च्याम्पियन्स लिग

टोलीले समूह चरणमा परेको प्रदर्शनबाट सन्तुष्ट छुः ग्वार्डिओला

लन्डन । इङ्लिस प्रिमियर लिग क्लब म्यानचेस्टर सिटीका प्रशिक्षक पेप ग्वार्डिओलाले च्याम्पियन्स लिग अन्तर्गत समूह चरणको अन्तिम खेलमा आरबी लिपजिकविरुद्ध पराजित भएपनि टोलीको समग्र प्रदर्शनबाट भने सन्तुष्ट रहेको बताएका छन् ।

च्याम्पियन्स लिगमा समूह ‘ए’ को शीर्ष टोली सिटी मंगलबार लेपजिकसँग २-१ ले पराजित भएको थियो । १४ खेलबाट अपराजित बन्दै आएको सिटीविरुद्ध लिपजिकका डोमोनिक जोवोस्ज्लाई र आन्द्रे सिल्भाले समान एक गोल गरेका थिए ।

‘पहिलो हाफमा हाम्रो लयमा राम्रो रहेन । तालेमल अभाव देखियो । लिपजिक राम्रो टोली थियो, हामीलाई समूह चरणको अन्तिम खेलअघि नै थाहा थियो,’ उनले भने, ‘तर दोस्रो हाफ केही राम्रो भयो । आक्रामक तरिकाले जित्नको लागि खेल्यौ तर हा¥यौ । बधाई छ लिपजिक ।’
समूह ए बाट सिटी र पेरिस सेन्ट जर्मन (पिएसजी) यसअघि नै नकआउट चरणमा प्रवेश गरिसकेको थियो ।

ग्वार्डिओला भन्छन्, ‘हामीले समूह चरणलाई अविश्वसनीय बनायौ, एक खेल अघि नै छनोट भयौ । त्यसैले म हरेक खेलको प्रदर्शनबाट सन्तुष्ट छु ।’

इङ्लिस प्रिमियर लिगमा शनिबार म्यानचेस्टर सिटीले उल्भरहमटनसँग प्रतिस्पर्धा गर्दैछ ।