जनकपुर । नेपाल प्रिमियर लिग (एनपिएल) को फ्रेन्चाइज जनकपुर बोल्टसले जर्सी सार्वजनिक गरेको छ ।
मधेश प्रदेश खेलकुद तथा समाजकल्याण मन्त्री प्रमोद जयसवाल र जनकपुर बोल्ट्सका मार्की खेलाडी आसिफ शेखले सोमबार साँझ जर्सी अनावरण गरे ।
जर्सी अनावरण कार्यक्रममा जनकपुरले राष्ट्रिय महिला यु-१९ क्रिकेट टोलीकी कप्तान पुजा महतोलाई ‘फेस द अफ बोल्ट्स’ गरेको छ । उक्त अवसरमा कप्तान महतोलाई ५० हजार रुपैयाँसहित सम्मान गरिएको थियो ।
टोलीले पुबुदु दासानायकेलाई प्रशिक्षण जिम्मेवारी सुम्पिएको छ । नेपाल क्रिकेट संघ (क्यान) को आयोजनामा एनपिएल मंसिर १५ देखि पुस ६ गतेसम्म हुँदैछ ।
प्रतियोगितामा आठ फ्रेन्चाइज टोलीको सहभागिता रहनेछ । लिगमा जनकपुरसहित लुम्बिनी लायन्स, काठमाडौं गुर्खाज, चितवन राइनोज, सुदूरपश्चिम रोयल्स, विराटनगर किंग्स, कर्णाली याक्स र पोखरा एभेन्जर्सले प्रतिस्पर्धा गर्नेछन् ।
जनकपुरले उद्घाटन खेलमा विराटनगर किंग्सको सामना गर्नेछ ।