विध्यालय खेलकुद

सेमिफाइनल समीकरण पूरा

काठमाडौं । गोल्डेनगेट, सेन्ट जेभियर्स, जेभियर इन्टरनेसनल ‘ए’ र आयोजक अक्सब्रिज इन्टरनेसनल कलेज ‘ए’ प्रथम अक्सब्रिज थ्री बाइ थ्री ब्वाइज बास्केटबल प्रतियोगिताको बेचलर्सतर्फ सोमबार सेमिफाइनलमा प्रवेश गरेका छन् ।

गोल्डेनगेटले जेभियर इन्टरनेसनल ‘बी’ लाई २१-१२ को नतिजामा हराउँदा अभिषेक सिंहले नौं स्कोर गरे ।

प्रयुश श्रेष्ठले सात स्कोर गरेपछि अक्सब्रिज ‘ए’ ले आफ्नै ‘बी’ टिमलाई १७-१५ को नतिजामा हरायो ।

त्यस्तै दिप्सन केसीको १२ स्कोरबाट प्रेरित सेन्ट जेभियर्सले कसमसमाथि २०-१७ को जित दर्ता ग¥यो ।

जेभियर इन्टरनेसनल ‘ए’ ले लुम्बिनीलाई १८-१३ ले पाखा लगाउँदा निकेश मगरले आठ स्कोर गरे ।

सेमिफाइनलमा सेन्ट जेभियर्सको भेट जेभियर इन्टरनेसनल ‘ए’ सँग हुने छ भने गोल्डेनगेटले अक्सब्रिज ‘ए’ विरुद्ध खेल्नेछ ।