भारत र दक्षिण अफ्रिका शृंखला

दक्षिण अफ्रिका र भारतबीचको शृंखलामा दर्शक प्रवेशमा रोक

केप टाउन । कोभिड १९ को संक्रमण बढ्दै गएपछि भारत र दक्षिण अफ्रिकाबीचको टेस्ट र एक दिवसीय शृंखलामा दर्शक प्रवेशमा रोक लगाइने भएको छ ।

शृंखला सुरु हुनु भन्दा ६ दिन अघि क्रिकेट दक्षिण अफ्रिकाले खेलाडी र समर्थकको स्वास्थ्यलाई ध्यानमा राख्दै बन्द रंगशालामा खेल आयोजना गर्न लागेको जनाएको हो ।

दक्षिण अफ्रिका र भारतबीच तीन टेस्ट र तीन एक दिनवसीय खेल शृंखलाको तालिका छ ।

‘दुई क्रिकेट बोर्डको सहमतीमा हामीले स्वास्थ्य निर्देशिका जारी भए अनुसार नै दक्षिण अफ्रिका र भारतबीचको टेस्ट र एक दिवसीय खेलको शृंखला दौरान दर्शक प्रवेशमा रोक लगाएका छौ’, क्रिकेट दक्षिण अफ्रिकाले जारी गरेको विज्ञप्त्तीमा भनिएको छ, ‘यसबाट दर्शकमा पर्न गएको असुविधाप्रति हामी क्षमाप्राथी छौ ।’