पुस ११, २०८१ बिहीबार | १५:४१:२५
विराटलाई आइसिसीको कारवाही एनओसी अध्यक्ष जीवनराम श्रेष्ठले गरे भुकम्प स्मृति बहुउद्देश्यीय कभर्ड हलको उद्घाटन ग्रासरुट फुटबल कार्यक्रमका लागि हिमालयन शेर्पा र प्याब्सन बुढानीलकण्ठबीच सम्झौता भारतविरुद्ध बलियो स्थितीमा अस्ट्रेलिया टिम अकलाको सानदार जित साबिक विजेता दोलखा पराजित बक्सिङ डेः दक्षिण अफ्रिका र पाकिस्तानको पहिलो टेष्ट आजबाट बक्सिङ डेः प्रिमियर लिगमा आठ खेल हुँदै भारतविरुद्ध अस्ट्रेलियाको सानदार सुरुआत कोर्स रेडर्कसहित निरजलाई एकल अग्रता विराटलाई आइसिसीको कारवाही एनओसी अध्यक्ष जीवनराम श्रेष्ठले गरे भुकम्प स्मृति बहुउद्देश्यीय कभर्ड हलको उद्घाटन ग्रासरुट फुटबल कार्यक्रमका लागि हिमालयन शेर्पा र प्याब्सन बुढानीलकण्ठबीच सम्झौता भारतविरुद्ध बलियो स्थितीमा अस्ट्रेलिया टिम अकलाको सानदार जित साबिक विजेता दोलखा पराजित बक्सिङ डेः दक्षिण अफ्रिका र पाकिस्तानको पहिलो टेष्ट आजबाट बक्सिङ डेः प्रिमियर लिगमा आठ खेल हुँदै भारतविरुद्ध अस्ट्रेलियाको सानदार सुरुआत कोर्स रेडर्कसहित निरजलाई एकल अग्रता

एनपिएलः कर्णाली र पोखरा भिड्दै

काठमाडौं । मंगलबार नेपाल प्रिमियर लिग (एनपिएल) अन्तर्गत दिनको दोस्रो खेलमा कर्णाली याक्सले पोखरा एभेन्जर्सको सामना गर्दैछ । खेल र्कीतिपुरस्थित त्रिवि क्रिकेट मैदानमा  दिउँसो १ बजे सुरु हुनेछ ।

सुरुआती दुई खेलमा पराजय भोगेको कर्णालीले त्यसपछिका दुबै खेलमा जित निकाल्यो । पोखराविरुद्ध कर्णाली जितको लयलाई कायम राख्ने लक्ष्यका साथ मैदान उत्रिनेछ । उता पोखराको लक्ष्य पनि कर्णालीको जस्तै छ । सुरुआती दुई खेल हारेको पोखराले तेस्रो खेलमा आश्चर्यजनक पुनरागमन गरेको थियो । लुम्बिनी लायन्सविरुद्ध १७१ रनको लक्ष्य पछ्याएको पोखराले १० विकेटको जित हासिल गर्यो ।

हारले पोखराको प्लेअफ यात्रा कठीन बन्न सक्छ । कर्णालीविरुद्ध हार ब्यहोरे बाँकीका तीन खेलमा पोखरालाई जित्नै पर्ने दबाब हुनेछ । कर्णालीको यो पाँचौं खेल हो । पोखराविरुद्धको हारले कर्णालीको प्लेअफ यात्राले पनि अर्कै मोड लिने छ ।

भारतका पूर्व खेलाडी शिखर धवन कर्णालीका लागि सबैभन्दा धेरै रन बनाउने खेलाडी हुन् । पोखराविरुद्ध कर्णालीलाई धवनको अभाव खड्किनेछ । चार खेलका लागि मात्र काठमाडौं आएका धवन भारत फर्किसकेका छन् । यस्तोमा उनका ओपनर देव खनालमाथि थप जिम्मेवारी थपिएको छ । कर्णालीका लागि अर्का हेर्नलायक खेलाडी हुन् अलराउन्डर गुल्सन झा । पछिल्लो खेलमा खाता नै खोल्न नपाई पेभिलियन फर्किएका गुल्सनको प्रदर्शन आउने दिनमा महत्वपूर्ण रहनेछ ।

लुम्बिनीविरुद्ध पोखराका ओपनर आन्द्रेस गौसले शतकीय पारी खेलेका थिए । उनी जारी एनपिएलमा शतक प्रहार गर्ने एकमात्र खेलाडी हुन् । उनीसँगै अर्धशतकीय पारी खेलेका दिनेश खरेलमाथि कर्णालीविरुद्ध पनि त्यही प्रदर्शनको अपेक्षा रहनेछ ।

दिनको पहिलो खेलमा लुम्बिनी लायन्सले चितवन राइनोजको सामना गर्नेछ । खेल बिहान ९ बजे सुरु हुनेछ ।


भिडियो
नेपालमा खेलाडीले खेलेरै बाँच्न सक्ने अवस्थाकाे सिर्जना भइरहेकाे छ : ARJUN NEPALI
Nepal VolleyBall League ले छुट्टै उचाइ लिने विश्वास छः JAGADISH BHATTA II COACH
च्याम्पियन बनेपछि कप्तान SUBASH BAM भन्छन् : माइन्डसेटले पुलिसलाई च्याम्पियन बनायो
ललित स्मृति यु-१८ लिगको च्याम्पियन बनाएपछि Bhola Silwal : यो टोलीलाई जोगाइ राख्न चुनौतीपूर्ण छ
खेलाडी फिटमा नरहँदा गार्हो भयो : Yam Prasad Gurung || Head Coach, Nepal National U-19 Women's Team
चाँडै सिनियरतर्फ साफ च्याम्पियनसिप जित्ने लक्ष्य छ : Tika Maya Ghale || Head Coach, Bhutan U-19
जनकपुरको समर्थकलाई खुसी दियौंः Aasif Sheikh