सहिद स्मारक ‘ए’ डिभिजन लिग

हिमालयन शेर्पा र ब्रिगेड ब्वाइज भिड्दै

काठमाडौं । सहिद स्मारक ‘ए’ डिभिजन लिगमा आइतबार ब्रिगेड ब्वाइज क्लब (बिबिसी) र हिमालयन शेर्पा क्लबबिच प्रतिस्पर्धा हँदैछ ।

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा हुने आजकाे एकमात्र खेल अपराह्न ४ः४५ बजेबाट सुरु हुनेछ ।

चार खेलबाट दुई अंकमात्र जोडेको हिमालयन शेर्पा बिबिसीविरुद्ध जित निकाल्दै रेलिगेसन क्षेत्रबाट उम्कन चाहन्छ ।

यता बिबिसी भने हिमालयन शेर्पालाई पराजित गर्दै अंक तालिका सुधार्ने लक्ष्यमा हुनेछ । चार खेलबाटै पाँच अंक जोडेको बिबिसी तालिकाको आठौं स्थानमा छ ।

लिगमा हाल पाँचौं चरणका खेलहरु चलिरहेका छन् ।