प्रधानमन्त्री कप महिला राष्ट्रिय क्रिकेट प्रतियोगिता

प्रधानमन्त्री कप महिला क्रिकेट प्रतियोगिताः लुम्बिनीलाई प्रदेश एकको मध्यम लक्ष्य

धनगढी ।  धनगढीमा जारी प्रधानमन्त्री कप महिला राष्ट्रिय क्रिकेट प्रतियोगिता अन्तर्गत मंगलबारको पहिलो खेलमा प्रदेश एकले लुम्बिनीसामु एक सय १५ रनको लक्ष्य प्रस्तुत गरेको छ ।

टस जितेर ब्याटिङका लागि आएको प्रदेश एकले निर्धारित २० ओभरमा तीन विकेट गुमाउँदै एक सय १४ रनको लक्ष्य प्रस्तुत गरेको हो । 

प्रदेश एकका लागि अप्सरी बेगमले सर्वाधिक ४४ रन बनाउँदा काजोल श्रेष्ठले ४० रन बनाइन् । काजोल र अप्सरीले दोस्रो विकेटका लागि ६२ रनको साझेदारी गरेका थिए । त्यस्तै कप्तान रुबिना क्षेत्रीले १५ रन बनाइन् । 

लुम्बिनी प्रदेशका लागि नेरी थापा, मधु डिसी र सरस्वती पुनले समान एक विकेट लिए ।

समुह ‘ए’ बाट लुम्बिनी र प्रदेश एक सेमिफाइनल प्रवेश गरिसकेका छन् । यो खेलले समूह विजेताको टुङगो लगाउनेछ ।