काठमाडौं । जय ट्रफी पुरुष एलिट कपको पहिलो दिन आइतबार दुई खेल हुँदैछन् ।
नेपाल क्रिकेट संघ (क्यान) को आयोजनामा जय ट्रफी २९ गतेसम्म मधेश प्रदेशको जनकपुर र वीरगन्जमा हुनेछ ।
वीरगंजमा दुई विभागीय टोली नेपाल पुलिस क्लब र त्रिभुवन आर्मी खेल्दैछन् । यसैगरी जनकपुरमा बागमती प्रदेश र मधेश प्रदेशका आमने सामने हुँदैछन् । दुवै खेल बिहान ९ बजे सुरु हुनेछ ।
लिग चरणका खेल दुई दिवसीय हुने छ । एक दिनमा ११० ओभरको खेल हुनेछ ।
यो प्रतियोगितामा प्रधानमन्त्री कप राष्ट्रिय एकदिवसीय क्रिकेट प्रतियोगिताको शीर्ष चार टोली नेपाल पुलिस क्लब, त्रिभुवन आर्मी क्लब, बागमती प्रदेश तथा मधेश प्रदेशले प्रतिस्पर्धा गर्नेछन् ।
लिग चरणमा एक अर्कासँग प्रतिस्पर्धा गरेपछि शीर्ष दुई टोलीले फाइनलमा स्थान बनाउने छन् । क्यानका अनुसार फाइनल भने तीन दिवसीय ढाँचामा खेलाइने छ ।
भिडियो
एपिएफसँग ८ गोल खाएपछि वालिङका प्रशिक्षक थापा भन्छन्ः हामी विभागीय जस्तो व्यावसायिक क्लब होइनौं
फिनिसिङमा अझै समस्या छ, धेरै गोल मिस भए: Jibesh Pandey || Head Coach, APF Club || Anfa Womens League
TAFC vs Police club | Bholanath Silwal Coach, Police Club POST-MATCH CONFERENCE Women's League
Police club vs TAFC | Krishna Singh Thagunna Coach,TAFC | POST-MATCH CONFERENCE ANFA Women's League
Police club vs Waling | Bholanath Silwal Coach, Police Club POST-MATCH CONFERENCE Women's League
Nepal Police vs Waling | Dilip Thapa Coach walling POST-MATCH PRESS CONFERENCE ANFA Women's League
हाम्रो काम विपक्षी आक्रमणलाई रोक्ने मात्र थियो, हारे पनि खुसी छु Sonam lama Coach BYC