नेपाली फुटबल

साफ उपविजेता नेपाली टोलीलाई नगद पुरस्कार प्रदान

काठमाडौं । सरकारले साफ च्याम्पियनसिपको उपविजेता नेपाली राष्ट्रिय पुरुष फुटबल टोलीलाई पूर्वघोषित पुरस्कार रकम हस्तान्तरण गरेको छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा मंगलबार बिहान आयोजिक एक कार्यक्रमकाबीच प्रधानमन्त्री शेरबहादुर देउवाले  २५ खेलाडी र  तीन प्रशिक्षकलाई नगद र चार पदाधिकारीलाई   सम्मानपत्रसिहत सम्मान गरेका हुन् ।

कात्तिक एकमा बसेको मन्त्रिपरिषद्को बैठकले माल्दिम्भसमा सम्पन्न साफ च्याम्पियनसिप २०२१ को उपविजेता टोलीका प्रत्येक खेलाडीलाई जनही पाँच लाख रुपैयाँ, तीन प्रशिक्षकलाई जनही तीन लाख रुपैयाँ र अन्य चार पदाधिकारीलाई सम्मानपत्र प्रदान गर्ने घोषणा गरेको थियो ।

पहिलो पटक साफ च्याम्पियनसिपको फाइनल प्रवेश गरेको नेपाल भारतसँग पराजित हुँदै उपविजेतामा सीमित भएको थियो ।