टेस्ट

बंगलादेश फलोअनमा ,साजिदको आठ विकट

ढाका । पाकिस्तानविरुद्धको दोस्रो टेस्टमा घरेलु टोली बंगलदेश फलोअनमा परेको छ ।

पहिलो इनिङमा बंगलादेश मात्र ८७ रनमा सीमित भएसँगै फलोअनमा परेको हो ।

बंगलादेश पहिलो इनिङमा पाकिस्तान भन्दा दुई सय १३ रनले पछि परेको छ ।

७६-७ बाट पाँचौ तथा अन्तिम दिनको खेल सुरु गरेको बंगलादेशले थप ११ रन जोड्दा बाँकी तीन विकेट गुमायो ।

पहिलो इनिङमा बंगलदेशका साकिब अल हसनले ३३ रन जोडे भने अन्य कुनै पनि ब्याटरले उल्लेख्य प्रदर्शन गर्न सकेनन् । 

पाकिस्तानका लागि साजिद खानले १५ ओभरमा ४५ रन खर्चदै आठ विकेट लिए ।

पाकिस्तानले चार विकेट क्षतीमा तीन सय रनमा पहिलो इनिङ समाप्तीको घोषणा गरेको थियो ।