इङ्लिस प्रिमियर लिग

प्रिमियर लिगका खेलहरु पूर्वनिर्धारित तालिका अनुसार नै हुने

लन्डन । कोभिड १९ को संक्रमण बढ्दै गए पनि इङ्लिस प्रिमियर लिगका खेल भने पूर्वनिर्धारित तालिका अनुसार नै हुने भएको छ ।

प्रिमियर लिगले सोमबार क्लबहरुसँग यस विषयमा निर्णय लिन आकस्किमक बैठक राखेको थियो । खेलाडी र कर्मचारीमा कोभिड १९ संक्रमण पुष्टी भएसँगै प्रियिमर लिगका ६ खेल स्थगित भइसकेको छ । 

डिसेम्बर अन्त्य सम्ममा प्रिमियर लिगका अन्य दुई चरणका खेलहरु हुने तालिका छ । प्रिमियर लिगले खेलहरु स्थगित गर्ने खबर सार्वजनिक भएको थियो ।

‘हामीलाई क्लबहरुले केही खेलाडी र कर्मचारीमा कोभिड १९ संक्रमण देखिएकाले चुनौतीको सामना गर्नु परिरहेको बताएका छन्,’ प्रिमियर लिगले जारी गरेको विज्ञप्त्तीमा भनिएको छ, ‘हामी सबैका लागि यो चुनौती हो र हामीले सामूहिक रुपमा यसको सामना गर्नुपर्छ । त्यसैले हामीले उच्च स्वास्थ सुरक्षा अपनाएर  पूर्वनिर्धारित तालिका अुनरुप नै लिगका खेलहरु आयोजना गर्दैछौ । लिगका खेल दौरान पूर्ण रुपमा स्वास्थ निर्देशिकाको पालाना हुनेछ ।’