प्रधानमन्त्री कप महिला राष्ट्रिय क्रिकेट प्रतियोगिता

हुस्सु र शितलहरका कारण लुम्बिनी र कर्णालीली प्रदेशबीचको खेल प्रभावित

धनगढी । कैलालीको धनगढीमा भईरहेको प्रधानमन्त्री कप महिला राष्ट्रिय क्रिकेट प्रतियोगिताको दोस्रो दिनको पहिलो खेल हुस्सु र शितलहरका कारण प्रभावित भएपछि खेल ६ ओभरमा घटाईएको छ । फाप्ला क्रिकेट मैदानमा सञ्चालन भईरहेको प्रतियोगिताअन्तर्गत आइतबारको पहिलो खेलमा लुम्बिनी प्रदेश र कर्णाली प्रदेशबीच प्रतिस्पर्धा हुदैछ ।

विहान ९ बजे हुने भनिए पनि ढिलो गरि सुरु भएको पहिलो खेलमा कर्णालीले टस जितेर पहिले ब्याटिङ गरिरहेको छ ।

आजको दोस्रो खेलमा बागमति प्रदेश र प्रदेश नम्बर १ खेल्नेछन् । नेपाल क्रिकेट संघको आयोजना र सुदूरपश्चिम प्रादेशिक क्रिकेट संघको सह आयोजनामा सञ्चालन भईरहेको प्रतियोगिताको फाइनल खेल पुस  ११ गते हुनेछ ।

सात प्रदेश र एक विभागीय गरी आठ टिम सहभागीता रहेकाे प्रतियोगिता दुई समूहमा विभाजन गरी खेलाइदैछ । समूह ए मा प्रदेश नम्बर १, लुम्बिनी, बागमती र कर्णाली तथा समूह बी मा नेपाल एपीएफ क्लब, सुदूरपश्चिमम प्रदेश, गण्डकी प्रदेश र प्रदेश नम्बर २ रहेका छन् । प्रतियोगिताको विजेता टोलीले ५ लाख, उपविजेताले ३ लाख, प्लेअर अफ द सिरिजले २५ हजार, बेस्ट बलरले १५ हजार तथा बेस्ट ब्याटरले १५ हजार प्राप्त गर्नेछन् ।