काठमाडौं । एसिसी यु-१९ महिला विश्वकपका लागि नेपाली टोली घोषणा भएको छ ।
नेपाल क्रिकेट संघ (क्यान)ले शनिबारबार पूजा महतोको कप्तानीमा १४ सदस्यीय टोली घोषणा गर्यो ।
गत महिना आइसिसी यु१९ एसिया कप खेलेको टोलीमा एक परिवर्तन भएको छ । एलिशाकुमारी यादव बाहिरिँदा किरणकुमारी कुँवरले मौका पाएकी छन् ।
नेपालले एसिया छनोटको च्याम्पियन बन्दै आइसिसी यु १९ महिला विश्वकपमा स्थान बनाएको थियो ।
विश्वकप माघ ५ देखि २० सम्म मलेसियामा हुँदैछ । प्रतियोगिताका लागि नेपाली टोली पुस २७ मा मलेसियातर्फ जाने तालिका छ ।
१६ टोली सहभागी हुने विश्वकपको समूह ‘डी’ मा नेपालसहित अस्ट्रेलिया, बंगलादेश र स्कटल्यान्ड छन् । नेपालका लागि बंगलादेशबाहेक अन्य नयाँ प्रतिद्वन्द्वी हुन् ।
नेपालले माघ ५ मा बंगलादेशसँग खेल्दै प्रतियोगिता सुरु गर्नेछन् । नेपालले माघ ७ मा स्कटल्यान्ड र ९ मा अस्ट्रेलियासँग खेल्नेछ ।
नेपाली टोली
पूजा महतो (कप्तान), साना प्रविन, ज्योत्सनिका मरासिनी, सोनी पाख्रिन (उपकप्तान), कुसुम गोदार, सावित्रा धामी, किरणकुमारी कुँवर, कृश्मा गुरुङ, रिया शर्मा, सिमाना केसी, स्नेहा महरा, रचना चौधरी, तृष्णा विक, अनु कडायत