पिएसएल

पिएसएलको ड्राफ्टमा सन्दिप र विनोदसहित नेपालका ११ खेलाडी

काठमाडौं । स्पिनर सन्दिप लामिछानेसहित ११ नेपाली खेलाडी यस संस्करणको पाकिस्तान सुपर लिग (पिएसएल) को ड्राफ्टमा अटाएका छन् ।\

ड्राफ्टमा रहेका खेलाडीलाई प्यालिटनम, डायमन्ड,गोल्ड र सिलभर गरि चार विधा छुट्याइएको छ । 

जसअन्तर्गत सन्दिप प्यालिटनम विधामा छन् भने विकेटकिपर ब्याटर विनोद भण्डारी गोल्ड विधामा छन् ।

सिल्भर विधाको विदेशी कोटामा तीब्र गतिका बलर सोमपाल कामी, सुनश भारी, शरद भेषावकर, सुवास खकुरेल, ललित नारायण राजवंशी, पवन सरार्फ, वसन्त रेग्मी, विक्रम सोब र सहाब आलम गरि नौ नेपाली खेलाडी समावेश छन् ।

प्याटिनम विधातर्फका खेलाडीले एक लाख ३० हजार देखी एक लाख ७० हजार डलर हात पार्दा सिल्भर विधाको खेलाडीले १५ हजार देखी २५ हजार डलर हात पार्नेछन् ।

प्रत्येक टोलीले प्यालिटनम, डायमन्ड र गोल्ड विधाबाट समान तीन, सिल्भर विधाबाट समान पाँच तथा इमर्जिङ र वैकल्पिक खेलाडी गरि समान दुई खेलाडी अनुबन्धन गर्न पाउनेछन् ।

यस संस्कणको पिएसएल २०२२ जनवरी २७ देखी फेब्रुअरी २७ सम्म हुनेछ ।