च्याम्पियन्स लिग

आयाक्सको सतप्रतिशत नतिजा

बर्लिन । च्याम्पियन्स लिग अन्तर्गत मंगलबार  समूह ‘सी’ मा आयक्सले सतप्रतिशत नतिजालाई निरन्तरता दिने क्रममा लिस्बनलाई ४-२ ले हराएको छ ।

त्यस्तै बोरुसिया डर्टमन्डले बेसिक्टासलाई ५-० ले हराए पनि त्यो अन्तिम १६ मा प्रवेश गर्न पर्याप्त रहेन ।

आयक्सको ६ खेलमा १८ अंक रह्यो भने लिस्बनले समान खेलमा नौ अंक बटुल्यो । डर्टमन्डले पनि समान खेलमा समान नौ अंक जोडे पनि त्यो अन्तिम १६ प्रवेश गर्न पर्याप्त रहेन । डर्टमन्ड लिस्बनसँग गाेल अन्तरमा पछि परेको हो ।

बेसिक्टास भने अंकविहिन बन्यो ।