण इब्राहिमोभिचले पनि सो खेल गुमाउने छन्,’ पियोेलीले भने ।

१८ खेलमा ३९ अंकसहित मिलान तेस्रो स्थानमा छ । समान खेलमा समान ३९ अंक जोडेको नेपोली दोस्रो स्थानमा छ भने इन्टर मिलान ४३ अंकका साथ शीर्ष स्थानमा छ । 

मिलानले लिगका पछिल्लो सात खेलबाट मात्र आठ अंक जोडेको छ ।