काठमाडौं । पाकिस्तानले घरेलु टोली अस्ट्रेलियाविरुद्धको अन्तर्राष्ट्रिय एकदिवसीय शृंखला आफ्नो पक्षमा पारेको छ ।
पर्थ क्रिकेट मैदानमा आइतबार सम्पन्न तेस्रो तथा अन्तिम खेलमा पाकिस्तान आठ विकेटले विजयी भयो । पाकिस्तानले २२ वर्षपछि अस्ट्रेलियामा एकदिवसीय शृंखला जितेको हो।
जितसँगै पाकिस्तान तीन खेलको शृंखलामा २-१ ले अगाडि रह्याे। यसअघि अस्ट्रेलिया दुई र पाकिस्तान ९ विकेटले विजयी भएका थिए ।
अस्ट्रेलियाले प्रस्तुत गरेको १४१ रनको लक्ष्य पाकिस्तानले २६. ५ ओभरमा दुई विकेट गुमाउँदै पूरा गर्यो ।
पाकिस्तानका लागि सइम अयुबले ४२, अब्दुल्लाह शफिकले ३७, कप्तान मोहम्मद रिजवानले अविसिजत ३० र बाबर आजमले अविजित २८ रन बनाए ।
पहिलो विकेटका लागि अयुब र शफिकले ८४ तथा तेस्रो विकेटका लागि रिजवान र आजमले अविजित ५८ रनको साझेदारी गरे । अस्ट्रेलियाका लागि दुवै विकेट लेन्स मोरिसले लिए ।
त्यसअघि टस हारेर ब्याटिङको निम्तो पाएको अस्ट्रेलियाले ३१.५ ओभरमा सबै विकेट गुमाउँदै १४० रनको योगफल तयार पारेको थियो ।
अस्ट्रेलियाका लागि सेन एबोटले ३०, म्याथ्यु शर्टले २२, एडम जाम्पाले १३, स्पेन्सर जोनसनले अविजित १२ र आरोन हार्डीले १२ रन बनाए ।
पाकिस्तानका लागि शहिन शाह अफ्रिदी र नसिम शाहले समान तीन, हरिस रौफले दुई तथा मोहम्मद हसनैनले एक विकेट लिए ।