पिएम कप काठमाडौं जिल्ला छनोट क्रिकेट प्रतियोगिता

एचसिएको लगातार दोस्रो हार

काठमाडौं । प्रधानमन्त्री कप पुरुष राष्ट्रिय प्रतियोगिताको काठमाडौं जिल्ला छनोटमा हिमालयन क्रिकेट एकेडेमी (एचसिए)ले सोमबार लगातार दोस्रो हार बेहोरेको छ ।

आइतबार पहिलो दिन मुलपानी क्रिकेट मैदानमा ओसिस क्रिकेट एकेडेमीसँग ३१ रनले पराजित भएको एचसिए सोमबार कीर्तिपुर मैदानमा भएको आफ्नो दोस्रो खेलमा एन्जल्स स्पोर्टस एकेडेमीसँग सात विकेटले पराजित भयो ।

टस जितेर पहिला ब्याटिङ गरेको एचसिएले निर्धारित २० ओभरमा पाँच विकेट गुमाउँदै ८६ रन बनाएको थियो ।

एचसिएका लागि रजत तिमल्सिनाले २२ तथा कैलाश केसीले १५ बाहेक अन्य ब्याटरले दोहोरो अंकमा स्कोर गर्न सकेनन् ।

एन्जल्स स्पोर्टस एकेडेमीका लागि म्यान अफ दी म्याच युवराज खत्रीले सर्वाधिक तीन विकेट लिए भने श्याम त्रिपाठी र दिवस कुँवरले दुई÷दुई तथा उपेन्द्र खत्री र सार्थक धितालले एक÷एक विकेटमा नाम लेखाए ।

अमितकुमार यादवले अविजित ३३ तथा सार्थक धितालले अविजित १८ रन बनाएपछि एन्जल्सले १३.३ ओभरमा तीन विकेट गुमाउँदै ९२ रन बनाएर लक्ष्य पूरा गर्यो । टोलीका लागि आशिष धामीले १२ रनको योगदान गरेका थिए ।

एचसिएका सन्तोष केसीले दुई तथा कौशल रुपाखेतीले एक विकेट लिए ।

सोमबारै कीर्तिपुरमा सम्पन्न पहिलो खेलमा महावीर क्लबले काठमाडौं क्रिकेट ट्रेनिङ सेन्टर (केसिटिसी)माथि सात विकेटको जित हासिल गरेको थियो ।